Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अन्तर्राष्ट्रिय मातृभाषा दिवस
  • #बेहाल
  • #विमला_घिमिरे
  • #प्रियतम
  • #साके एन्ड फेंग
  • #उनेपा
  • #श्वेत र काल
  • #उज्यालो नेपाल पार्टी
  • #शेर्पा_समुदाय
Search Here
समाचार
  • Home
  • समाचार
  • ‘अडियो प्रकरण’ को धक्का
‘अडियो प्रकरण’ को धक्का
बिहीबार, चैत ३०, २०७९
dhakakumar_shrestha_XhA4lSjK89
Hardik health
काठमाडौं– स्वास्थ्यमन्त्री बन्न साढे दुई करोड रुपैयाँ सहयोग मागेको अडियो प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता एवं प्रतिनिधिसभा सदस्य ढाकाकुमार श्रेष्ठ पार्टीबाट निष्काशित भएका छन् । बुधबार रास्वपा केन्द्रीय समितिको बैठकले श्रेष्ठलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गर्ने निर्णय गरेको हो । बैठकपछि पार्टी सभापति रवि लामिछानेले पार्टीको अनुशासन तथा आचरण समितिको सिफारिस एवं विधानविपरीत काम गरेकोले श्रेष्ठलाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरिएको बताए । उनले श्रेष्ठको प्रतिनिधिसभा सदस्य पद खारेजीका लागि संसद् सचिवालयलाई जानकारी गराउने र उनको स्थानमा विन्दवासिनी कंशाकारलाई सांसदमा निर्वाचित गर्न निर्वाचन आयोगसमक्ष सिफारिस गर्ने निर्णयसमेत भएको जानकारी दिए । निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्द सूचीमा रोल क्रमानुसार कंशाकार अघि रहेकाले उनलाई निर्वाचित भएको घोषणा गरिदिन पार्टीले आयोगलाई निवेदन दिने निर्णय गरेको बताइएको छ । श्रेष्ठले व्यवसायी दुर्गा प्रसाइंसँग पैसा मागेर पार्टीको बदनाम गरेको र भ्रष्टाचारलाई बढावा दिन खोजेको निष्कर्ष रास्वपाले निकालेको छ । श्रेष्ठले स्वास्थ्यमन्त्री बन्न विवादित मेडिकल व्यवसायी प्रसाईंसँग दुई करोड ५० लाख रूपैयाँ मागेको अडियो आइतबार सार्वजनिक भएको थियो । प्रसाईंसँगको टेलिफोन कुराकानीमा श्रेष्ठले स्वास्थ्यमन्त्री बन्न पार्टीको ‘कोर टिम’लाई उक्त रकम बुझाउनुपर्ने बताउँदै सहयोग गर्न आग्रह गरेका थिए । आफैं विवादित रहेको प्रसाईंले पनि सहयोगको प्रतिबद्धता जनाएका थिए । श्रेष्ठले प्रसार्इंलाई मिलेर काम गर्ने र उनको कामसमेत गरिदिने वाचा गरेको अडियोमा प्रस्ट सुनिन्छ । श्रेष्ठले भने उक्त अडियोमा आफ्नो स्वर नभएको भन्दै खण्डन गरेका थिए । उनले विज्ञप्ति नै निकालेर अडियो वास्तविक नभएको दाबी गरेका थिए । मंगलबार पार्टीको अनुशासन समितिमा वयान दिनेक्रममा पनि उनले सोही अडान दोहो¥याएका थिए । तर, बुधबार उनी आफैंले अडियोको सत्यता स्वीकार गरे । उनले पत्रकार सम्मेलन गरी आफूलाई फसाउन जनवरीको अडियो अहिले आएर सार्वजनिक गरेको भन्दै आक्रोश व्यक्त गरे । श्रेष्ठले उपचुनावको संघारमा पार्टीलाई क्षति पु¥याउने उद्देश्यले पुरानो अडियो सार्वजनिक गरेको आरोप लगाए । उनको यो अभिव्यक्तिले अडियो उनकै भएको पुष्टि भएको छ । र, सोही प्रकरणले उनी पार्टीबाट निष्काशित तथा समानुपातिक सांसदको पदसमेत गुमाउनुपरेको छ । ‘कोर टिम’ बारे खुलासा गर्ने धम्की श्रेष्ठले उक्त प्रकरणमा आफूलाई कारबाही गरे ‘कोर टिम’को नाम सार्वजनिक गर्ने चेतावनीसमेत दिएका थिए । बुधबार पत्रकार सम्मेलनमा उनले समस्यामा पर्दा पार्टीले पनि आफूलाई साथ नदिए कोर टिमको बारेमा खुलासा गर्ने बताएका हुन् । पार्टीले कारबाहीको निर्णयप्रति पनि उनले असन्तुष्टि जाहेर गरेका छन् । अडियो सुनेर आफूलाई कारबाही गरेपछि त्यसमा उठेको विषयमा पनि सम्बोधन हुनुपर्ने श्रेष्ठले माग गरेका छन् । ‘अडियो सुनेर कारबाही गर्ने साथीहरुले त्यही अडियोमा उठेको कुराको सम्बोधनचाहिँ गर्नु पर्छ कि पर्दैन ? त्यहाँ कोर टिमको कुरा उठेको छ । त्यसको खोजी गर्न सक्छन् उनीहरु ?,’ अनलाइनखबर डटकमले बुधबार साँझ श्रेष्ठको भनाइ उद्धृत गर्दै लेखेको छ, ‘जे कुराको पनि प्रक्रिया हुन्छ । मलाई निलम्बित गरेको, अनि तुरुन्तै सदस्यता नै नरहने घोषणा गरेको सुनियो । अस्ति रवि लामिछानेजीको नागरिकतासमेत नरहँदा तत्काल पार्टी सभापति नरहे पनि भोलिपल्टै सभापति बनाएको होइन र ? उहाँले नागरिकता पाए पनि अदालतमा मुद्दा त छँदै थियो । यस्तो बेलामा पनि हामीले उहाँलाई सभापति मानेकै हो । अहिले मसँग अर्कै व्यवहार गरियो । यस्तो नि कहीँ पार्टी हुन्छ ? कुराहरु धेरै छन् । अहिले धेरै नखोलौं । मैले आज ठण्डा दिमागले सोचेर आफ्नो कदम चाल्छु ।’ सभापति लामिछानेले भने श्रेष्ठले कोर टिमबारे प्रस्ट पार्न नसकेको बताए । श्रेष्ठले त्यसलाई ‘बागेर्निङ पोइन्ट’को रुपमा अघि सारेको दाबी उनले गरे । वयानका क्रममा श्रेष्ठले अडियो आफ्नो नभएको बताए पनि आफूलाई कारबाही गरे पार्टी सिध्याउने चेतावनी दिएको बताए । ‘उहाँले दिएको सबै बयान हामीले रेकर्ड गरेका छौं । सांसद पद खारेज नगरियोस्, खारेज गरे म जसको नाम लिन सक्छु, सिध्याइदिन्छु भन्नुभएको छ,’ लामिछानेले भने । श्रेष्ठले आरोप लगाउँदै आएको कोर टिमबारे छानबिन गर्न सरकारका सम्बन्धित निकायलाई सहयोग गर्ने प्रतिबद्धतासमेत लामिछानेले व्यक्त गरे । ‘उहाँले कोर टिम भन्नुभएको छ । त्यसमा को हो भनेर अनुसन्धान गर्न नै हामीलाई कुनै आधार भएन,’ बुधबारको पत्रकार सम्मेलनमा उनले भने, ‘बरु यसबारे सरकारका सम्बन्धित निकायले छानबिन गरिदिए त्यसका लागि हामी सहयोग गर्छौं ।’
प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  ११:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस आइतबार, फागुन १०, २०८२
नेपाल प्रेस इन्स्टिच्युटमा नयाँ नेतृत्व चयन
नेपाल प्रेस इन्स्टिच्युटमा नयाँ नेतृत्व चयन आइतबार, फागुन १०, २०८२
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे आइतबार, फागुन १०, २०८२
चितवन-३ मा कस्तो छ चुनावी माहोल ?
चितवन-३ मा कस्तो छ चुनावी माहोल ? आइतबार, फागुन १०, २०८२
फागुन १५ गतेभित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन
फागुन १५ गतेभित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन आइतबार, फागुन १०, २०८२
नारायणगढ बजार क्षेत्रमा स्थलगत अनुगमन
नारायणगढ बजार क्षेत्रमा स्थलगत अनुगमन आइतबार, फागुन १०, २०८२
पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति कार्यान्वयनको तयारीमा
पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति कार्यान्वयनको तयारीमा आइतबार, फागुन १०, २०८२
लोकप्रिय
  • Week
  • Month
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
महाशिवरात्रि र उपत्यकाका शिवस्थल 
महाशिवरात्रि र उपत्यकाका शिवस्थल 
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP