Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #वरिष्ठ बलराम
  • #कार्तिक_नाच
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
  • #जेनजी_आन्दोलन
Search Here
समाचार
  • Home
  • समाचार
  • स्वयम्सेविकालाई पनि पेन्सन
स्वयम्सेविकालाई पनि पेन्सन
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, वैशाख २०, २०८०
sewika
Hardik health
गुल्मी  - गुल्मीको छत्रकोट गाउँपालिकाले महिला स्वास्थ्य स्वयम्सेविकालाई पेन्सन दिन सुरुआत गरेको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा हालै सो गाउँपालिका भरका स्वयम्सेविकालाई सम्मानजनक बिदाइका लागि निवृत्तिभरण (पेन्सन) दिन सुरु गरिएको हो । गाउँपालिकाले महिला स्वास्थ्य स्वयम्सेविकामध्ये स्वेच्छिक अवकाश लिनेलाई एकमुष्ट १० हजारदेखि सेवा अवधिअनुसार र अनिवार्य अवकाश लिनेलाई एकमुष्ट ५० हजार निवृत्तीभरण दिने स्वास्थ्य शाखाप्रमुख श्याम सुन्दर पोखरेलले जानकारी दिए । उहाँका अनुसार अनिवार्य अवकाश हुनुहुने स्वयम्सेविकाहरुले मासिक एक हजार पेन्सन पाउनेछन् । गाउँपालिकाका विभिन्न वडामा कार्यरत रहनुभएका चारजना स्वास्थ्य स्वयम्सेविका निवृत्तीभरण हुनुभएको छ । स्वेच्छिक अवकाशअन्तर्गत कमला ज्ञवाली, गोमा भण्डारी, विष्णुमाया घिमिरे र भगवती न्यौपाने रहेको छ । उनीहरुले हालसम्म सेवारत रहेबापत गाउँपालिकाबाट सेवा अवधिअनुसार क्रमशः रु २५ हजार, २५ हजार, १० हजार र २५ हजार प्राप्त गरेका छन्  । साथै ६० वर्ष उमेर पुगेका कारण अनिवार्य अवकाश हुनभएकी भागीरथा कँडेलले सङ्घीय सरकारबाट २० हजार र गाउँपालिकाबाट ३० हजार गरी कूल रु ५० हजार प्राप्त गरेका छन्  । उनले अब मासिक एक हजारका दरले प्रोत्साहनस्वरुप पेन्सन पाउनेछन् । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा गुल्मीका अध्यक्ष टोपलाल अर्यालले सञ्चारमा प्रचारका लागि मात्र नभई दीर्घकालीन कामका लागि मात्र नयाँ कार्यक्रम ल्याउन सुझाव दिए । उनले स्वास्थ्य स्वयम्सेविकालाई निवृत्तिभरण दिने कार्यक्रमको कार्यान्वयन गर्नु छत्रकोट गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा हासिल गरेको उपलब्धि भएको बताए । छत्रकोट गाउँपालिकाका उपाध्यक्ष सावित्रा ज्ञवालीले स्वास्थ्य स्वयम्सेविकाले स्वास्थ्य क्षेत्रमा अतुलनीय योगदान गरेकोप्रति प्रशंसा गरे । उनले जीवनभर गरेको सेवाबापत केही न केही राहत महसुस हुने गरी स्वास्थ्य स्वयम्सेविकालाई प्रोत्साहन गरिएको बताए । सो गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेयले श्रमको मूल्यलाई मूल्याङ्कन गर्नका लागि श्रमिक दिवसको दिन ऐतिहासिक कार्यको शुभारम्भ गरिएको बताए । “सामान्य खोपदेखि जटिल रोगमा पनि महत्वपूर्ण भूमिका स्वास्थ्य स्वयम्सेविकाको रहने गर्दछ”, उनले भने “स्वयम्सेविकाका समस्या सम्बोधन गर्न पेन्सनको सुरुआत गरिएको हो ।” उनले स्वास्थ्य स्वयम्सेविकालाई पेन्सन दिने कार्यक्रम कार्यान्वयनमा गएकाले अब दीर्घकालीनसम्म रहने बताए  । स्वास्थ्य स्वयम्सेविकालाई पेन्सन दिन सुरु गर्ने गुल्मीको छत्रकोट गाउँपालिका नेपालमै पहिलो रहेको गाउँपालिका अध्यक्ष पाण्डेले दाबी गरे  । गाउँपालिकाका ६ वडामा हाल कूल ८६ जना सामुदायिक महिला स्वास्थ्य स्वयम्सेविका रहेका छन् । गाउँपालिकाले १० वर्षसम्म सेवा गरेर स्वेच्छिक अवकाश लिएमा १० हजार, २० वर्षसम्म सेवा गरेर स्वेच्छिक अवकाश लिएमा २० हजार र ३० वर्षसम्म सेवा गरेर स्वेच्छिक अवकाश लिएका २५ हजारसम्म पेन्सन दिनेछ । साठी वर्ष उमेर हदका कारण अनिवार्य अवकाश पाउनुहुने स्वयम्सेविकाले सङ्घीय सरकारको २० हजार र गाउँपालिकाले ३० हजार गरी एकमुष्ट रु ५० हजार र यसपछि मासिक एक हजार पेन्सन पाउनेछन् ।
प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  १५:४६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्यमन्त्रीलाई चिकित्सक संघद्वारा सुझाव पेस
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्यमन्त्रीलाई चिकित्सक संघद्वारा सुझाव पेस शुक्रबार, कात्तिक १४, २०८२
निःशुल्क स्वास्थ्य शिविरबाट ८२६ महिला लाभान्वित
निःशुल्क स्वास्थ्य शिविरबाट ८२६ महिला लाभान्वित शुक्रबार, कात्तिक १४, २०८२
देशभरका चार सय २८ जनालाई निःशुल्क कृत्रिम हात वितरण गरिने
देशभरका चार सय २८ जनालाई निःशुल्क कृत्रिम हात वितरण गरिने बिहीबार, कात्तिक १३, २०८२
लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १५ सय शिशुको जन्म
लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १५ सय शिशुको जन्म मंगलबार, कात्तिक ११, २०८२
जुम्लामा एक लाख नागरिकले गरे स्वास्थ्य बीमा
जुम्लामा एक लाख नागरिकले गरे स्वास्थ्य बीमा सोमबार, कात्तिक १०, २०८२
दुई महिनामा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु
दुई महिनामा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु सोमबार, कात्तिक ३, २०८२
स्वास्थ्य सेवा विभागमा भ्रष्टाचार
स्वास्थ्य सेवा विभागमा भ्रष्टाचार सोमबार, कात्तिक ३, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP