Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
  • #फ्रेन्च_फ्राइज
  • #लायन्सकाे_एन्थम
Search Here
समाचार
  • Home
  • समाचार
  • मकैको बीउ वृद्धि अभियान
मकैको बीउ वृद्धि अभियान
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, वैशाख २१, २०८०
Makai
Hardik health
काठमाडाैं -  कृषि ज्ञान केन्द्र बागलुङले मकैको बीउ वृद्धि अभियान थालेको छ । किसानले खोजेका बखत बीउ भेटृाउन नसकेकाले उक्त केन्द्रले गत वर्षदेखि नै बीउ उत्पादन थालेको थियो । आगामी वर्षसम्म जिल्लामा माग भएअनुसार बीउ उत्पादन गर्ने केन्द्रको लक्ष्य छ । गतवर्षसम्म जिल्लामा मकैको बीउ अभाव थियो । किसानले बीउ नपाएर हैरान भएकाले बीजवृद्धि अभियान थालिएको केन्द्रका प्रमुख भानुभक्त भट्टराइले बताए । चालु वर्षमा तीन दशमलब पाँच मेट्रिकटन बीउ उत्पादन भइसकेको छ । आगामी वर्षसम्म जिल्लाको आवश्यकता पूरा गर्ने लक्ष्य रहेको उनको भनाइ थियोे । गत वर्षदेखि २५ हेक्टर जमिनमा बीजवृद्धि कार्यक्रम थालिएकाले आवश्यक बीउ पुर्‍याउन सकिने प्रमुख भट्टराईले बताए  । उत्पादित बीउ भण्डारणका लागि काठेखोला गाउँपालिकामा २० टन, जैमिनीमा २० टन र बरेङमा १० टन क्षमताको भवनसमेत निर्माण गरिएको छ । त्यस्तै बडिगाड गाउँपालिका–१ को दगातुम्डाँडामा गत वर्ष नै ३० टन क्षमताको भवन बनिसकेको छ । चालु आर्थिक वर्ष बरेङमा १५ हेक्टरमा बीजवृद्धि कार्यक्रम सञ्चालन भइरहेको र त्यसबाट ३५ टन मनकामना जातको प्रमाणित बीउ उत्पादन हुने उहाँले बताउनुभयो । बीज वृद्धिका लागि गणेश र मनकामना जातको मकै बढी लगाइने गरिएको छ । हावापानीको हिसाबले बागलुङको अधिकांश स्थान मकै उत्पादनका लागि अब्बल स्थान मानिएको छ । “राम्रो उत्पादन हुने भएकोले मकैको बीउ तथा बाली उत्पादन बिशेष कार्यक्रम नै सञ्चालन गरिएको छ” बाली विकास अधिकृत दिनेश पाठकले भने “गण्डकी प्रदेश सरकारले पनि बीउ उत्पादनका लागि लगानी गरेको छ ।” ेचालु आर्थिक वर्ष गण्डकी सरकारको रु पाँच करोड बजेटबाट उन्नत बीउ उत्पादन गर्ने लक्ष्य रहेको र सो रकमबाट बागलुङमा मात्रै रु ४८ लाख लगानी गरिएकोे उनले बताए ।  सङ्घीयता लागू गर्दा हटेका तत्कालीन कृषि कार्यालय ज्ञान केन्द्रको रुपमा स्थापित हुन चार वर्ष लागेकाले बीउ उत्पादनमा असर परेको थियो । विज्ञ नभएको र पालिका तहमा सामान्य कृषि प्राविधिक मात्र आउँदा बाली विकास र उत्पादन बढाउने योजना बनेका थिएनन् । “विज्ञको अभावमा बीजवृद्धि कार्यक्रम त ठप्पै भएको थियो । चार वर्षसम्म बीउ उत्पादन नहुँदा झण्डै लोप हुन लागेकामा अहिले लगानी बढाएर बीजवृद्धि कार्यक्रम ल्याउनु परेको हो” प्रमुख भट्टराईले भने, “खाद्य वस्तु नै उत्पादन नभए कसरी कृषिको विकास होला ?” जिल्लामा तरकारीलगायत अन्य बीउ वृद्धि गर्ने कार्यक्रमसमेत ल्याइने उनले बताए ।
प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  १८:२३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मूल्य खस्किएपछि अदुवा किसान मारमा
मूल्य खस्किएपछि अदुवा किसान मारमा मंगलबार, कात्तिक १८, २०८२
भेडापालनमा भविष्य खोज्दै आस्मन
भेडापालनमा भविष्य खोज्दै आस्मन मंगलबार, कात्तिक १८, २०८२
मूल्य खस्किएपछि अदुवा किसान मारमा
मूल्य खस्किएपछि अदुवा किसान मारमा मंगलबार, कात्तिक १८, २०८२
सहकारीद्वारा मकैको पीठो बजारीकरण
सहकारीद्वारा मकैको पीठो बजारीकरण मंगलबार, कात्तिक १८, २०८२
बाढीपहिरोबाट इलाममा ११ अर्ब ८१ करोड रुपैयाँको क्षतिको आकलन
बाढीपहिरोबाट इलाममा ११ अर्ब ८१ करोड रुपैयाँको क्षतिको आकलन मंगलबार, कात्तिक १८, २०८२
हाइटेक टनेलमा च्याउखेती गरी मनग्य आम्दानी
हाइटेक टनेलमा च्याउखेती गरी मनग्य आम्दानी सोमबार, कात्तिक १७, २०८२
बेमौसमी वर्षाले गुल्मीमा ११ प्रतिशत धान नष्ट
बेमौसमी वर्षाले गुल्मीमा ११ प्रतिशत धान नष्ट सोमबार, कात्तिक १७, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
सर्वसाधारण यात्रुलक्षित टेलिकमकाे फ्रि वाइफाइ  सञ्चालन
सर्वसाधारण यात्रुलक्षित टेलिकमकाे फ्रि वाइफाइ  सञ्चालन
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सन नेपाल लाइफले गर्याे आइ.एस.ओ प्रमाणपत्र नवीकरण
सन नेपाल लाइफले गर्याे आइ.एस.ओ प्रमाणपत्र नवीकरण
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP