Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #किम_जु
  • #किम_जोङ_उन
  • #इजरायल_रोजगार
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
  • #भेडाच्याङ्ग्रा
  • #नेपाल प्रहरी
  • #जेनजी_आन्दोलन
  • #आईसीटी
Search Here
समाचार
  • Home
  • समाचार
  • ‘बिसु’ मनाउन सुदूरपश्चिमेली घर फर्किँदै
‘बिसु’ मनाउन सुदूरपश्चिमेली घर फर्किँदै
सम्झना राई
सम्झना राई मंगलबार, चैत २८, २०७९
bishu
Hardik health
काठमाडौं– सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको मुख्य नाकाका रूपमा रहेको झुलाघाटमा स्वदेश फर्किनेको सङ्ख्या बढ्दै गएको छ । रोजगारीका लागि भारत गएका सुदूरपश्चिमेली नयाँ वर्ष नजिकिएसँगै घर फर्किन थालेका छन् । सुदूरपश्चिममा नयाँ वर्षलाई ‘बिसु’ पर्र्वका रूपमा समेत मनाइने भएकाले काम गर्नका लागि भारत पसेका फर्किने गर्दछन् । सुदूरकै पुरानो पहाडीनाका झुलाघाट भएर बैतडी, बझाङ, बाजुरा, अछामलगायतका जिल्लाका स्थानीय बिसु मनाउन घर फर्कने गरेका छन् । सीमानाका झुलाघाटबाट नेपाल फर्किनेको घुइँचो लागेको सीमा प्रहरीचौकी झुलाघाटका इञ्चार्ज योगेशकुमार पालले जानकारी दिए। हाल दैनिक दुई सय बढी नागरिक भारतबाट नेपालतर्फ आउने गरेको सीमा प्रहरीचौकी झुलाघाटले जनाएको छ । घर फर्किनेको नाकामा भीडभाड बढेको छ । सुदूर पहाडका अधिकांश सर्वसाधारण मजदुरीका लागि भारतका विभिन्न सहर जाने गरेका छन् । छोटो तथा लामो समयका लागि परदेशिएका स्थानीय चाडपर्वका लागि घर फर्कने गरेका छन् । अधिकांश स्थानीय खेतीपातीमा लाग्ने भएकाले दुई–चार महिनाका लागि कामको खोजीमा भारत पस्ने गरेका छन् । यहाँका स्थानीय गहुँ लगाएर तीन महिनादेखि छ महिनासम्म मजदुरीका लागि भारतीय सहरमा गएर पैसाको जोहो गर्छन् । पश्चिमी पहाडी क्षेत्रका विपन्न परिवारका व्यक्ति यस नाकाबाट भारतमा रोजगारीका लागि जाने गर्दै आएका छन् । अहिले सीमानाका झुलाघाट, बैतडी सदरमुकाम गोठलापानीबाट सञ्चालन हुने सवारीसाधनमा पनि यात्रुको चाप बढेको छ । बिसुका लागि घर फर्किनेको सङ्ख्या बढेसँगै यात्रुको चाप बढेको यातायात व्यवसायी बताउँछन् । नयाँ वर्ष घरपरिवारका सबै सदस्य एकै ठाउँमा बसेर मनाउने चलन भएकाले घर बाहिर रहेकाहरू पनि घर फर्कने गरेको दोगडाकेदार–३ का स्थानीय गणेश विष्टले बताए। यहाँ नयाँ वर्षको पहिलो दिनलाई धुमधामका साथ बिसु पर्वका रूपमा मनाउने चलन छ । बिसु पर्व विशेषगरी सुदूरपश्चिमका सात पहाडी जिल्लामा मनाइन्छ । देवर भाउजु, नन्द भाउजु र साली भिनाजुले एकापसमा सिस्नुपानी छ्यापेर यो पर्व मनाइन्छ । देवर र नन्द नहुने भाउजु, भाउजु नहुने देवर, भिनाजु नहुने साली र साली नहुने भिनाजुले बिसु तिहारको दिनमा आफैँले भए पनि शरीरमा सिस्नो लगाउनुपर्ने परम्परा छ । हरेक वर्ष बिसु पर्वमा मीठा–मीठा खानाका परिकार बनाउने र विशेषगरेर सिस्नु लगाउने प्रचलन रहिआएको छ । बिसुका दिन सिस्नो लगाउँदा वर्षभरि शरीरमा कुनै रोग नलाग्ने जनविश्वास छ । शरीरमा सिस्नो लगाउँदा छालामा भएका खटिरा निको हुने र छालासम्बन्धी रोग निर्मूल हुने जनविश्वास पनि छ । तर पछिल्लो समय भने बिसु पर्वमा सिस्नो लगाउने चलन विस्तारै कम हुँदै जान थालेको छ । पहिलेको जस्तो रमाइलो गर्ने चलन हराइसकेको छ । सुदूरपश्चिमको महत्वपूर्ण पर्वका रूपमा रहेको बिसु पर्व आउनुपूर्व नै जिल्लामा रहेका सबै घर रातो र कमेरो माटोले लिपपोत गर्ने ९स्थानीय भाषामा घर छिप्ने० गरिन्छ । विशेषगरी घर छिप्ने कार्यमा महिला सक्रिय हुन्छन् । नयाँ वर्ष आउनुभन्दा पहिले नै घर छिपेमा वर्षभरि सुख, शान्ति र समृद्धि हुन्छ भन्ने जनविश्वास रहिआएको छ । वैशाख सुरु भएसँगै रोगब्याधी, महामारी र अनिकालको समय सुरु हुने भएकाले त्यसको रक्षाका लागि सिस्नो लगाउँदै घरपरिवारका सदस्यसँगै बसेर बिसु मनाउने चलन छ । यसैबीच भारतबाट स्वदेश भित्रिनेको सङ्ख्या बढेसँगै कोरोना जोखिम पनि बढ्दै गएकाले स्वास्थ्य सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । भारतमा दिनप्रतिदिन कोरोना सङ्क्रमणदर बढिरहेको र त्यसको प्रभाव यहाँ पनि परेकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । सीमानाका झुलाघाटमा हेल्थडेस्क स्थापना गरेर अनिवार्य स्वास्थ्य परीक्षण र मास्कको प्रयोग गरेरमात्रै भित्रिन दिइएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  ११:०६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन
नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन सोमबार, भदौ ३०, २०८२
उत्तरी गाजामा आक्रमण तीव्र, रुबियो इजरायलमा
उत्तरी गाजामा आक्रमण तीव्र, रुबियो इजरायलमा सोमबार, भदौ ३०, २०८२
ट्रम्पको दोस्रो राजकीय भ्रमणमा बेलायतको भव्य तयारी
ट्रम्पको दोस्रो राजकीय भ्रमणमा बेलायतको भव्य तयारी सोमबार, भदौ ३०, २०८२
हुम्लामा फाेजी सञ्चालन
हुम्लामा फाेजी सञ्चालन सोमबार, भदौ ३०, २०८२
अख्तियारद्वारा लुटपाट एवं चोरी गरिएका सामान बुझाउन आग्रह
अख्तियारद्वारा लुटपाट एवं चोरी गरिएका सामान बुझाउन आग्रह सोमबार, भदौ ३०, २०८२
सार्वजनिक सेवा सहज बन्दै
सार्वजनिक सेवा सहज बन्दै सोमबार, भदौ ३०, २०८२
कतारको आह्वानः  इजरायललाई सजाय देऊ
कतारको आह्वानः इजरायललाई सजाय देऊ सोमबार, भदौ ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
संविधानभित्रबाटै राजनीतिक निकास खोज्नुपर्नेमा जोड
संविधानभित्रबाटै राजनीतिक निकास खोज्नुपर्नेमा जोड
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP