Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #न्वांगी_पर्व
  • #बाढी
  • #पञ्जाब
  • #निजामती सेवा विधेयक
  • #‘रिमै’ चलचित्र
  • #प्रतिनिधिसभा_बैठक
  • #सामाजिक सञ्जाल
  • #तामाखानी
  • #महालक्ष्मी _बैंक
Search Here
अर्थ
  • Home
  • अर्थ
  • अर्थमन्त्रीलाई एडिबीको बैठकमा भाग लिन स्वीकृति
अर्थमन्त्रीलाई एडिबीको बैठकमा भाग लिन स्वीकृति
सम्झना राई
सम्झना राई बिहीबार, चैत ३०, २०७९
korea
Hardik health
काठमाडौं– सरकारले आगामी वैशाख १९ देखि २२ गतेसम्म कोरियामा आयोजना हुने एसियाली विकास बैंकको ५६औँ बैठकमा भाग लिन अर्थमन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको छ । यही चैत २८ गते बसेको मन्त्रिपरिषद् बैठकले आगामी जेठ ९ देखि १२ गतेसम्म मङ्गोलियामा आयोजना हुने एसियाली उत्पादकत्व सङ्गठनको बैठकमा भाग लिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव (उद्योग) लाई स्वीकृति दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिए। बैठकले आगामी वैशाख १३ देखि १५ गतेसम्म भारतको नयाँ दिल्लीमा हुने कार्यक्रममा कर्णाली प्रदेशका प्रमुख सचिव डा गोपीकृष्ण खनाललाई सहभागी हुन स्वीकृति दिएको छ । यसैगरी बैठकले उद्योग वाणिज्य प्रवद्र्धन संवाद परिषद् (गठन) आदेश, २०७५ को अनुसूची संशोधन गर्ने, व्यापार घाटा न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्ययोजना, २०७९ स्वीकृत गर्ने, कुखुराको दानाको गुणस्तर वा मात्रा निर्धारण गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्न स्वीकृति दिने निर्णय गरेको छ । बैठकले खाद्य पदार्थमा जीवनाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्न स्वीकृति दिने, प्रशोधित फोहोर पानी उत्सर्जनसम्बन्धी मापदण्ड, २०७९ स्वीकृत गरेको छ । सरकारले सुपर काबेली खोला क्यास्केड जलविद्युत् आयोजना निर्माणका लागि राष्ट्रिय वन क्षेत्रको दुई दशमवल २८ हेक्टर, जुम खोला जलविद्युत् आयोजनाका लागि गौरिशङ्कर संरक्षण क्षेत्रको राष्ट्रिय वनको १५ दशमवल १७२ हेक्टर र सुपर काबेली ए जलविद्युत् आयोजनाका लागि राष्ट्रिय वन क्षेत्रको दुई दशमवल २८ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिएको छ । जुगल हिमशृङ्खलाअन्तर्गतका हिमचुलीहरु पर्वतारोहणका लागि खुला गर्ने, सन् २०२३ को वसन्त ऋतुमा सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झण्डा, नेपाल प्रहरी र अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) को झण्डा फहराउने कार्यका लागि प्रहरी वरिष्ठ नायब निरीक्षक पुरुषोत्तम नेपालीलाई सगरमाथा आरोहणका लागि लाग्ने सलामी दस्तुत छुट दिने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिए। बैठकले लोक सेवा आयोगको सिफारिस बमोजिम विभिन्न सेवा समूह र उपसमूहको दुई राजपत्राङ्कित प्रथम श्रेणी प्राविधिक सहसचिव पदमा नियुक्ति गरी पदस्थापन गर्ने निर्णय गरेको छ ।
प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  १६:५८
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
उखु किसानलाई अनुदान रकम प्राप्त 
उखु किसानलाई अनुदान रकम प्राप्त  बिहीबार, भदौ १९, २०८२
साउनमा १४ अर्बभन्दा बढी सरकारी ऋण थप
साउनमा १४ अर्बभन्दा बढी सरकारी ऋण थप बुधबार, भदौ ११, २०८२
सुदूरपश्चिम विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोड बजेट स्वीकृत
सुदूरपश्चिम विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोड बजेट स्वीकृत मंगलबार, असार ३१, २०८२
दक्षिण कोरियाको अनलाइन किनमेल ०.९ प्रतिशतले वृद्धि
दक्षिण कोरियाको अनलाइन किनमेल ०.९ प्रतिशतले वृद्धि बुधबार, असार १८, २०८२
गोरखामा लिची बिक्रीबाट रु ११ करोड आम्दानी
गोरखामा लिची बिक्रीबाट रु ११ करोड आम्दानी शुक्रबार, असार १३, २०८२
काठमाडौं र धरानसहित ३९ स्थानीय तहले ल्याएनन् बजेट
काठमाडौं र धरानसहित ३९ स्थानीय तहले ल्याएनन् बजेट बुधबार, असार ११, २०८२
पाँच महानगरले बजेट प्रस्तुत गर्दा, काठमाडौँको रोकियो
पाँच महानगरले बजेट प्रस्तुत गर्दा, काठमाडौँको रोकियो बुधबार, असार ११, २०८२
लोकप्रिय
  • Week
  • Month
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP