Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #‘रिमै’ चलचित्र
  • #किम_जु
  • #किम_जोङ_उन
  • #इजरायल_रोजगार
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
  • #जेनजी_आन्दोलन
  • #नेपाल प्रहरी
  • #अपहरण
Search Here
समाचार
  • Home
  • समाचार
  • धार्मिक पर्यटन प्रवर्द्धन गर्न पर्यटनमार्ग
धार्मिक पर्यटन प्रवर्द्धन गर्न पर्यटनमार्ग
सम्झना राई
सम्झना राई शनिबार, वैशाख २, २०८०
stadium at banke nainapur
Hardik health
काठमाडौं– बाँकेका धार्मिक पर्यटकीय क्षेत्रको प्रवर्द्धन तथा संरक्षण गर्ने उद्देश्यले पर्यटनमार्गको अवधारणा अगाडि बढाइएको छ । जिल्लामा रहेका ऐतिहासिक मन्दिर तथा पर्यटकीयस्थललाई समेटेर पर्यटनमार्ग निर्माणको अवधारणा अगाडि बनाइएको हो । ग्रामीण क्षेत्रमा रहेका ऐतिहासिक मन्दिर र धार्मिक क्षेत्रलाई नेपालगञ्जस्थित बागेश्वरी मन्दिरसम्म जोड्दै बैजनाथको गाभरमा रहेको पारिजात बगानसम्म पुर्‍याउने गरी पर्यटनमार्गको परिकल्पना गरिएको बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकालले जानकारी दिए। उनका अनुसार उक्त पर्यटनमार्ग राप्तीसोनारी गाउँपालिका–१ स्थित शिवमन्दिर, वडा नं ३ बैजापुरस्थित भुवरभवानी मन्दिर, वडा नं ४ स्थित वर्फानी बाबा, वडा नं ७ फत्तेपुरस्थित पोखरामाता मन्दिर, नरैनापुरको सन्तानेश्वर महादेव मन्दिर हुँदै नेपालगन्जको बागेश्वरी मन्दिरसम्म पुर्‍याउने योजना छ । कोहलपुरको कालिका मन्दिर, रामजानकी मन्दिर हुँदै बैजनाथ गाउँपालिकामा रहेको मानसरोवर प्रतीकस्थल हुँदै गाभर क्षेत्रमा रहेको पारिजात बगानसम्म पुर्‍याउने गरी मार्ग तय गरिएको ढकालले बताए । उक्त मार्ग निर्माणलाई योजनाबद्ध तरिकाले अगाडि बढाउन मदन भण्डारी धार्मिक पर्यटनमार्ग संरक्षण तथा प्रवर्द्धन समिति गठन गरिएको छ । जिल्लामा रहेका ऐतिहासिक मठमन्दिर तथा धार्मिकस्थलको प्रवर्द्धन र संरक्षण गर्ने उद्देश्यले पर्यटनमार्ग निर्माणको योजना बनाएर काम सुरु गरिएको समितिका अध्यक्ष खिलराज भुसालले बताए। “कतिपय ऐतिहासिक मठमन्दिरको संरक्षण नहुँदा जीर्ण भएका छन् भने प्रचारप्रसार नहुँदा जिल्लावासीलाई धार्मिक पर्यटकीयस्थल बारे जानकारी छैन”, उनले भने, “पर्यटनमार्ग निर्माण पश्चात् त्यस्ता धार्मिकस्थलको संरक्षण हुनाका साथै पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने छ ।” पर्यटनमार्ग निर्माण गरी प्रचार–प्रसार गर्दा एकैपटक धेरै धार्मिकस्थलको अवलोकन गर्न सकिने भएकाले यसले पर्यटन प्रवर्द्धनमा सकरात्मक भूमिका निर्वाह गर्ने जिल्ला पर्यटन प्रवर्द्धन समितिका संयोजक कृष्णप्रसाद श्रेष्ठले बताए । धार्मिक पर्यटनमार्गले सहरका आन्तरिक धार्मिक पर्यटकलाई गाउँ–गाउँसम्म पुर्‍याउनुका साथै समाजलाई बुझ्ने अवसर प्रदान गर्ने गाभर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष कृष्ण चौधरीको भनाइ थियो । उहाँले गाभरको पारिजात बगानलाई उक्त मार्गले समेट्ने भएपछि समग्र गाभरको विकासमा सघाउ पुग्ने अपेक्षा गरे । बाँकेका ग्रामीण क्षेत्रमा सन्तानेश्वर, बावा बर्फानी, भुवर भवानीलगायत धार्मिक क्षेत्रमा दैनिक सर्वसाधारण जाने गरेका छन् भने नेपालगन्जको बागेश्वरी मन्दिरमा प्रत्येक सोमबार हुने महाआरतीमा भक्तजनको भीड लाग्ने गरेको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख २, २०८०  १३:०३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अनिश्चितकालका लागि लाइसेन्स छपाइ र वितरण  बन्द
अनिश्चितकालका लागि लाइसेन्स छपाइ र वितरण बन्द आइतबार, भदौ २९, २०८२
चितवन राष्ट्रिय निकुञ्जमा थालियाे पर्यटकीय सडकको मर्मत
चितवन राष्ट्रिय निकुञ्जमा थालियाे पर्यटकीय सडकको मर्मत आइतबार, भदौ २९, २०८२
हतियार तथा सुरक्षासामग्री फिर्ता गर्न सशस्त्र प्रहरीकाे  अनुरोध
हतियार तथा सुरक्षासामग्री फिर्ता गर्न सशस्त्र प्रहरीकाे अनुरोध आइतबार, भदौ २९, २०८२
चाडपर्वमा यातायात व्यवस्थित गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय
चाडपर्वमा यातायात व्यवस्थित गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय आइतबार, भदौ २९, २०८२
प्रधानमन्त्रीद्वारा युवापुस्ताको चाहनाबमोजिम काम गर्न निर्देशन
प्रधानमन्त्रीद्वारा युवापुस्ताको चाहनाबमोजिम काम गर्न निर्देशन आइतबार, भदौ २९, २०८२
अमेरिकी सेमिकन्डक्टरलाई लक्षित गर्दै चीनद्वारा अनुसन्धान सुरु
अमेरिकी सेमिकन्डक्टरलाई लक्षित गर्दै चीनद्वारा अनुसन्धान सुरु आइतबार, भदौ २९, २०८२
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा दभार ग्रहण
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा दभार ग्रहण आइतबार, भदौ २९, २०८२
लोकप्रिय
  • Week
  • Month
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
संविधानभित्रबाटै राजनीतिक निकास खोज्नुपर्नेमा जोड
संविधानभित्रबाटै राजनीतिक निकास खोज्नुपर्नेमा जोड
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP