Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #वरिष्ठ बलराम
  • #सुनचाँदी
  • #कार्तिक_नाच
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #विश्व_सहरीकरण_दिवस
Search Here
कर्पोरेट
  • Home
  • कर्पोरेट
  • घोराही सिमेन्ट कम्पनीले ल्याएको सेयर स्थानीयबासीले बहिस्कार गर्ने
घोराही सिमेन्ट कम्पनीले ल्याएको सेयर स्थानीयबासीले बहिस्कार गर्ने
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, वैशाख १८, २०८०
ghorahi cemnt
Hardik health
काठमाडाैं -  घोराही सिमेन्ट कम्पनीले उद्योग प्रभावितहरुका लागि महंगो मूल्यमा बिक्रीमा ल्याएको प्राथमिक सेयर प्रभावित क्षेत्रका वासिन्दाले बहिस्कार गर्ने भएका छन् ।कम्पनीले स्थानीयलाई आर्थिक शोषण गर्न महंगो मूल्यमा प्रिमियम सहितको आईपीओ बेच्न खोजेकोले स्थानीयले बहिष्कार गर्ने भएका हुन् । घोराही उपमहानगरपालिकाको ४ नम्बर वडा अध्यक्ष मधुसुदन घिमिरेले मेराेलगानीलाई दिएकाे जानकारी अनुसार उद्योग प्रभावितहरुको भेलाले घोराहीको महंगो मूल्यको आईपीओ बहिष्कार गर्ने निर्णय गरेको हो । स्थानीयबासीहरुले उल्टै उद्योग बस्ती बीचमा स्थापना भई प्रदुषण बढाएर मानव स्वास्थ्यमा गम्भीर असर परेको भन्दै उद्योग नै स्थानान्तरणको माग गरेका छन् । यसैगरी उपमहानगरपालिकाका प्रमुख नरुलाल चाैधरीले पनि जनतालाई आईपीओ वारे कुनै चासाे नरहेकाे जानकारी दिए । उनले मेराेलगानीसँग भने, 'प्रदुषण गरेकाेले उद्याेग नै सार्नु पर्छ भन्दै माग राख्दै आएका जनताले त्यही सिमेन्टकाे शेयर नलिने मानसिकता बनाएका छन्, जनता आन्दाेलनमै छन् ।' उद्योग प्रभावित क्षेत्र घोराही उप–महानगरपालिका वडा नं‍ १, २, ३, ४, १४, १५, १७, १८, १९, बंगलाचुली गाउँपालिका–३, ४ र रोल्पाको त्रिवेणी गाउँ पालिका वडा नं ३ र ४ का स्थानीयहरुका लागि तीन लाख ९७ हजार एक सय ९० कित्ता साधारण शेयर निष्कासन गरेको छ । कम्पनीले बिक्रीमा ल्याएको सो सेयरलाई स्थानीयले प्रतिकित्ता ३०० रुपैयाँ प्रिमियम तिरेर ४०० रुपैयाँमा खरिद गर्नुपर्नेछ ।एकातिर वातावरणीय र मानवीय स्वास्थ्यमा प्रतिकुल असर परी बस्तिमा गंभीर परेको, पानीको मूल सुक्न थालेको छ भने अर्कोतिर कम्पनीले बिक्री गर्न लागेको ७९ लाख ४३ हजार कित्ता मध्ये ६७ लाख ९१ हजार नौ सय ५० कित्ता सर्वसाधारणलाई र वैदेशिक रोजगारीमा रहेकाहरुलाई सात लाख ५४ हजार छ सय ६१ कित्ता बिक्री गर्ने सूचना जारी गरिएको छ । सर्वसाधारण र वैदेशिक रोजगारीमा रहेकाहरुले प्रतिकित्ता ३५० रुपैयाँ प्रिमियम तिरी प्रतिकित्ता ४३५ रुपैयााँमा किन्नुपर्ने उल्लेख छ । दोस्रो बजारमा शिवम सिमेन्टको सेयरको भाउ प्रतिकित्ता ४०० रुपैयाँ मुनी आईसकेको अवस्थामा घोराहीको महंगो आईपीओ कसले किन्ला भन्ने गम्भीर प्रश्न उब्जिएको छ । त्यही बेला स्थानीयपनि महंगो आईपीओ नकिन्ने घोषणा गरेपछि घोराहीको सेयर बिक्री संकटमा परेको छ । घोराही उपमहानगरपालिका वठा नम्बर ४ का अध्यक्ष घिमिरेले कम्पनीले स्थानीयहरुलाई झुक्याएर बिक्री गर्न खोजेको महंगो मूल्यको सेयर नकिन्‍ने निर्णय भएको बताएका छन् । कम्पनीले नेपाल विद्युत प्राधिकरणलाई एक अर्ब भन्दा बढी विद्युत महसुल तिर्न बाँकी भएको अपस्थामा  आईपीओ बिक्रीको चलाखी गरेको स्थानीयबासीको आरोप छ । स्थानीयले तत्काल उद्योग स्थानान्तरण नगरे आफुहहरु आन्दोलनमा उत्रिने चेतावनी पनि दिएका छन् ।
प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  १७:३९
प्रतिक्रिया दिनुहोस्
थप कर्पोरेट
नेप्से परिसूचकमा सामान्य अंकको गिरावट
नेप्से परिसूचकमा सामान्य अंकको गिरावट बुधबार, कात्तिक १२, २०८२
नेप्से परिसूचक ६२ अंकले बढ्यो
नेप्से परिसूचक ६२ अंकले बढ्यो मंगलबार, कात्तिक ११, २०८२
नेप्से परिसूचक सामान्य अंकले बढ्यो
नेप्से परिसूचक सामान्य अंकले बढ्यो आइतबार, कात्तिक ९, २०८२
नेप्से परिसूचक १६ अ‌कंले बढ्यो
नेप्से परिसूचक १६ अ‌कंले बढ्यो आइतबार, कात्तिक २, २०८२
 नेप्से २३.५९ अंकले घट्याे
 नेप्से २३.५९ अंकले घट्याे बिहीबार, असोज ३०, २०८२
घट्यो सेयर बजार कारोबार
घट्यो सेयर बजार कारोबार बुधबार, असोज २९, २०८२
नेप्से परिसूचक १९ अंकले घट्यो
नेप्से परिसूचक १९ अंकले घट्यो मंगलबार, असोज २८, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP