Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अन्तर्राष्ट्रिय मातृभाषा दिवस
  • #बेहाल
  • #विमला_घिमिरे
  • #प्रियतम
  • #साके एन्ड फेंग
  • #उनेपा
  • #श्वेत र काल
  • #उज्यालो नेपाल पार्टी
  • #शेर्पा_समुदाय
Search Here
समाचार
  • Home
  • समाचार
  • किसानलाई समयमै मल उपलब्ध गराउन माग
किसानलाई समयमै मल उपलब्ध गराउन माग
सोमबार, चैत २७, २०७९
urea
Hardik health
प्रतिनिधिसभाका सांसदहरुले गठबन्धन सरकारको भूमिका र स्वयं सदनको भूमिकाबारे प्रश्न उठाउनुभएको छ । आज बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा विभिन्न दलका सांसदहरुले गठबन्धनका नेताहरु भ्रष्टचार विवादमा मुछिएको भन्दै जवाफदेहिता र पादर्शिताको माग गर्नुभएको हो । सांसदहरुले सरकारले जनपेक्षाअनुसार काम नगर्दा उत्पन्न नैराश्यताप्रति गम्भीर हुन ध्यानाकर्षण गराउनुभयो । सांसद पदम गिरीले सङ्घीय संसद्बाट प्रभावकारी भूमिका निर्वाह हुन नसकेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “आज पहिलो बैठक प्रारम्भ भएको ९१ दिन भइसकेको छ । यस बीचमा जम्मा २१ वटा बैठक बस्यो तर उपलब्धि के भयो त ? एउटा ऐन निर्माण गर्न सकेका छैनौँ ।” सांसद गिरीले उहाँले देशको आर्थिक अवस्था, अलपत्र ठूला आयोजना, बैंकको महङ्गो ब्याजदर र मलको मूल्यवृद्धिका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । “रासायनिक मल ल्याउनका लागि सरकारले पैसा नभएको बाहनामा मूल्यवृद्धि गर्दैछ । यो दुःखद् कुरा हो”, उहाँले भन्नुभयो । उहाँले वर्तमान सरकार उत्तरदायी र जवाफदेही नहुँदा आमजनतामा निराशा बढेको बताउनुभयो । सांसद दीलेन्द्रप्रसाद बडूले बन्द अवस्थामा रहेको उत्तरी नाका कूटनीतिक पहलबाट तत्काल खुला गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “उत्तरी नाका चार वर्षदेखि यी बन्द अवस्थामा छन् । यी नाकाबाट हुने व्यापार देशव्यापीरुपमा अवरुद्ध भएको छ ।” “दार्चुलाको एउटा प्रतिनिधिमण्डल काठमाडौँमा प्रधानमन्त्री, परराष्ट्रमन्त्री र वाणिज्य मन्त्रालयलाई हारगुहार गरिरहेको अवस्था छ । छिटोभन्दा छिटो कूटनीतिक पहलबाट यी नाका सञ्चालनमा आओस्, म आग्रह गर्दछु”, उहाँले भन्नुभयो । मौसमी नाकाका रुपमा चिनिने उत्तरी नाकाको सम्झौताअनुसार खुला गर्न चीन सरकारले महत्व नदिएको सांसद बडूको दाबी छ । सांसद शेरबहादुर कुँवरले सुदूरपश्चिमको विद्युत् आयोजना नीति तथा कार्यक्रममा उच्च प्राथमिकताका साथ आए पनि बजेट सोअनुसार नआएको भन्दै आगामी बजेटमा त्यसतर्फ ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, “चर्चा हुने तर काम किन नहुने रु कि त निर्माण गरौँ कि त चर्चा गर्न छोडाँै ।” उहाँले सवारी दुर्घटनाका कारण अछाम जिल्लाकोे अवस्था तनावग्रस्त भएको भन्दै मृतक हेमराज कुँवरको परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गर्नुभयो । सांसद धवलशमशेर जबराले किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन माग गर्नुभयो । उहाँले भन्नुभयो, “वर्षायाम आइसक्यो धान रोप्ने बेला पनि भइसक्यो । तर जिल्लामा मल पुगिरहेको छैन, राज्यले यसको व्यवस्था तुरुन्त गर्न प¥यो ।” उहाँले राप्ती नदी र डुडुवा खोलामा तटबन्धका लागि ध्यानाकर्षण गराउनुभयो । सांसद विमला सुवेदीले किसानलाई समयमै मल उपलब्ध गराउन माग गर्नुभयो । उहाँले आगामी बजेटमा देशभित्रै रासायनिक मल उत्पादनको विषयलाई महत्व दिनुपर्ने उल्लेख गर्नुभयो । “अनुदान बढाएर कृषिको व्यवसायीकरण गर्नुपर्छ”, उहाँले भन्नुभयो, “किसानले पाउनुपर्ने अनुदान विचौलियाले पाइरहेका छन् । त्यसतर्फ सरकार सचेत हुन आवश्यक छ ।” उहाँले जङ्गली जनावरबाट किसानको खेतीबालीमा पुगेको नोक्सानीप्रति समेत सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद दीपक गिरीले दाङमा विमानस्थल र लुम्बनी प्रदेशको राजधानीमा रहेको कैलावास नाकाबारे सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, “कोही १० र १५ वर्षदेखि अलपत्र बनेका आयोजना छन् । विसं २०११ मा स्थापना भएको दाङको विमानस्थल २०४२ सालदेखि बन्द छ । त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउँदछु ।” सांसद डा चन्दा कार्कीले ‘डाउन सिण्ड्रोम’का लागि अपाङ्गताको छुट्टै वर्गीकरणमा राख्न माग र बीमाको व्यवस्था गर्न माग गर्नुभयो । उहाँले यसबाट प्रभावित व्यक्तिका लागि स्वास्थ्य र शिक्षामा पहुँच वृद्धि गर्न निःशुल्क सेवा उपलब्ध हुनुपर्ने माग राख्नुभयोे । सांसद दीपक कार्कीले धनुषाधामलाई धार्मिक पर्यटन क्षेत्रका रुपमा घोषणा गर्न माग गर्नुभयो । धनुषाधाममाको जङ्गलमा पर्खाल लगाउनुपर्ने उहाँको भनाइ छ । सांसद डा सुनिलकुमार शर्माले जलस्रोतको विकास र व्यापारका लागि भारतीय र बङ्गलादेशी व्यापारीसँग त्रिपक्षीय सम्झौता गर्नसकिने बताउनुभयो । उहाँले भन्नुभयो, “जलाशयका क्षमताअनुसार २३ वटा आयोजना मात्र सञ्चालन गर्दा ३० हजार मेगावट विद्युत् सन् २०३० सम्म उत्पादन गर्न सक्छौ । भारत र बङ्गलादेशसँग वीन–वीन अवस्थामा बिक्रीवितरण गर्नसकेमा आर्थिक अवस्थामा सुधार हुनसक्छ ।” उहाँले भारतलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्नेसमेत बताउनुभयो । सांसद शोभा ज्ञवालीले सरकारले अझै पूर्णता नपाएको र यसअघिको सरकारको कामलाई निरन्तरतासमेत दिन नसकेको बताउनुभयो । उहाँले दक्ष जनशक्ति विदेशिनेक्रम रोक्नुपर्ने बताउनुभयो । सांसद सरस्वती सुब्बाले भूमिहीन नागरिकलाई लालपुर्जासहितको व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । उहाँले राष्ट्रिय भूमि आयोगलाई क्रियाशील बनाउन आवश्यक बजेट र कर्मचारीको व्यवस्थान गर्न माग गर्नुभयो । सांसद ऋषिकेश पोखरेलले गठबन्धनको संस्कृतिले राष्ट्रिय शक्ति र राष्ट्रियतालाई कमजोर बनाएको आरोप लगाउनुभयो । (((
प्रकाशित मिति: सोमबार, चैत २७, २०७९  १६:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस आइतबार, फागुन १०, २०८२
नेपाल प्रेस इन्स्टिच्युटमा नयाँ नेतृत्व चयन
नेपाल प्रेस इन्स्टिच्युटमा नयाँ नेतृत्व चयन आइतबार, फागुन १०, २०८२
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे आइतबार, फागुन १०, २०८२
चितवन-३ मा कस्तो छ चुनावी माहोल ?
चितवन-३ मा कस्तो छ चुनावी माहोल ? आइतबार, फागुन १०, २०८२
फागुन १५ गतेभित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन
फागुन १५ गतेभित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन आइतबार, फागुन १०, २०८२
नारायणगढ बजार क्षेत्रमा स्थलगत अनुगमन
नारायणगढ बजार क्षेत्रमा स्थलगत अनुगमन आइतबार, फागुन १०, २०८२
पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति कार्यान्वयनको तयारीमा
पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति कार्यान्वयनको तयारीमा आइतबार, फागुन १०, २०८२
लोकप्रिय
  • Week
  • Month
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
महाशिवरात्रि र उपत्यकाका शिवस्थल 
महाशिवरात्रि र उपत्यकाका शिवस्थल 
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP