Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अन्तर्राष्ट्रिय मातृभाषा दिवस
  • #बेहाल
  • #विमला_घिमिरे
  • #प्रियतम
  • #साके एन्ड फेंग
  • #उनेपा
  • #श्वेत र काल
  • #उज्यालो नेपाल पार्टी
  • #शेर्पा_समुदाय
Search Here
समाचार
  • Home
  • समाचार
  • चारलेन ठेक्का छिट्टै रद्द हुन्छ : सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्मा
चारलेन ठेक्का छिट्टै रद्द हुन्छ : सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्मा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, वैशाख १४, २०८०
rekha-sharma
Hardik health
काठमाडाैं -  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले घोराही–तुलसीपुर चार लेन सडक निर्माणकार्यमा राजनीति नगर्न सुझाव दिएकी छन् । नारायणपुर उद्योग वाणिज्य संघको आयोजनामा नारायणपुरमा सुरु भएको कृषि, पर्यटन तथा व्यापारिक महोत्सवको उद्घाटन गर्दै उनले भनिन्, “जनदबाब हुँदा त्यसले माथि दबाब दिन पनि सहज हुन्छ, तर चार लेनमा राजनीति गरेर अस्वाभाविक विरोध गर्दा त्यसले फाइदा दिँदैन ।” चार लेन सडक नबन्दा कष्टकर रहेको भन्दै निर्वाचन जितेदेखि नै पहिलो प्राथमिकतामा राखेर चार लेनकै प्रक्रिया अगाडि बढाइरहेकोसमेत उनको भनाइ छ । अब आउने बजेट भाषणभन्दा अघि नै चार लेनको ठेक्का तोड्ने गरी तयारी गरेकोसमेत उनको भनाइ छ । “ठेक्का नतोड्दासम्म त्यसमा ठेकेदारकै अधिकार हुने र सरकारले चाहेर पनि केही गर्न सक्ने अवस्था रहँदैन”, उनले भनिन्, “त्यसैले पहिले ठेक्का तोड्छौँ, त्यसपछि अहिले दुई लेनकै मर्मत कार्य गर्छौँ ।” भारतीय एक्जिम बैंकको लगानीमा भारतीय तथ्य कम्पनीले काम गरिरहेको भए पनि यो ठेकेदार कम्पनीको ठेक्का तोडेर नयाँ ठेक्का प्रक्रिया अगाडि बढाएर काम अगाडि बढाउने गरी तयारी रहेको मन्त्री शर्माको भनाइ छ । त्यसपछि नयाँ ठेकेदारमार्फत चार लेनको काम अघि बढ्नेसमेत उनको भनाइ थियो । त्यसका लागि प्रधानमन्त्री, अर्थमन्त्री, भौतिक पूर्वाधारमन्त्रीसहित भारतीय राजदूतावास र सोही प्रोजेक्ट हेर्ने सचिवसँग पनि छलफल भइसकेको छ । एक्जिम बैंकले लगानी गरेका दाङमात्रै नभई नेपालकै दर्जन बढी स्थानको हालत यस्तै रहेको मन्त्री शर्माले बताइन् । साथै उनले दाङमा विमानस्थल विस्तारको पनि उत्तिकै विवाद आउने भन्दै दाङवासीलाई सहज हुने गरी विमानस्थल विस्तार गर्नुपर्ने बताइन्  । “म घोराहीवासी भएर नारायणपुर नै हुनुपर्छ भन्ने पनि छैन”, उनले भनिन्, “समग्र दाङवासीलाई जहाँ बनाउँदा सहज हुन्छ, त्यहीँ बनाउने हो, त्यसका लागि दाङबाट नेतृत्व गर्ने नेता एकजुट हुनुपर्छ ।” राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शैक्षिक कार्यक्रम सुरु भएको भन्दै अबको केही समयमा ब्याचलर र एमडीस्तरका शैक्षिक कार्यक्रम सुरु गर्ने गरी तयारी गरेको समेत उनले बताइन् । त्यस्तै अहिले वृद्धभत्ता कटौती गर्न लागेको भनी गलत प्रचार हुने गरेको भन्दै त्यो सत्य नभएको समेत बताइन् । मन्त्री शर्माले सरकारले वैदेशिक रोजगारमा गएकालाई पनि योगदानमा आधारित सामाजिक सुरक्षा भत्ता दिने कुरासमेत रहेको बताइन्  । दाङ जिल्लाको लाइफ लाइनका योजनाअन्तर्गत खङ्ग्रा नाकाबाट नारायणपुर हुँदै होलेरी, रक्षाचौरको बाटो, मुर्कुटी प्यूठानको बाटो, प्रहरी चौकी, स्वास्थ्य चौकीको स्तरोन्नतिलाई सरकारले प्राथमिकताका साथ लिएको पनि मन्त्री शर्माले बताए । साथै अत्यावश्यक कानून निर्माणको काम पनि अघि बढिरहेको उनको भनाइ थियो । महोत्सवको पहिलो दिन विभिन्न संस्कृति झल्कने सांस्कृतिक झाँकी, टोल विकास समिति, विभिन्न सङ्घसंस्था तथा विद्यालयले ¥याली गरेका थिए । उद्घाटन कार्यक्रममा दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी सुशील वैद्य, नेपाल उद्योग वाणिज्य सङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्मा, वाणिज्य सङ्घ लुम्बिनी प्रदेशका उपाध्यक्ष कुलप्रसाद न्यौपानेलगायतले मन्तव्य व्यक्त गरेकी थिइन्  । ‘कृषि व्यवसाय एवं पर्यटनमा प्रोत्साहन, दिगो अर्थतन्त्रका लागि योगदान’ भन्ने मूल नाराका साथ सुरु भएको महोत्सव यही वैशाख २६ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  १८:५६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विदेशबाट आएर खोले साहले जर्निज
विदेशबाट आएर खोले साहले जर्निज बिहीबार, असार २१, २०८०
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी बिहीबार, असार २१, २०८०
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ बिहीबार, असार २१, २०८०
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि...
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि... बिहीबार, असार २१, २०८०
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित बुधबार, असार २०, २०८०
लोकप्रिय
  • Week
  • Month
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
महाशिवरात्रि र उपत्यकाका शिवस्थल 
महाशिवरात्रि र उपत्यकाका शिवस्थल 
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP