Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
  • #फ्रेन्च_फ्राइज
  • #लायन्सकाे_एन्थम
Search Here
समाचार
  • Home
  • समाचार
  • उपल्लो डोल्पामा पस्मिना बनाउने तालिम
उपल्लो डोल्पामा पस्मिना बनाउने तालिम
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, वैशाख २२, २०८०
pasmina
Hardik health
उपल्लो डोल्पा -  उपल्लो डोल्पाका च्याङ्ग्रापालक किसानलाई भुवा कोर्ने तालिम दिइएको छ । च्याङग्रापालन अत्यधिक हुने यस क्षेत्रमा भुवा कोर्ने तालिम दिएर पस्मिना बनाउने कार्यलाई थप व्यवस्थित गरेर लैजाने उद्देश्य लिइएको छ । आधुनिक तरिकाले भुवा कोरेर निकालिएको भुवाबाट विभिन्न प्रकारका कपडाहरु बनाइने भएपछि यसलाई आधुनिकीकरणमा जोड दिइएको शे फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष धावा सम्डुक गुरुङले बताए । उपल्लो डोल्पाका तीनवटा पालिकामा च्याङ्ग्रापालन गरिन्छ । स्थानीय उत्पादनलाई जोड दिनका लागि आधुनिक भुवा कोर्ने तालिम दिइएको पालिकाले जनाएको छ । भुवा सङ्कलनको आधुनिक विधिबारे सरोकारवालासँग बृहत् छलफलसमेत गरिएको छ । युरोपियन युनियनको सहयोगमा सञ्चालित इयु नेपाल व्यापार तथा लगानी कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल पस्मिना उद्योग सङ्घको संयोजनमा उक्त तालिम दिइएको हो । तीन पालिकाका च्याङ्ग्रापालक किसानलाई भुवा सङ्कलनसम्बन्धी तालिम दिई प्रत्येक पालिकाबाट दुईजनालाई उत्कृष्ट प्रशिक्षक बनाइने आयोजक प्रभाकर घिमिरेले बताए । तालिममा तीनवटा पालिकाबाट ६० जना सहभागी छन् । भुवालाई आधुनिक बिधिबाट निकालेर पस्मिना कोर्ने, प्रशोधन गर्ने, आपूर्ति तथा गुणस्तर अभिवृद्धि गर्ने विषयमा छलफल तथा तालिम दिइएको छ । उपल्लो डोल्पाका छार्काताङ्सोङ, डोल्पोबुद्ध र शे फोक्सुन्डो गाउँपालिकाका जनप्रतिनिधि, व्यापारी, उद्योगी, व्यापारी, पस्मिना उद्योगी, च्याङ्ग्रापालक किसानहरुको सहभागितामा पहिलो चरणमा दुनैमा छलफल गरी दोस्रो चरणमा तालिम गरिएको हो । किसानहरुलाई गोठमै गएर उक्त भुवा कोर्ने तालिम दिन सुरु गरिनेछ । पस्मिना बनाउने व्यवसायीले च्याङ्ग्राबाट निकालिएको भुवालाई आफूहरुले बजारीकरण गर्न सहयोग गर्ने बताएका छन् । गाउँपालिकाका जनप्रतिनिधिले आफ्नो क्षेत्रमा च्याङ्ग्रापालन व्यवसायलाई अझै विकास तथा गुणस्तर सुधारका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता गरेको डोल्पोबुद्ध गाउँपालिका अध्यक्ष कार्मा छोइबेल गुरुङले बताए । आधुनिक तरिकाले भुवा सङ्कलन गर्न आवश्यक सामग्रीहरु हस्तान्तरणसमेत गरिने युरोपियन युनियन नेपाल व्यापार तथा लगानी कार्यक्रममा परामर्शदाता शिचन श्रेष्ठले बताए  । च्याङ्ग्रा उपल्लो डोल्पाको सबैभन्दा राम्रो पशुपालनमध्येमा पर्दछ । आवश्यक खाद्यान्न ढुवानी, मासु तथा भुवाका लागि च्याङ्ग्रा प्रसिद्ध रहँदै आएको छ । पस्मिनाबाट सल, महिला तथा पुरुषका लागि स्वेटर, कम्बल, टी–सर्ट, स्कार्फ, पञ्जालगायत उत्पादन हुन्छ । नेपालले सन् २०२१ मा रु दुई अर्ब ५३ करोड (करिब एक करोड ९३ लाख अमेरिकी डलर बराबर) को पस्मिना सल निर्यात गरेको थियो । यो रणनीतिले सन् २०२६ को अन्त्यसम्ममा सात करोड ५० लाख अमेरिकी डलर मूल्य बराबरको पस्मिना निर्यातको लक्ष्यसहित नेपालबाट यसको निर्यातमा दिगो वृद्धिमार्फत थप राष्ट्रिय समृद्धि हासिल गर्न सहयोग पुर्‍याउनेछ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  २१:२२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मूल्य खस्किएपछि अदुवा किसान मारमा
मूल्य खस्किएपछि अदुवा किसान मारमा मंगलबार, कात्तिक १८, २०८२
भेडापालनमा भविष्य खोज्दै आस्मन
भेडापालनमा भविष्य खोज्दै आस्मन मंगलबार, कात्तिक १८, २०८२
मूल्य खस्किएपछि अदुवा किसान मारमा
मूल्य खस्किएपछि अदुवा किसान मारमा मंगलबार, कात्तिक १८, २०८२
सहकारीद्वारा मकैको पीठो बजारीकरण
सहकारीद्वारा मकैको पीठो बजारीकरण मंगलबार, कात्तिक १८, २०८२
बाढीपहिरोबाट इलाममा ११ अर्ब ८१ करोड रुपैयाँको क्षतिको आकलन
बाढीपहिरोबाट इलाममा ११ अर्ब ८१ करोड रुपैयाँको क्षतिको आकलन मंगलबार, कात्तिक १८, २०८२
हाइटेक टनेलमा च्याउखेती गरी मनग्य आम्दानी
हाइटेक टनेलमा च्याउखेती गरी मनग्य आम्दानी सोमबार, कात्तिक १७, २०८२
बेमौसमी वर्षाले गुल्मीमा ११ प्रतिशत धान नष्ट
बेमौसमी वर्षाले गुल्मीमा ११ प्रतिशत धान नष्ट सोमबार, कात्तिक १७, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
सर्वसाधारण यात्रुलक्षित टेलिकमकाे फ्रि वाइफाइ  सञ्चालन
सर्वसाधारण यात्रुलक्षित टेलिकमकाे फ्रि वाइफाइ  सञ्चालन
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सन नेपाल लाइफले गर्याे आइ.एस.ओ प्रमाणपत्र नवीकरण
सन नेपाल लाइफले गर्याे आइ.एस.ओ प्रमाणपत्र नवीकरण
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP