Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अन्तर्राष्ट्रिय मातृभाषा दिवस
  • #बेहाल
  • #विमला_घिमिरे
  • #प्रियतम
  • #साके एन्ड फेंग
  • #उनेपा
  • #श्वेत र काल
  • #उज्यालो नेपाल पार्टी
  • #शेर्पा_समुदाय
Search Here
समाचार
  • Home
  • समाचार
  • एकैदिन तीन सय ७९ स्थानमा डढेलो
एकैदिन तीन सय ७९ स्थानमा डढेलो
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, वैशाख ८, २०८०
fire_kakani
Hardik health
 काठमाडौं -  पछिल्लो समय अधिकतम तापक्रममा वृद्धि भएसँगै वन डढेलोका घटना पनि ह्वात्तै बढेका छन् । सुक्खा खडेरी बढ्दोक्रमसँगै बुधबार मात्र देशभर एकैदिन १७ जिल्लामा तीन सय ७९ स्थानमा डढेलो लागेको थियो ।वन तथा भू–संरक्षण विभागले दिएको जानकारी अनुसार एकैदिन तीन सय ७९ डढेलोका घटना यस वर्षकै सबैभन्दा उच्च हो । बढ्दो तापक्रम, प्रतिकूल मौसम, वनमा रहेको ज्वलनशील पदार्थको उपस्थिति तथा भौगोलिक विकटताका कारण वन डढेलो नियन्त्रण र व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । वन डढेलोबाट निस्केको धुवाँका कारण देशभरको आकाश तुवाँलोले ढाकेको छ भने यसको वायु प्रदूषणले जनस्वास्थ्यमा समस्या देखिन थालेको छ । नेपालमा खासगरी माघदेखि जेठसम्म बढी वनमा डढेलो लाग्ने गरेको छ । विभागको तथ्याङ्कअनुसार यही वैशाख १ गते २६ जिल्लाका एक सय १२, २ गते आठ जिल्लाका २८ , ३ गते १२ जिल्लाका ३२ , ४ गते १० जिल्लाका ६४ र वैशाख ५ गते ३३ जिल्लाका एक सय ८० स्थानमा डढेलो लागेको थियो । नेपालमा विशेष गरी तराई र भित्री मधेसका जिल्लामा वन डढेलो बढी लाग्ने गरेको विभागको वन डढेलो सूचना कक्षका सहायक वन अधिकृत गोविन्दकुमार श्रेष्ठले जानकारी दिए । पछिल्ला दिनमा दाङ, चितवन, अर्घाखाँची, प्यूठान, सुर्खेतमा बढी वन डढेलो लागेको उजले बताए । हाल देखिएको डढेलोमा छत्र डढेलो (ठूलो रुखको माथिसम्म हुने आगलागी) सिन्धुली र रामेछापमा मात्र देखिएको छ भने अन्य जिल्लामा देखिएको सतही डढेलो (जमिनमा झारपातमा हुने आगलागी) हो । यस वर्ष हिउँदे वर्ष न्यून भएका कारण पनि वन डढेलो धेरै देखिएको विभागको भनाइ छ । वन डढेलो घटना मानवीय गतिविधिका कारण बढी हुने गरेको छ । स्थानीयले घाँसको मुना पलाउने आशमा जानाजानी आगो लगाउने गरेका छन् । डढेलो वन व्यवस्थापनको राम्रो औजार भए पनि त्यो नियन्त्रित हुनुपर्ने वन क्षेत्रको जानकारको भनाइ छ । मानिसको जानाजानीबाट ६४ प्रतिशत डढेलो विभागका उपमहानिर्देशक नवराज पुडासैनीले वनजङ्गलमा मानिस वनभोज जाने र आगो त्यतिकै छोड्दा हुने आगलागी, बिँडी, चुरोटका ठूटाबाट समेत वन डढेलो लाग्ने गरेको जानकारी दिए । कतिपय संरक्षित क्षेत्रमा स्थानीयले प्रवेश गर्न नपाएको र स्रोतको प्रयोग गर्न नपाएको आवेगमा समेत आगो लगाउने गरेको देखिएको छ । ठूलोस्तरमा लागेको डढेलो वर्षाको पानी नपरिकन नियन्त्रण हुने सम्भावना कम रहेको उहाँले बताउनुभयो । विभागले वन डढेलोको नियन्त्रणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको छ । गर्मी मौसम र भौगोलिक विकटता डढेलो नियन्त्रणको मुख्य समस्या बनेको छ । हालसम्म डढेलो धेरै बढेपनि मानव बस्ती, मानवीय र वन्यजन्तु क्षति नभएको उपमहानिर्देशक पुडासैनीले बताए  । उनले भने,“यस वर्ष समयमै अग्निरेखा निर्माण र सरसफाइ गरेका कारण डढेलो राजमार्गको आसपास देखिएको छैन ।” वन डढेलो नियन्त्रण तथा व्यवस्थापनका लागि विभागले वन ढडेलो सूचना कक्ष सञ्चालन गरेको छ । कक्षमा रहने टोली खटिइ भौगोलिक सूचना प्रणालीमा आधारित वन डढेलो सूचना प्रणालीमार्फत सबै डिभिजनल वन अधिकृत र वन कर्मचारीलाई चौबिसै घण्टा वन डढेलोको सूचना प्रवाह गर्ने व्यवस्था मिलाइएको छ । सशस्त्र वन रक्षक तालिम केन्द्रमा रहेको जनशक्तिलाई चौबिस घण्टा सजग रहि वन डढेलो नियन्त्रण र व्यवस्थापनमा परिचालन हुन निर्देशन दिइएको उपमहानिर्देशक पुडासैनीले बताए। विभागले डिभिजनल वन अधिकृतले बन डडेलो नियन्त्रणका लागि स्थानीय प्रशासन र सुरक्षा निकायसँग आवश्यक समन्वय गरी वन डढेलो नियन्त्रणमा सहयोग लिन, तथा उपभोक्ता समूह तत्काल परिचालन गर्न र उपलब्ध औजार सामग्रीको अधिकतम परिचालन गर्ने व्यवस्था मिलाउन देशभर परिपत्र गरेको छ । यसकासाथै विभागले यसमा आवश्यक सहयोगका लागि रक्षा र गृह मन्त्रालयलाई पत्राचार गर्नका लागि वन तथा वातावरण मन्त्रालयलाई समेत आग्रह गरेको जनाएको छ । पछिल्लो समय जलवायु परिवर्तन र वन डढेलो बीचको दुश्चक्रिय अन्तरसम्बन्धले समस्या जटिल बन्नुका साथै डढेलोका घटनासमेत वृद्धि हुँदै आएको देखिन्छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सन् २००८ देखि सन् २०२१ सम्म वन डढेलोका ३४ हजार सात सय २५ घटना घटेका छन् । विगत १४ वर्षसम्म संकलन गरिएको डढेलोका घटनामध्ये सन् २०१६ मा सबैभन्दा बढी सात हजार सात सय ६७ र सन् २०१५ मा सबैभन्दा कम सात सय छ वटा घटना घटेको पाइएको छ । तथ्याङ्कअनुसार सन् २००५ देखि सन् २०२१ सम्म वन डढेलोको घटनामा परी एक सय १६ जनाले ज्यान गुमाएका थिए । मानिसहरुको जानाजानीबाट ६४ प्रतिशत, लापरवाही र दुर्घटनाबाट ३२ प्रतिशत र अज्ञातकारकबाट चार प्रतिशत वन डढेलो लाग्ने गरेको तथ्याङ्क छ । शुक्रबारदेखि नयाँ मौसमी प्रणाली विकासको सङ्केत पछिल्लो एक सातादेखि अधिकतम तापक्रम बढेर तराईमा ४० डिग्री सेल्सियस तापक्रम पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तराईमा तापक्रम वृद्धि भएसँगै लु समेत चलेको छ । यो तापक्रम बढ्ने बेला भए पनि बिचबिचमा बादल थपिँदा तापक्रममा केही कमी हुने वा र उस्तै रहने अवस्था हुन्थ्यो तर अहिले त्यस्तो नहुँदा तापक्रम लगातार बढिरहेको विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाको भनाई छ । अर्काेतिर वर्षाका गतिविधि हुन नसकेका कारण र नयाँ मौसमी प्रणाली विकास नहुँदा मौसम स्थिर रहेको महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले बताए। आजदेखि सूदूरपश्चिमतिरबाट बाक्लो बादल देखिएकाले भोलिदेखि केही मौसममा त्यसकोे केहीअसर देखिने उनले अनुमान गरे ।  ठूलो वर्षा नभए पनि हल्का तथा क्षणिक वर्षा हुनसक्ने उनको भनाइ छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८०  ०७:३४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
किसानको आकर्षण नगदेबालीतर्फ बढ्दो
किसानको आकर्षण नगदेबालीतर्फ बढ्दो आइतबार, फागुन १०, २०८२
सहकारीआवद्ध किसान दूध उत्पादनतर्फ आकर्षित
सहकारीआवद्ध किसान दूध उत्पादनतर्फ आकर्षित शुक्रबार, फागुन ८, २०८२
अन्नपूर्णबाट करिब चार करोड मूल्यबराबरको सुन्तला बिक्री
अन्नपूर्णबाट करिब चार करोड मूल्यबराबरको सुन्तला बिक्री बुधबार, फागुन ६, २०८२
आजका लागि तरकारी भाउ
आजका लागि तरकारी भाउ बुधबार, फागुन ६, २०८२
दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै
दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै मंगलबार, फागुन ५, २०८२
खोटाङ उद्यमी कोसेली घर : स्थानीय उत्पादन प्रवर्द्धन केन्द्र
खोटाङ उद्यमी कोसेली घर : स्थानीय उत्पादन प्रवर्द्धन केन्द्र सोमबार, फागुन ४, २०८२
हिउँदे वर्षात नहुँदा किसान चिन्तित
हिउँदे वर्षात नहुँदा किसान चिन्तित सोमबार, फागुन ४, २०८२
लोकप्रिय
  • Week
  • Month
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
महाशिवरात्रि र उपत्यकाका शिवस्थल 
महाशिवरात्रि र उपत्यकाका शिवस्थल 
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP