Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
  • #फ्रेन्च_फ्राइज
  • #लायन्सकाे_एन्थम
Search Here
समाचार
  • Home
  • समाचार
  • गुच्चीच्याउ आम्दानीको स्रोत बन्दै
गुच्चीच्याउ आम्दानीको स्रोत बन्दै
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, वैशाख २१, २०८०
guchhi chyau
Hardik health
मुगु-  सोरु गाउँपालिका–४ फोतुकी रामदेवी शाहीलाई अहिले गुच्चीच्याउ टिप्न भ्याइनभ्याइ छ । उनी बिहान सबेरै नजिकका सामुदायिक वनमा पुगेर साँझअबेर मात्र घर फर्किन्छन् ।  हिमपात र वर्षा धेरै भएकाले यसपाली गुच्चीच्याउको उत्पादन राम्रो भएको जनाउँदै उनी दिनभरी गुच्चीच्याउ टिप्न व्यस्त भएका हुन्। गतवर्ष च्याउ टिपेर रु २५ हजार कमाएकी उनीलाई यस वर्ष झन् बढी पैसा कमाउने धोको छ । ताजागाउँकी बेलसरा बुढाले पनि वनजङ्गलमा बाख्रा चराउँदै गुच्चीच्याउ सङ्कलन गर्ने गरेका छन् । गतवर्ष च्याउ बेचेर उनले रु ४० हजार कमाएका थिए  । जिल्लाका ग्रामीण भेगका बासिन्दालाई अहिले गुच्चीच्याउ टिप्ने चटारो छ । जिल्लामा बर्सेनि चैतको पहिलो सातादेखि गुच्चीच्याउ टिप्ने ‘सिजन’ सुरुआत हुन्छ । विपन्नको मुख्य आयस्रोतका रूपमा चिनिने च्याउले बर्सेनि राम्रो मूल्य पाउन थालेको छ । यस वर्ष भारी हिमपात र अधिक वर्षा भएकाले गुच्चीच्याउको राम्रो उत्पादन भएको स्थानीयवासीको आशा छ । “जङ्गलमा च्याउ टिप्दैमा दिन बित्ने गरेको छ,’ उनले भने, “च्याउ नटिपे वर्षभरिको खर्च धान्न मुस्किल हुन्छ, त्यसैले वनजङ्गलको च्याउलाई मुख्य आयआर्जनको स्रोत बनाएका छौंँ ।” च्याउ टिप्न बिहानै वनजङ्गलमा जानुपर्ने र साँझ मात्र घर फर्किने भएकाले पहिले नै खानपिनको व्यवस्था गर्नुपर्ने उनले बताए । स्थानीय बजारमा गुच्चीच्याउको मूल्य प्रतिकिलो रु १४ हजारदेखि १७ हजारसम्म पर्ने स्थानीयवासीको भनाइ छ । केही व्यापारीले प्रतिगोटा सात रुपैयाँमा च्याउकिन्ने गरेका छन् । जिल्लाको खत्याड, सोरु, मुगुमकार्मारोङ गाउँपालिका र छायानाथ रारा नगरपालिकाका अधिकांश जङ्गलमा गुच्चीच्याउ पाइन्छ छ । बेँसीतिर उम्रिने गुच्चीच्याउ पहेँलो आकारको हुने र लेकमा उम्रने च्याउ कालो आकारको हुने सोरु गाउँपालिकाकच्चेका कलबहादुर कार्कीले बताए  । उनका अनुसार च्याउ टिप्ने समयमा गाउँमा ज्येष्ठ नागरिक र अशक्तमात्र घरमा बस्छन् । बालबालिकासमेत पढाइ छाडेर गुच्चीच्याउ टिप्न जाने गरेका छन् र च्याउको सिजनका बेलागाउँबस्ती सुनसान हुने गरेको छ । निगालो, पीपल, उन्युँ बढी भएको जङ्गलमा गुच्चीच्याउ बढी उम्रिने गरेको छ । उनका अनुसार उम्रेको दुई सातासम्म टिप्न नसके कुहिने, वन्यजन्तु र चराले खाने समस्या छ । सोरु गाउँपालिकाको रुम, रारा गिलाहा, धैनकोट, कालै, फोतु नेर, नार्थपु, खत्याड गाउँपालिकाको खमाले, गम्था, निगालबोट तथा मुगुमकार्मारोङ गाउँपालिकाको चितै, माग्री, पापु गाउँका जगंलमा च्याउ बढी पाइन्छ । जिल्लामा उत्पादित गुच्चीच्याउ नेपालगञ्ज, काठमाडौँं र तिब्बत्सम्म जाने गरेको नेपाल जडीबुटी व्यवसायी स‌ंघका अध्यक्ष मेलबहादुर शाहीले बताए । उनका अनुसार व्यवसायीले गाउँमै पुगेर च्याउ सङ्कलन गर्छन् । उनले जिल्लामा करिब २० क्विन्टल बढी गुच्चीच्याउ पाइने गरेको बताए। सोरु गाउँपालिकाको वन क्षेत्रमा सङ्कलन हुने च्याउव्यापारीले हुम्लाको हिल्सा नाका हुँदै तिब्बती बजारमा पुर्‍याउने गरेका छन् । गुच्चीच्याउको तरकारी मासुजस्तै स्वादिलो हुने र औषधि निर्माणमासमेत प्रयोग गरिने भएकाले यसको माग बढेको उनको भनाइ छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  १३:२१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मूल्य खस्किएपछि अदुवा किसान मारमा
मूल्य खस्किएपछि अदुवा किसान मारमा मंगलबार, कात्तिक १८, २०८२
भेडापालनमा भविष्य खोज्दै आस्मन
भेडापालनमा भविष्य खोज्दै आस्मन मंगलबार, कात्तिक १८, २०८२
मूल्य खस्किएपछि अदुवा किसान मारमा
मूल्य खस्किएपछि अदुवा किसान मारमा मंगलबार, कात्तिक १८, २०८२
सहकारीद्वारा मकैको पीठो बजारीकरण
सहकारीद्वारा मकैको पीठो बजारीकरण मंगलबार, कात्तिक १८, २०८२
बाढीपहिरोबाट इलाममा ११ अर्ब ८१ करोड रुपैयाँको क्षतिको आकलन
बाढीपहिरोबाट इलाममा ११ अर्ब ८१ करोड रुपैयाँको क्षतिको आकलन मंगलबार, कात्तिक १८, २०८२
हाइटेक टनेलमा च्याउखेती गरी मनग्य आम्दानी
हाइटेक टनेलमा च्याउखेती गरी मनग्य आम्दानी सोमबार, कात्तिक १७, २०८२
बेमौसमी वर्षाले गुल्मीमा ११ प्रतिशत धान नष्ट
बेमौसमी वर्षाले गुल्मीमा ११ प्रतिशत धान नष्ट सोमबार, कात्तिक १७, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
सर्वसाधारण यात्रुलक्षित टेलिकमकाे फ्रि वाइफाइ  सञ्चालन
सर्वसाधारण यात्रुलक्षित टेलिकमकाे फ्रि वाइफाइ  सञ्चालन
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सन नेपाल लाइफले गर्याे आइ.एस.ओ प्रमाणपत्र नवीकरण
सन नेपाल लाइफले गर्याे आइ.एस.ओ प्रमाणपत्र नवीकरण
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP