Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • शैक्षिक सुधारका लागि गाभिए विद्यालय गाभिए
शैक्षिक सुधारका लागि गाभिए विद्यालय गाभिए
सोमबार, वैशाख ४, २०८०
school
Hardik health
जिरकोट– अजिरकोट गाउँपालिकाले पालिकाभित्रका सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय समायोजन र योग्यताका आधारमा विद्यालयमा प्रधानध्यापक नियुक्त गरेको छ । गाउँपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थीको आर्कषण बढाउन तथा विद्यालयको खस्किँदो शैक्षिक अवस्था सुधारका लागि पालिकाभित्रका पाँच विद्यालय एकैमा गाभेको गाउँपालिका अध्यक्ष दीपक देवकोटाले जानकारी दिए । “गाउँपालिकाले पनि शिक्षा क्षेत्रमा ठूलो धनरासी खर्च गरेको हुन्छ”, उनले भने, “राज्यले लगानी गरिसकेपछि शैक्षिक गुणस्तर राम्रो हुुनुपर्छ, सामुदायिक विद्यालय राम्रो बनाउन मुख्य कुरा विद्यालयको नेतृत्व राम्रो हुनपर्ने तथा आवश्यक जनशक्तिको व्यवस्था गर्नुपर्छ भन्ने उद्देश्यका साथ नीति बनाएर विद्यालय गाभेर र योग्यताका आधारमा प्रधानध्यापक नियुक्त गरिएको हो ।” सामुदायिक विद्यालयप्रति अभिभावक र बालबालिकामा समेत विश्वास नहुँदा गाउँबाट शहरमा बसाइँ सर्नेको सङ्ख्या बढ्दो रहेको भन्दै गाउँका सामुदायिक विद्यालयलाई तीव्र गतिमा प्रशासनिक, शैक्षिक, भौतिक तथा अतिरिक्त क्रियाकलापमा सुधार गर्न क्रमबद्ध ढङ्गबाट गाउँपालिकाले काम थालनी गरिसकेको अध्यक्ष देवकोटाको भनाइ छ । “गाउँबाट सहरमा बसाइँ सर्ने मानिसको सङ्ख्या बढ्दो छ”, उनले भने, “आमजनताको सामुदायिक विद्यालयप्रति आर्कषण बढाउन ठोस कार्यक्रम नै बनाएर अघि बढ्नुको कुनै विकल्प छैन, त्यसका लागि हामीले थालनी गरेका छौँ ।” अध्यक्ष देवकोटाले शैक्षिक गुणस्तर वृद्धिका लागि विद्यालयको प्रशासनिक क्षेत्रको सुधारसँगै विद्यालयको भौतिक पूर्वाधारको विकास पनि अनिवार्य भएकाले गाउँपालिकाले त्यसतर्फसमेत योजना निर्माण गरिरहेको बताए । उनले भने, “गाउँपालिकाभित्रका अभिभावक र बालबालिकाको मन जित्ने गरी शैक्षिक क्षेत्रको विकास गर्न गाउँपालिका प्रतिबद्ध भएर लागेको छ ।’ अध्यक्ष देवकोटाले पालिकाभित्रका २८ मध्ये पाँच आधारभूत विद्यालयलाई गाभेको बताए । “विद्यार्थी सङ्ख्या कम हुने शिक्षक धेरै हुने, विद्यार्थी कम हुँदा झनै निगरानी पनि कम हुने अवस्था सामुदायिक विद्यालयमा छ”, उनले भने, “कम विद्यार्थी भएका विद्यालयका विद्यार्थीलाई बढी विद्यार्थी भएका विद्यालयमा सार्दा व्यवस्थापन पनि पनि प्रभावकारी ढङ्गबाट गर्न सकिने र अभिभावकको पनि बढी चासो हुने ठाउँमा सार्दा शैक्षिक प्रगति गर्न सकिन्छ, शैक्षिक सेवा प्रवाहलाई सहजीकरण र सरलीकरण गर्न सजिलो हुन्छ भनेर विद्यालय गाभिएको हो ।” उनले सामुदायिक विद्यालयलाई व्यवस्थित गरेर सञ्चालन गर्दा गाउँपालिकाले दिने सेवा सुविधालाई पनि व्यवस्थित र उपलब्धि देखिने गरी लगानी गर्ने वातावरण तयार हुने बताए । अध्यक्ष देवकोटाले गाउँपालिकाले विद्यालय समयोजनसँगै पालिकाभित्रका विद्यालयमा दरबन्दी मिलान तथा योग्यताका आधारमा प्रधानाध्यापक नियुक्त गरिसकेको जानकारी दिए । उनले विद्यालयको नेतृत्व सबल भएपछि मात्र विद्यालयका सबै क्षेत्रको विकास गर्न सकिने भएकाले सवल र सक्षम नेतृत्वको छनोट गरी विद्यालयको नेतृत्व गर्न पठाइएको बताए । सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्ने एक मात्र उद्देश्य गाउँपालिकाको रहेकाले राजनीतिक आस्थाका आधारमा दक्षता र क्षमता नहेरी प्रधानध्यापक नियुक्त गर्ने प्रचलनको गाउँपालिकाले अन्त्य गरेको उनको भनाइ छ ।
प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  १३:५५
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
टीकापुर क्याम्पसको अतिक्रमित जग्गा संरक्षणका लागि उच्चस्तरीय आयोग गठनको माग
टीकापुर क्याम्पसको अतिक्रमित जग्गा संरक्षणका लागि उच्चस्तरीय आयोग गठनको माग आइतबार, कात्तिक २, २०८२
दुई हजार रोपनीभन्दा बढी जग्गा अपचलन
दुई हजार रोपनीभन्दा बढी जग्गा अपचलन सोमबार, असोज २७, २०८२
सिकाइमा सुधार ल्याउन शिक्षक, विद्यार्थी र अभिभावकबीच सहकार्य आवश्यक छ’
सिकाइमा सुधार ल्याउन शिक्षक, विद्यार्थी र अभिभावकबीच सहकार्य आवश्यक छ’ आइतबार, असोज २६, २०८२
उत्तरपुस्तिका जलेर नष्टऽपुनः परीक्षा गर्ने निर्णय
उत्तरपुस्तिका जलेर नष्टऽपुनः परीक्षा गर्ने निर्णय शुक्रबार, असोज २४, २०८२
सिटिइभिटीद्वारा शिक्षामन्त्रीको निर्देशन कार्यान्वयन सुरु
सिटिइभिटीद्वारा शिक्षामन्त्रीको निर्देशन कार्यान्वयन सुरु शुक्रबार, असोज १०, २०८२
सिटिइभीटीलाई शिक्षामन्त्री पुनको चार बुँदे निर्देशन
सिटिइभीटीलाई शिक्षामन्त्री पुनको चार बुँदे निर्देशन शुक्रबार, असोज १०, २०८२
सामुदायिक विद्यालय अभिभावक तथा विद्यार्थीको रोजाइमा
सामुदायिक विद्यालय अभिभावक तथा विद्यार्थीको रोजाइमा आइतबार, असोज ५, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP