Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अन्तर्राष्ट्रिय मातृभाषा दिवस
  • #बेहाल
  • #विमला_घिमिरे
  • #प्रियतम
  • #साके एन्ड फेंग
  • #उनेपा
  • #श्वेत र काल
  • #उज्यालो नेपाल पार्टी
  • #शेर्पा_समुदाय
Search Here
समाचार
  • Home
  • समाचार
  • पाउने भए होस्दीवासीले शुद्ध पिउने पानी
पाउने भए होस्दीवासीले शुद्ध पिउने पानी
शनिबार, वैशाख २, २०८०
water-tap
Hardik health
काठमाडौं– गाउँमा खानेपानीको सुविधा नहुँदा स्थानीयले दूषित पानी उपभोग गर्न बाध्य छन् । सफा, शुद्ध र स्वच्छ पिउने पानीको अभावले खोला किनारका मूल, कुवाको पानी सिधैँ पिउन विवश छन्, रामपुर–१० होस्दीका स्थानीय । वर्षौँदेखि खानेपानीको आशामा रहेका यहाँका स्थानीयले अहिलेसम्म पनि सफा, शुद्ध खानेपानी उपभोग गर्न पाएका छैनन् । सरकारको ‘एक घर, एक धारा’ कार्यक्रमअनुसार घर–घरमा शुद्ध पिउने पानी पु¥याउने उद्देश्यले यहाँ होस्दी लिफ्टिङ खानेपानी आयोजना सुरु भएको छ । शुद्ध पिउने पानी उपभोग गर्ने स्थानीयको वर्षौँदेखिको सपना पूरा हुँदैछ । यसै आर्थिक वर्षदेखि होस्दी गाउँका करिब ८० परिवारलाई लक्षित गरेर खानेपानी आयोजनाको काम अगाडि बढाइएको छ । गाउँमा खानेपानी आयोजनाको काम अगाडि बढेपछि वर्षौँदेखिको घर–घरमा धारा जडान गरेर शुद्ध पिउने पानी उपभोग गर्ने सपना साकार हुन लागेकामा धेरै खुसी लागेको समाजसेवी तथा ९४ वर्षीय ज्येष्ठ नागरिक नुनबहादुर राना बताउछन् । “खोलाका किनार, कुवाबाट पाइपमा ल्याइएको पानी वर्षामा लेदो पस्ने, पाइप बुझिने समस्या, हिउँदमा पानी सुक्दै जाँदा घरमा आइपुग्न मुस्किल, खानेपानी अभावमा धेरै समस्या भोगियो”, उनले भने, “अब त लिफ्टिङ योजना परेको छ, घर–घरमा धारा जडान गरेर पानी ल्याउने योजनाअनुसार गाउँमा काम भइरहेको छ ।” सङ्घीय सरकारको रु ८० लाख क्रमागत बजेट सहयोगमा आयोजना सुरु भएको हो । बोरिङ निर्माण, ३० हजार लिटर र ५० हजार लिटरका ट्याङ्की निर्माण, फिल्टर ट्याङ्की, विद्युत्गृह र हेरालु आवास भवन, चारैतिर पर्खाल निर्माणको काम सम्पन्न भएको छ । होस्दी गाउँबाट करिब तीन सय मिटरमाथि छापडाँडामा दुईवटा ५० हजार लिटरका रिजर्भ ट्याङ्की निर्माणको काम सकिएको छ । आयोजनास्थलबाट गाउँमा पाइप लाइन बिछ्याउने काम भने बाँकी छ । स्थानीयवासीले बस्तीदेखि करिब पाँच सयदेखि आठ सय मिटर पर रहेको भालुखोला र जामुनेखोलाबाट पानी ल्याएर दैनिक उपभोग भइरहेको छ । खानेपानीको दिगो र भरपर्दो स्रोत नहुँदा खोलाका किनारमा रहेका मूलबाट ल्याइएको पानीमा कहिलेकाहीँ पाइपभित्र गेग्रान, माटो, ढुङ्गा पसेर पानी बन्द हुने, खडेरीयाममा पानीको अभाव यहाँका स्थानीयले धेरै सास्ती झेल्नु परिरहेको छ । बस्तीको माथिल्लो भागमा गेब्दीखोला सामुदायिक वन, तलको भागमा कालीगण्डकी नदी रहेता पनि यस क्षेत्रका जमिन सुक्खा छन् । कालीगण्डकी नदीको बहेको पानीलाई लिफ्टिङ प्रणालीमार्फत उपभोग गर्न नसक्दा यहाँका उर्वराशील जमिन सुक्खा बनेका छन् । रामपुर नगरपालिका १० का वडाध्यक्ष तोयानाथ सारुले वर्षौँदेखि खानेपानीको समस्या भोग्दै आएका होस्दी क्षेत्रका स्थानीयलाई अब छिट्टै नै आयोजनाको काम सम्पन्न गरी घर–घरमा पानी वितरण गर्ने तयारी रहेको बताउछन् । “अहिले उपभोग गरिरहेको पानी सफा, शुद्ध र स्वच्छ छैन, विभिन्न निकायमा ल्याब परीक्षण गर्न पठाउँदा खानयोग्य नभएको, चुनापानी बढी भएको पुष्टि छ, स्थानीयवासीले दूषित पानी उपभोग गरिरहनुपरेको छ”, उनले भने । आर्थिक वर्ष २०८०/८१ भित्रमा नै योजनाका काम सम्पन्न गरेर घर–घरमा धारा जडान गरी खानेपानी पु¥याउने लक्ष्यअनुसार काम धमाधम भइरहेको अध्यक्ष सारुले बताए। सरकारको ‘एक घर, एक धारा’ खानेपानी बनाउने नीतिअनुसार सबैका घर–घरमा शुद्ध, सफा र स्वच्छ खानेपानी पु¥याउन ल्याइएको यस योजनाले स्थानीयलाई ठूलो राहत हुने लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठ बताउछन् । “खानेपानी योजना नपुगेका गाउँबस्तीका तथ्याङ्क सङ्कलन गरेर सबैका घर–घरमा धारा जडान गरी लिफ्टिङमार्फत खानेपानी पु¥याउने कार्यमा आफू प्रतिबद्ध भएर लागेको छु”, प्रदेशसभा सदस्य श्रेष्ठले भने । निर्माणाधीन आयोजनाको अनुगमन गर्नुहँुदै प्रदेशसभा सदस्य श्रेष्ठले काम दु्रतगतिमा अगाडि बढेको र यसै वर्षभित्र सबैका घर–घरमा पानी वितरण हुने गरी काम गर्न सुझाव दिएको छ । साथै यहाँ रहेका उब्जाउशील जमिनलाई सिँचाइको व्यवस्थापन गर्न नजिकै रहेको कालीगण्डकीको पानी लिफ्टिङ गरेर ल्याउने योजनासमेत छ ।
प्रकाशित मिति: शनिबार, वैशाख २, २०८०  १५:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस आइतबार, फागुन १०, २०८२
नेपाल प्रेस इन्स्टिच्युटमा नयाँ नेतृत्व चयन
नेपाल प्रेस इन्स्टिच्युटमा नयाँ नेतृत्व चयन आइतबार, फागुन १०, २०८२
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे आइतबार, फागुन १०, २०८२
चितवन-३ मा कस्तो छ चुनावी माहोल ?
चितवन-३ मा कस्तो छ चुनावी माहोल ? आइतबार, फागुन १०, २०८२
फागुन १५ गतेभित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन
फागुन १५ गतेभित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन आइतबार, फागुन १०, २०८२
नारायणगढ बजार क्षेत्रमा स्थलगत अनुगमन
नारायणगढ बजार क्षेत्रमा स्थलगत अनुगमन आइतबार, फागुन १०, २०८२
पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति कार्यान्वयनको तयारीमा
पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति कार्यान्वयनको तयारीमा आइतबार, फागुन १०, २०८२
लोकप्रिय
  • Week
  • Month
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
महाशिवरात्रि र उपत्यकाका शिवस्थल 
महाशिवरात्रि र उपत्यकाका शिवस्थल 
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP