Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #भारत–पाकिस्तान
  • #ओभरपास
  • #कञ्चनपुर–कमला सडक विस्तार
  • #ग्लोबल पेमेन्ट गेटवे
  • #ग्लोबल_बैंक
  • #हुलाकी_राजमार्ग
  • #सेयर_बजार
Search Here
समाचार
  • Home
  • समाचार
  • मातातीर्थ मेलाका लागि तयारी पूरा
मातातीर्थ मेलाका लागि तयारी पूरा
सम्झना राई
सम्झना राई सोमबार, वैशाख ४, २०८०
mothers day
RBB RBB
काठमाडौं– आमाको मुख हेर्ने औँशीका दिन चन्द्रागिरि नगरपालिकाको मातातीर्थ मन्दिरमा लाग्ने मेलाका लागि सम्पूर्ण तयारी पूरा गरिएको छ । यही वैशाख ७ गते बैशाख कृष्णपक्ष औँशीका दिन चन्द्रागिरिस्थित मातातीर्थ मन्दिरमा गएर कुण्डमा स्नान र पूजा गर्ने गरिन्छ। मातातीर्थ संरक्षण तथा विकास संस्थाका अध्यक्ष शान्त उदासले मातातीर्थ मेला सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरेर काम गरिएको बताए । उनका अनुसार मेला सम्पन्न गर्न मूल समिति, बजार व्यवस्थापन उपसमिति, स्वास्थ्य उपसमिति, पार्किङ व्यवस्थापन उपसमिति, ज्येष्ठ नागरिक दर्शन उपसमिति बनाएर काम गरिएको छ । वैशाख ६ गते साँझ बत्ती बाल्ने र भोलिपल्ट औँशीका दिनमा आमाको मुख हेर्ने तथा स्नान गर्ने भएकाले अघिल्लो दिनदेखि नै सोही क्षेत्रमा मेला लाग्ने अध्यक्ष उदासले बताए । यसपटक मेला भर्न पाँच लाखभन्दा बढी व्यक्तिले मेला भर्ने आयोजकको अनुमान छ । सांस्कृतिक, धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वको मातातीर्थ कुण्डमा पछिल्लो पटक श्राद्ध गर्नेको सङ्ख्या समेत बढ्दै गएको छ । दिवङ्गत आमाको सम्झनामा श्राद्ध तथा दान गर्न वैशाख कृष्ण औँशीमा ठूलो मेला लाग्दै आएको चन्द्रागिरि नगरपालिका–८ मातातीर्थ कुण्डमा पछिल्लो समय श्राद्ध गर्न जानेको सङ्ख्या पनि बढ्दै गएको हो । मातातीर्थ कुण्डमा दर्शन गरेमा आमा दिवङ्गत हुने छोराछोरीले आमालाई तिर्नुपर्ने ऋणबाटमुक्त हुने विश्वास गरिन्छ। मातातीर्थमा पछिल्लो समय आमाको श्राद्ध गर्न आउनेको सङ्ख्या बढेको मन्दिरका पुजारी फणिन्द्र अधिकारीले बताए। “काठमाडौँमा कोठा भाडामा लिएर बस्ने तथा नजिक घर भएका व्यक्ति आमाको श्राद्धका लागि मातातीर्थ कुण्ड आउने गरेका छन्, यहाँ दैनिक आठ÷दशजना श्राद्ध गर्न आउने गर्छन्,”– उनले भने। संस्थाका अध्यक्ष उदासले आमालाई श्रद्धाभाव गरी पछिल्लो समय मातातीर्थ कुण्डको दर्शन गर्न आउने भक्तजनको सङ्ख्या वृद्धि भएको बताए । “दर्शनसँगै यहाँ वार्षिक श्राद्ध गर्न आउनेको सङ्ख्यासमेत बढ्दै गएको छ तर यहाँको विकासका लागि स्थानीय सरकार र केन्द्रीय सरकारले कुनै सहयोग नगरेको उनले गुनासो गरे । “मातातीर्थ क्षेत्रको एकीकृत विकासका लागि फर्नपार्क, पिकनिक स्पट र कुण्डभन्दा ८०० मिटरमाथि आमाको स्वर्गद्धारी निर्माणको कामलाई अगाडि बढाएका छौँ,”– उनले भने । सोही संस्थाले आमाको स्वर्गद्वारी क्षेत्रमा एक सय १३ फिटको ढुङ्गाको मूर्ति निर्माण गर्न लागेको छ । मातातीर्थ क्षेत्रमा असार, साउन र भदौ महिनामा अत्यधिक पानी हुने र चैत, वैशाख, जेठमा पानी सुक्ने भएकाले पानी व्यवस्थापनका लागि रिजर्भ ट्याङ्की निर्माण गर्नेबारे छलफल भइरहेको उनको भनाइ थियो ।
प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  १४:४९
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप समाचार
गति लिँदै महाकाली सिँचाइ तेस्रो चरणले
गति लिँदै महाकाली सिँचाइ तेस्रो चरणले शुक्रबार, वैशाख २६, २०८२
वन्यजन्तुलाई वनमै पोखरी
वन्यजन्तुलाई वनमै पोखरी शुक्रबार, वैशाख २६, २०८२
नेपाली नागरिकको सुरक्षाको प्रबन्ध गर्न सभामुखको ध्यानाकर्षण
नेपाली नागरिकको सुरक्षाको प्रबन्ध गर्न सभामुखको ध्यानाकर्षण शुक्रबार, वैशाख २६, २०८२
काठमाडौंमा दुवै देशका दूतावास अगाडि प्रदर्शन
काठमाडौंमा दुवै देशका दूतावास अगाडि प्रदर्शन शुक्रबार, वैशाख २६, २०८२
भारत–पाकिस्तान तनावबाट जोगिने तयारी कस्तो छ ?
भारत–पाकिस्तान तनावबाट जोगिने तयारी कस्तो छ ? शुक्रबार, वैशाख २६, २०८२
हात्तीको विध्वंश रोकिएन
हात्तीको विध्वंश रोकिएन शुक्रबार, वैशाख २६, २०८२
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण  शुक्रबार, वैशाख २६, २०८२
लोकप्रिय
  • Week
  • Month
अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे सांगितिक धुन
अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे सांगितिक धुन
मंगलबार सार्वजानिक विदा
मंगलबार सार्वजानिक विदा
स्वदेशमै रोजगार प्रवद्र्धन गर्न ‘श्रम संसार’ पोर्टल सञ्चालनमा
स्वदेशमै रोजगार प्रवद्र्धन गर्न ‘श्रम संसार’ पोर्टल सञ्चालनमा
'आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड' सम्पन्न 
'आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड' सम्पन्न 
मलेसिया रोजगारीमा सिण्डिकेटको हल्ला
मलेसिया रोजगारीमा सिण्डिकेटको हल्ला
व्यवसायी संघकाे चुनाव नजिकिदै गर्दा  ५ जना निलम्बनमा 
व्यवसायी संघकाे चुनाव नजिकिदै गर्दा ५ जना निलम्बनमा 
तेमाल जात्राको ऐतिहासिक पाटो
तेमाल जात्राको ऐतिहासिक पाटो
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
तेमाल जात्रामा दुई दिन बिदा दिन माग
तेमाल जात्रामा दुई दिन बिदा दिन माग
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP