Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
समाचार
  • Home
  • समाचार
  • सामाजिक उद्यमशीलतामा नयाँ आयाम
सामाजिक उद्यमशीलतामा नयाँ आयाम
आइतबार, वैशाख ३, २०८०
aath biskot nagarpalika copy
Hardik health
काठमाडौं– सामाजिक उद्यम के हो भन्ने सम्बन्धमा आजसम्म सर्वमान्य परिभाषा छैन विश्वव्यापीरुपमा अवधारणागत अस्पष्टता छ, वा आफ्नै तवरले परिभाषित गर्ने गरिएको पाइन्छ । देश, समाज र परिवेश अनुरुप यसलाई फरकफरक तबरको हेरेको पाइन्छ । तथापि मूलतः नाफा वितरणको आधारमा सामाजिक उद्यम र निजी व्यवसायबीचको फरक छुट्याउन सकिन्छ । सामाजिक उद्यमकोध्येय समाजको विकासमा योगदान गर्नु हो भने निजी व्यवसायको ध्येय आफ्ना शेयरवालाको नाफा वृद्धि गर्नु हो । अर्को शब्दमा भन्ने हो भने सामाजिक उद्यम भन्नाले स्वच्छ प्रतिस्पर्धामा आधारित व्यवसाय, वातावरणमैत्री व्यवसाय र समाजका सिमान्तकृत व्यक्तिलाई सहयोग गर्ने व्यवसाय भन्न सकिन्छ । सामाजिक उद्यम बजारको एक यस्तो अवधारणा हो, जसले व्यवसायवाट हुने नाफाभन्दा त्यसबाट समाजमा परेको प्रभावलाई बढी महत्व दिन्छ । आफूले आर्जन गरेको नाफा समाजका निश्चित वर्ग र समुदाय लाभान्वित हुने गरी खर्चगर्नु नै सामाजिक उद्यम हो । यसले समाजमा कस्तो प्रभाव सिर्जना गरेको छ सोही आधारमा मूल्याङ्कन गर्न सकिन्छ नकि त्यसले आर्जन गरेको नाफाका आधारमा । सामाजिक उद्यमलाई यसका विशेषताको आधारमा पनि बुझ्न सकिन्छ । अरुलाई सहयोग गर्नु, सामाजिक मूल्य सिर्जना गर्नु, सकारात्मक सामाजिक प्रभाव, दिगोपन, मूल्य मान्यतामा आधारित, नवप्रवद्र्धनका विशेषता हुन् । यस्ता संस्थाले पनि आर्थिक आत्मनिर्भर भई दिगोरुपमा संस्था सञ्चालन गर्न सीमित नाफाको उद्देश्य राख्दछन् । तथापि त्यस्तो आर्जित नाफा अरुको हितमा खर्च गर्ने र खासगरी आर्थिक सामाजिक रुपमापछि परेका वा विशेष परिस्थिति परी आकस्मिक समस्यामा परेका व्यक्ति तथा समुदायको हिततर्फ लक्षित गरी खर्च गर्ने गरेको पाइन्छ । समाज विकासक्रमसँगै समाज सुधारका विविध प्रयास हुँदै आएको पाइन्छ । वैदिक धर्म, संस्कृति र परम्परा अध्ययन गर्दा प्राचीनकालदेखि नै ‘परोपकार पुण्याय पापाय परपिडनम्’ जस्ता मूल्य मान्यताले समाजलाई निर्देशित गरी आएको पाइन्छ । आधुनिककालमा खासगरी सन् २००४ पछि चीनमा सामाजिक उद्यमसम्बन्धी नवीन अवधारणा सतहमा आएको हो । त्यसपछि विश्वका अन्य देशमा पनि यसको अभ्यास तीव्र रुपमा हुन थाल्यो । विश्वका केही चर्चित सामाजिक उद्यममा अशोका, ग्रामीण विकास बैंक, व्युटीफूल स्टोर, मलाला फन्ड, सेभेन्थ जेनेरेशन, टोम्स सु, सेफ प्वाइन्ट ट्रष्ट, आइफार्मर, वर्क फर इम्प्याक्ट, इरा ९२, नेष्ट, सिट्टी आदिलाई लिन सकिन्छ । नेपालमा प्राचीन समयदेखि कुनै न कुनै प्रकारले सामाजिक व्यावसायिक संस्था सञ्चालनमा रहेको पाइन्छ । गुठी प्रणालीलाई यस्को उदाहरणको रुपमा लिन सकिन्छ । प्राचीनकाल, मल्लकाल र आधुनिककालमा समाज सुधारका क्षेत्रमा केही न केही कार्यहुँदै आएको पाइन्छ । समाज कल्याण ऐन २०३४ बमोजिम स्थापित समाज कल्याण परिषद्ले सामाजिक कल्याणसँग सम्बन्धित कार्यबाट देशको सर्वाङ्गीण विकासमा टेवा पु¥याउनका लागि सम्बन्धित मन्त्रालय तथा सामाजिक सङ्घ संस्थामार्फत समाज कल्याण कार्यक्रम सञ्चालन गर्ने उद्देश्य राखेको पाइन्छ । ‘मन, बचन र कर्मले सेवा गरौँं’ भन्ने मूल मन्त्रका साथ स्थापित समाज कल्याण परिषदअन्तर्गत हालसम्म ५० हजार तीन सय ५८ स्थानीय गैरसरकारी संस्था र दुई सय ७० वटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था दर्ता भई कार्य गरिरहेका छन् । यी संस्थामध्ये ९५ प्रतिशतभन्दा बढी दातामुखी रहेका छन् । हालैका दिनमा अन्तर्राष्ट्रिय समुदायले गैरसरकारी संस्थालाई गर्ने सहयोगको मात्रा घटाउदै लगेको परिवेशमा आत्मनिर्भर सामाजिक उद्यमको महत्व अझैं बढ्दै जाने देखिन्छ । सामाजिक उद्यमसम्बन्धी अवधारणा नेपालको सन्दर्भमा एक नवीन विषय हो । नेपालमा औपचारिकरुपमा भने यो अवधारणा सन् २००८ तिर सुरु भएको हो । हाल शिक्षा बालस्वास्थ्य, वातावरण संरक्षण, महिला, फरक क्षमता भएका व्यक्ति, सामाजिक समस्या, युवा, विद्यार्थी, बेरोजगारी, गरिबी न्यूनीकरण, कृषिजन्य उत्पादन, नवीनतम् प्रविधि, सीप विकास, हस्तकला, कृषिजस्ता क्षेत्रमा सामाजिक संस्था क्रियाशील रहेको पाइन्छ । नैतिक दृष्टान्त कवितामा कविशिरोमणि लेखनाथ पौड्यालले भने छ, ‘‘मिलेर काम गर्नाले हुन्छ अत्यन्त फायदा, एकता हेर कस्तो छ मौरीको महमा सदा’’ । यसै मान्यताअनुसार सामाजिक उद्यमका क्षेत्रमा सुखावती स्टोर, स्मार्ट पानी ९पानीको दिगो व्यवस्थापन०, बिरुवा भेन्चर (उद्यमशीलता प्रवद्र्धन परामर्श), बिहानी सोसियल भेन्चर (ज्येष्ठ नागरिक) एक्सन वर्क नेपाल (जोखिममा परेका तथा पिछडिएका समूह), एन्थ्रोपोज (मोतिविन्दु), छहारी सर्भिस (महिला सशक्तिकरण), डोको रिसाइकल (फोहर व्यवस्थापन) जस्ता संस्था क्रियाशील रहेका छन् । त्यसैगरी कम्युनिटी होमस्टे डप कम (पर्यटन प्रवद्र्धन) फ्रेन्डस ह्यान्डीक्राफ्टस (महिला सीप तालिम), हाम्री बहिनी (वातावरण), खालिसिसा (फोहर व्यवस्थापन), मितेरी रिसाइकल (वातावरण, महिला सशक्तीकरण), द लोकल प्रोजेक्ट नेपाल (हस्तकला), जावलाखेल ह्याण्डीक्राफ््ट सेन्टर (हस्तकला, गलैँचा उत्पादन), द भिलेज क्याफे पाटन (महिला सीप विकास, सशक्तीकरण), सिइङ ह्यान्डस क्लिनिक (दृष्टिविहिन सीप विकास), सारङ्गी भेजिटेरियन रेष्टुरेन्ट (गाइने जातिको परम्परागत सीप कला संरक्षण) लाईसमेत लिन सकिन्छ । यसका अलावा यस प्रकारका अन्य संस्थामा हाइयर ग्राउन्ड पाटन (महिला सशक्तीकरण, सीप विकास), द क्याफे विथ नो नेम (बालविकास, सडक बालबालिका), महागुठी क्राफ्ट विथ कनसाइन्स ( महिला तथा बालबालिका), ढुकुटी (आर्ट, क्राफ्ट), केटिएम हाट (हस्तकला सामान, चियालगायत नेपाली उत्पादन बिक्री), तिम्रो कन्सेप्ट (नेपाली ब्रान्डका थरीथरी डिजाइन तथा हस्तकला सामग्री उत्पादन बिक्री) जस्ता संस्थालाई लिन सकिन्छ । किङस कलेजले समेत यस क्षेत्रमा अध्ययन अनुसन्धान कार्य गर्ने गरेको पाइन्छ । त्यसैगरी सम्वृद्धि, आइडिया स्टुडियो, अन्तरप्रेरणा, स्टार्टअपस नेपाल, वन टु वाच, नेक्स्ट, सामर्थ, डोल्मा इम्प्याक्ट फन्ड, रक्स स्टार्टलगायतका करिब ५० सामाजिक कम्पनी नेपालमा विभिन्न क्षेत्रमा क्रियाशील रहेको पाइन्छ । हाम्रो समाजमा पनि दैनिक लाखौँ कमाइ हुने र सम्भ्रान्त जीवन जिउने व्यक्तिदेखि बिहान के खाउँ बेलुका के खाउँ अवस्था भएका तथा दिनभरि अर्काको काम गरी कमाएको थोरै पैसाले गर्जो टार्ने बाध्यता भएका व्यक्ति प्रशस्त छन् । आजसम्म भएका राजनीतिक परिवर्तनले यस्ता आर्थिक सामाजिक दृष्टिले पछाडि परेका र भूइँतहमा रहेका व्यक्तिको जीविकोपार्जनमा अनुभूतिजन्य कार्य भएको पाइँदैन । धनी र गरिबबीचको फासला बढ्दै गएको पाइन्छ । देश विकास, अविकास र परनिर्भरताको क्रममै रुमलिरहेको पाइन्छ । नेपालमा सामाजिक उद्यम वा कम्पनी कसलाई भन्ने यसका आधार के हुन भन्नेबारे स्पष्ट सरकारी नीति नै छैन । स्पष्ट कानुनी प्रबन्ध नै नभएको अवस्थामा सामाजिक उद्यम स्थापना तथा सञ्चालनमा समेत अनेक बाधा अडचन झेल्नुपर्ने अवस्था छ । तथापि, केही उत्साही उद्यमीले साँचो अर्थमा समाज सेवाको उद्देश्यले विभिन्न क्षेत्रमा सुरु गरेका नवीन तथा नवप्रवद्र्धनात्मक व्यवसायले सुखद भविष्यको सङ्केत गरेका छन् । यसको ज्वलन्त उदाहरणको रुपमा सुखावती स्टोरलाई लिन सकिन्छ । वैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरिया रहँदा व्युटीफुल स्टोरमा कामको सिलसिलामा सिकेको ज्ञान, सीप र अनुभवबाट प्रभावित भई उत्साही युवा चिजमान गुरुङको अगुवाइमा परोपकारी भावनाका केही व्यक्ति मिलेर एक गैरनाफामूलक व्यावसायिक सामाजिक कम्पनीको रुपमा सुखावती स्टोर स्थापना भएको हो । यस संस्थाको मुख्य उद्देश्य भनेको मानव कल्याण, रोजगारी सिर्जना र खेर गइरहेको सामग्रीको यथासम्भव पुनः प्रयोग गर्ने संस्कृतिलाई बढावा दिँदै वातावरण संरक्षणमा योगदान दिनु हो । सुखावती स्टोरले शून्य फोहरको अवधारणा कार्यान्वयनमा ल्याएको छ । सुखावतीका काठमाडौं उपत्यकास्थित वनस्थली, नेपालटार वा झम्सीखेलस्थित स्टोरमा दैनिक दुई सुयको हाराहारीमा ग्राहक पुग्ने गरेका र त्यसबाट दैनिक सरदर रु बीस हजारसम्मको कारोबार हुने गरेको पाइन्छ । स्वच्छ, सुखी र सुन्दर संसार निर्माणको परिकल्पनालाई केन्द्रमा राखेर सुखावती स्टोरले गरिब न्यूनीकरण, वातावरण संरक्षण र रोजगारी सिर्जनाका निमित्त दिगोरुपमा सामाजिक उद्यम सञ्चालन गर्ने लक्ष्यलाई व्यवहारमा कार्यान्वयन गरेको छ । ‘रिड्युस, रियुज र रिसाइकल’ तथा पिपुल, प्लानेट र प्रोफिटको सैद्धान्तिक जगमा उभिएर यो संस्थाले एकातिर आर्थिक सामाजिक दृष्टिले पछि परेका वर्गलाई लक्षित गरी उनीहरुको आयआर्जन, रोजगारी, स्वास्थ्य, शिक्षा, जीविकोपार्जनमा यथासम्भव सहयोग गर्दै आएको छ भने अर्कोतिर शून्य फोहर अवधारणालाई व्यवहारमा कार्यान्वयन गरी वातावरण संरक्षणमा समेत टेवा पु¥याएको छ । व्यक्ति र परिवारभन्दा माथि उठेर वसुधैव कुटुम्बकम्को परहितकारी मानवतावादी मर्मलाई आत्मसाथ गर्दै ‘सेवा हि परमो यतो धर्म ततो जयू’ जस्ता सदियौंँदेखि हाम्रो समाजमा विद्यमान नैतिक आध्यात्मिक र सामाजिक संहितालाई मूल मन्त्र मानेर मानव जीवन र जगतको सेवा र संरक्षण कार्यमा यस्ता केही सामाजिक संस्थाको भूमिका उदाहरणीय रहेको छ । यस्ता सामाजिक उद्यमले रोजगारी सिर्जना, गरिबी निवारण, महिला सशक्तीकरण, वातावरण संरक्षणलगायत राष्ट्रिय विकासका विविध क्षेत्रमा महत्वपूर्ण योगदान गर्न सक्ने कुरामा सन्देह छैन । यसका लागि सामाजिक उद्यमको स्थापना, सञ्चालन, विकास, विस्तार, नियमन तथा प्रोत्साहन सम्बन्धमा सरकारले ठोस नीति नै तय गरी अगाडि बढ्नुपर्ने देखिन्छ । लेखक सामाजिक सेवाको क्षेत्रमा क्रियाशील छन्
प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  १२:५८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP