Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #नेपाली_कांग्रेस
  • #मलुवा_पोखरी
Search Here
विविध
  • Home
  • विविध
  • पानी नपरेपछि तरकारी उत्पादक चिन्तामा
पानी नपरेपछि तरकारी उत्पादक चिन्तामा
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, वैशाख ३, २०८०
Trellis of winter melon in the vegetable garden
Hardik health
महोत्तरी -  वैशाखे तरकारीका लहरा कक्रिँदै र सुक्दै गएपछि यहाँका तरकारी उत्पादक किसान गुजाराको चिन्ताले पिरोलिएका छन् । वैशाख लाग्नेबित्तिकै बढेको रापले उत्पादन दिनेबेलाका तरकारीका लहरा र बोट सुक्दै गएकाले किसानको चिन्ता बढेको हो । “खेतबारीमा भान्टा, परवल, घिराँैंला, झिगनी, रामतोरिया, करेला, फर्सी र लौकालगायत तरकारी फसल पानीको अभाबमा सुकिरहेका छन्” भङ्गाहा–४ का किसान बहुरा महतोले भने, “पानी पर्दैन, इनार धमाधम सुके, अब के गरौँ?” बारीमा लहलह बढ्नुपर्ने तरकारीका लहरा र बोट सुकेर कक्रिँदै गएपछि गुजारा कसरी गर्ने भन्नेमा चिन्ता बढेको उनले बताए । परवल, घिरौँला, झिगनी, करेला, फर्सी र लौका यसै यामका मुख्य लहरे तरकारी बाली हुन् । खोर्सानी, भान्टा र रामतोरियाका बोट पनि फल्ने बेलामा घामको रापले कक्रिँदै गएका छन् । यसपाली हिउँदभर पानी नपरेकाले सिँचाइका लागि प्रयोग गरिने पानीका मुहान खोल्साखोल्सी, इनार र बोरिङ चाँडै सुकेका छन् । गत चैतमा छिटपुट पानी परेपनि त्यसयता बढेको गर्मीले माटो सुकेको कृषक महतोको भनाइ थियो ।प्रत्येक साता सिँचाइ गर्नुपर्ने भए पनि पानीको अभावले बाली सुक्दै गएको छ । जिल्लाका बर्दिबास, भङ्गाहा, गौशाला, मटिहानी र बलवा नगरपालिकाका बस्ती तरकारी खेतीमा पकेट क्षेत्रका रूपमा मानिन्छन् । आफ्नै गाउँठाउँ भएर बग्ने रातु नदी सिँचाइका लागि प्रयोगमा ल्याउन सके बरदान सावित हुने भन्दै नदीले बर्सेनि उर्वर खेतबारी कटान गरेर थप समस्या निम्ताउने गरेको बर्दिबास–९ पशुपतिनगरका किसान महेन्द्रसिंह कुशवाहाले बताए । स्थायी सिँचाइको अन्य कुनै व्यवस्था नभएको र अहिलेको लामो खडेरीले गाउँबस्तीका इनार धमाधम सुकेपछि पम्पसेट (इनारबाट पानी तान्ने मोटर)को काम पनि सकिएको सम्बद्ध किसानको किसानको गुनासो थियो । हिउँदे वर्षा नहुँदा यसपाली चाँडै पानीका मूहान सुकेपछि सिँचाइ मात्र नभइ खानेपानीको समेत सङ्कट बढ्ने सर्वसाधारणले बताए । नागरिकको समस्या सरकार र सम्बद्ध निकायले बुझिदिनुपर्ने उनीहरूको माग थियो । महोत्तरीमा रहेको करिब ७० हजार हेक्टर जग्गामध्ये हालसम्म छ हजार सात सय ९५ हेक्टरमा मात्र स्थायी सिँचाइको सुविधा पुगेको छ । माटोमा चिस्यान नहुँदा बाँझो जग्गा खनजोत गर्न पनि नपाइएको बर्दिबास–१२ विजलपुराका किसान रामविलास सिंहले बताए । जिल्लाको १० हजार हेक्टरमा व्यावसायिकरुपमै तरकारी खेती हुँदै आएको महोत्तरीस्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  १३:३७
प्रतिक्रिया दिनुहोस्
थप विविध
किसानले चैते धानको उचित मूल्य पाएनन्
किसानले चैते धानको उचित मूल्य पाएनन् शुक्रबार, चैत ६, २०८२
हुरीका कारण केरामा क्षति
हुरीका कारण केरामा क्षति शुक्रबार, चैत ६, २०८२
हिउँदे बर्सातले किसानमा खुसी
हिउँदे बर्सातले किसानमा खुसी बिहीबार, चैत ५, २०८२
बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा
बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा बिहीबार, चैत ५, २०८२
व्यावसायिक खेतीबाट वार्षिक ३० लाख आम्दानी
व्यावसायिक खेतीबाट वार्षिक ३० लाख आम्दानी बुधबार, चैत ४, २०८२
रुद्राक्ष खेतीबाट मनग्य आम्दानी
रुद्राक्ष खेतीबाट मनग्य आम्दानी बुधबार, चैत ४, २०८२
अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे
अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे मंगलबार, चैत ३, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP