Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #शुक्रराज शर्मा
  • #सफल _युवराज पौडेल
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #'उज्यालो नेपाल
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #राष्ट्रिय जनमुक्ति पार्टी
  • #जरा_उद्यान
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • गायनमा निरन्तरता नै सफलता हो
गायनमा निरन्तरता नै सफलता हो
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, वैशाख ५, २०८०
Karma Sherpa Singer1
Hardik health
काठमाडाैं -  रियालिटी शोमार्फत उदाउनुभएका गायक कर्मा शेर्पा गत हप्ता नेपालमा हुनुहुन्थ्यो । काठमाडौंमा जारी ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ का सहभागी प्रतियोगीलाई हौसला प्रदान गर्न आएका शेर्पाले प्रतियोगीसँगै एक हप्ता बिताएका छन्  । प्रतियोगीलाई उनको सुुझाव थियो, “कलामा निरन्तरता महत्वपूर्ण हो ।”  “विश्वभरका नेपाली अहिले प्रतियोगितामा प्रतिस्पर्धा गरिरहनुभएको छ । उहाँहरुलाई आफ्नो अनुभव र ज्ञान प्रदान गर्नुका साथै हौसला दिन यहाँ आएको हुँ”, गायक शेर्पाले भने । भारतीय गायन रियालिटी शो ‘सारेगमपा सिङ्गिङ सुपरस्टार’का प्रतियोगी गायक शेर्पाले आफ्नै सङ्गीत संस्थानको स्थापना गरी नव प्रवेशीलाई मार्गदर्शनसमेत गरिरहेका छन् । अन्य नवप्रतिभाहरुलाई दिने सुझावजस्तै उहाँको पनि कलामा निरन्तरता छ । “म यो मञ्चसम्म पुग्न निकै सङ्घर्ष गरेको छु । अरूले पनि त्यहि सङ्घर्ष गर्न नपरोस् भनेर काम गरिरहेको छु । किनकि धेरै प्रतिभा गन्तव्यसम्म नपुग्दै हाराउने गरेका छन्”, गायक शेर्पाले बताए  । इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा यहाँ जारी प्रतियोगिताका सहभागीलाई उनले भने‘‘म पनि सहजै यो स्थानमा पुगेको होइन । प्रत्येक कला क्षेत्रका कलाकारका लागि पनि निरन्तरता र मेहनत महत्वपूर्ण छ ।’’ उनले दार्जीलिङमै छँदा त्यहाँ आयोजित एक गायन प्रतियोगितामा भाग लिने अवसर पाएका थिए  ।  “जब उत्कृष्ट दशको पत्रिकामा नाम आयो तब मेरो नाम थिएन”, उनले विगत सम्झाए, “पत्रिकामा नाम नदेखेपछि रुँदै घर फर्किएँको थिए ।” ‘सारेगमपा सिङ्गिङ सुपरस्टार’बाट पनि उनी प्रतियोगीकै रूपमा बाहिरिए  । भारतीय सङ्गितकार विशाल एण्ड शेखरको समूहमा रहेका गायक शेर्पाले अन्तिम समयमा राम्रो प्रस्तुती हुँदा पनि बाहिरिएका थिए । “बाहिरिएपछि मञ्च पछाडि रुँदै गर्दा मलाई विशाल सर सम्झाउँदै भने, योभन्दा राम्रो अवसरले पर्खिएको हुनसक्छ अगाडि बढ्नुहोस्”, उनले सुनाए  । उनी साङ्गितक कार्यक्रमका क्रममा विश्वका कैयौँ देशमा आफ्नो प्रस्तुति दिइसकेका छन्  । पछिल्लो समय प्रशारित भइरहेका यस्ता रियालिटी शोहरु वास्तविकताभन्दा पर रहेको उनको बुझाइ छ । “पहिले जस्तो निर्णायकले प्रतिक्रिया दिँदैनन्, तारिफ मात्रै गर्छन्”, उनले भने, “हामीले गाउने समयमा अलिकति तलमाथि हुँदा पनि कडा प्रतिक्रियाको सामना गर्नुपर्थ्याे ।” उनको बुझाइमा अहिले दर्शक निर्णयक बनेका छन् भने भोटबाटै उत्कृष्ट गायक छनोट हुन थालेका छन् । पचासभन्दा बढी देशबाट छानिएका मध्येबाट नृत्य र गायनमा ५०/५० प्रतियोगी छनोट गर्न हाल काठमाडौँमा अडिसन जारी छ । ‘मेरो भ्वाइस युनिभर्स’को निर्णायकमा गायक दीप श्रेष्ठ, सङ्गीतकार सुरेश अधिकारी, पुष्पन प्रधान, गायिका अञ्जु पन्त र सुजाता वर्मा रहेका छन्  । यसैगरी नृत्यतर्फ निर्णायकमा अभिनेत्री मिथिला शर्मा, नृत्यकार शङ्कर विसी, अभिनेता दिलीप रायमाझी, अभिनेत्री केकी अधिकारी र प्रियङ्का कार्की, नरमान राई रहेका छन्  । कार्यक्रमका प्रस्तोतामा अभिनेत्री रिमा विश्वकर्मा, कलाकार सन्दीप क्षेत्री, सञ्चारकर्मी नरेश भट्टराई र सुनिता गुरुङ रहेका छन् । नेपालमा आयोजना गरिएको यो शो अहिलेसम्मकै सबैभन्दा धेरै पुरस्कार राशिको रहेकाे  छ । गायन र नृत्य प्रतियोगितामा छानिएकामध्ये प्रथम हुनेले जनही एक करोड, दोस्रो हुनेले ३० लाख र तृतीय हुनेले २० लाख पुरस्कार प्राप्त गर्नेछन् । नेपाली मूलका भुटानी अमेरिकी युवा व्यवसायीले नेपाली भाषा, कला र संस्कृतिको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरेको फाउण्डेसनले विश्वमा बसोबास गरिरहेका नेपालीबीच सांस्कृतिक एकता कायम गर्न उक्त गायन र नृत्य प्रतियोगिताको आयोजना गरेको जनाइएको छ । फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले संसारमा छरिएर रहेका नेपालीलाई आफ्नो पुर्खाको देशसँग नेपाली भाषा र कलाका माध्यमबाट पुस्तौँपुस्तासम्म जोड्नका लागि नेपालमै सो प्रतियोगिताको आयोजना गरिएको जानकारी दिए ।  
प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  १२:५४
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
विदेशबाट आएर खोले साहले जर्निज
विदेशबाट आएर खोले साहले जर्निज बिहीबार, असार २१, २०८०
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी बिहीबार, असार २१, २०८०
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ बिहीबार, असार २१, २०८०
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि...
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि... बिहीबार, असार २१, २०८०
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित बुधबार, असार २०, २०८०
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP