Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
समाचार
  • Home
  • समाचार
  • स्वयम्सेविकालाई पनि पेन्सन
स्वयम्सेविकालाई पनि पेन्सन
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, वैशाख २०, २०८०
sewika
Hardik health
गुल्मी  - गुल्मीको छत्रकोट गाउँपालिकाले महिला स्वास्थ्य स्वयम्सेविकालाई पेन्सन दिन सुरुआत गरेको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा हालै सो गाउँपालिका भरका स्वयम्सेविकालाई सम्मानजनक बिदाइका लागि निवृत्तिभरण (पेन्सन) दिन सुरु गरिएको हो । गाउँपालिकाले महिला स्वास्थ्य स्वयम्सेविकामध्ये स्वेच्छिक अवकाश लिनेलाई एकमुष्ट १० हजारदेखि सेवा अवधिअनुसार र अनिवार्य अवकाश लिनेलाई एकमुष्ट ५० हजार निवृत्तीभरण दिने स्वास्थ्य शाखाप्रमुख श्याम सुन्दर पोखरेलले जानकारी दिए । उहाँका अनुसार अनिवार्य अवकाश हुनुहुने स्वयम्सेविकाहरुले मासिक एक हजार पेन्सन पाउनेछन् । गाउँपालिकाका विभिन्न वडामा कार्यरत रहनुभएका चारजना स्वास्थ्य स्वयम्सेविका निवृत्तीभरण हुनुभएको छ । स्वेच्छिक अवकाशअन्तर्गत कमला ज्ञवाली, गोमा भण्डारी, विष्णुमाया घिमिरे र भगवती न्यौपाने रहेको छ । उनीहरुले हालसम्म सेवारत रहेबापत गाउँपालिकाबाट सेवा अवधिअनुसार क्रमशः रु २५ हजार, २५ हजार, १० हजार र २५ हजार प्राप्त गरेका छन्  । साथै ६० वर्ष उमेर पुगेका कारण अनिवार्य अवकाश हुनभएकी भागीरथा कँडेलले सङ्घीय सरकारबाट २० हजार र गाउँपालिकाबाट ३० हजार गरी कूल रु ५० हजार प्राप्त गरेका छन्  । उनले अब मासिक एक हजारका दरले प्रोत्साहनस्वरुप पेन्सन पाउनेछन् । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा गुल्मीका अध्यक्ष टोपलाल अर्यालले सञ्चारमा प्रचारका लागि मात्र नभई दीर्घकालीन कामका लागि मात्र नयाँ कार्यक्रम ल्याउन सुझाव दिए । उनले स्वास्थ्य स्वयम्सेविकालाई निवृत्तिभरण दिने कार्यक्रमको कार्यान्वयन गर्नु छत्रकोट गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा हासिल गरेको उपलब्धि भएको बताए । छत्रकोट गाउँपालिकाका उपाध्यक्ष सावित्रा ज्ञवालीले स्वास्थ्य स्वयम्सेविकाले स्वास्थ्य क्षेत्रमा अतुलनीय योगदान गरेकोप्रति प्रशंसा गरे । उनले जीवनभर गरेको सेवाबापत केही न केही राहत महसुस हुने गरी स्वास्थ्य स्वयम्सेविकालाई प्रोत्साहन गरिएको बताए । सो गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेयले श्रमको मूल्यलाई मूल्याङ्कन गर्नका लागि श्रमिक दिवसको दिन ऐतिहासिक कार्यको शुभारम्भ गरिएको बताए । “सामान्य खोपदेखि जटिल रोगमा पनि महत्वपूर्ण भूमिका स्वास्थ्य स्वयम्सेविकाको रहने गर्दछ”, उनले भने “स्वयम्सेविकाका समस्या सम्बोधन गर्न पेन्सनको सुरुआत गरिएको हो ।” उनले स्वास्थ्य स्वयम्सेविकालाई पेन्सन दिने कार्यक्रम कार्यान्वयनमा गएकाले अब दीर्घकालीनसम्म रहने बताए  । स्वास्थ्य स्वयम्सेविकालाई पेन्सन दिन सुरु गर्ने गुल्मीको छत्रकोट गाउँपालिका नेपालमै पहिलो रहेको गाउँपालिका अध्यक्ष पाण्डेले दाबी गरे  । गाउँपालिकाका ६ वडामा हाल कूल ८६ जना सामुदायिक महिला स्वास्थ्य स्वयम्सेविका रहेका छन् । गाउँपालिकाले १० वर्षसम्म सेवा गरेर स्वेच्छिक अवकाश लिएमा १० हजार, २० वर्षसम्म सेवा गरेर स्वेच्छिक अवकाश लिएमा २० हजार र ३० वर्षसम्म सेवा गरेर स्वेच्छिक अवकाश लिएका २५ हजारसम्म पेन्सन दिनेछ । साठी वर्ष उमेर हदका कारण अनिवार्य अवकाश पाउनुहुने स्वयम्सेविकाले सङ्घीय सरकारको २० हजार र गाउँपालिकाले ३० हजार गरी एकमुष्ट रु ५० हजार र यसपछि मासिक एक हजार पेन्सन पाउनेछन् ।
प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  १५:४६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप
नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप बुधबार, चैत ४, २०८२
र्जेन्टिना विश्व स्वास्थ्य संगठनबाट बाहिरियो
र्जेन्टिना विश्व स्वास्थ्य संगठनबाट बाहिरियो बुधबार, चैत ४, २०८२
दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी
दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी मंगलबार, चैत ३, २०८२
क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य
क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य मंगलबार, चैत ३, २०८२
ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन
ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन मंगलबार, चैत ३, २०८२
नवलपरासीपूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै
नवलपरासीपूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै मंगलबार, चैत ३, २०८२
सोह्र औषधि पसल निलम्बनमा
सोह्र औषधि पसल निलम्बनमा सोमबार, चैत २, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP