पर्सा - बेवारीसे अवस्थामा रहेको कार्टिज सशस्त्र प्रहरीले बरामद गरेकाे छ ।
पर्सा जिल्लाको बिन्दवासीनी गाउँपालिका ३ स्थित ईटाही ईलाकाबाट वैशाख १५ गते सशस्त्र प्रहरीले १२ बोर सट गनको १७ वटा फायर भएको र १२ वटा फायर नभएको कार्टिज बरामद गरेको छ ।
सोही ठाउँस्थित स्थानीयको खेतबारीमा बेवारीसे अवस्थामा रहेको भन्ने खबर प्राप्त भएपश्चात खटिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साले सो कार्टिज सहित सट गनमा प्रयोग हुने सिलिङ्ग ३ वटा, राउण्ड राख्ने बिन्दुली २ वटा समेत बरामद गरेको छ ।
बरामद कार्टिज र सामान ईलाका प्रहरी कार्यालय पोखरीयमा बुझाएको स्राेतले जनाएकाे छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८० १७:१४