Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अन्तर्राष्ट्रिय मातृभाषा दिवस
  • #बेहाल
  • #विमला_घिमिरे
  • #प्रियतम
  • #साके एन्ड फेंग
  • #उनेपा
  • #श्वेत र काल
  • #उज्यालो नेपाल पार्टी
  • #शेर्पा_समुदाय
Search Here
समाचार
  • Home
  • समाचार
  • पर्यटक बढ्लान र गाउँले फर्केलान भने आशामा उजेली दिदीहरु
पर्यटक बढ्लान र गाउँले फर्केलान भने आशामा उजेली दिदीहरु
बिहीबार, चैत २३, २०७९
ghale gaun
Hardik health
गण्डकी– माछापुच्छ्रे हिमालको काखैमा ढुङ्गैढुङ्गाले छापिएको सुन्दर बस्ती छ । उक्त बस्तीमा तलबाट दैनिक धुलो उडाउँदै हुइँकिन्छन् बस र जीप । उक्त घलेल गाउँ भने सुनसान जस्तै छ । माछापुच्छ्रे गाउँपालिका– ८ र ९ मा पर्ने घलेल गाउँ पोखरा– बागलुङ राजमार्गको हेम्जाबाट करिब १७ किलोमिटर दूरीमा रहेको छ । पोखराको टुँडिखेलस्थित हरिचोकबाट हेम्जाहुँदै मर्दिपुल, खानेपानी, भेडाबारी, खोरामुख, लुम्ब्रे हुँदै करिब डेढ घन्टामा घलेल गाउँ पुग्न सकिन्छ । लुम्ब्रेसम्म बाटो कालोपत्र भइसकेको छ । गाउँमा चार सय घर भएकाले पहिला यो गाउँलाई ‘चार सय घलेल’ भन्ने गरिन्थ्योे । पछिल्लो समय शिक्षा, रोजगारी तथा सुविधाको खोजीमा सहर पस्नेको सङ्ख्या बढ्न थालेपछि अहिले गाउँमा २० देखि २५ प्रतिशत मानिस मात्रै बस्ने गरेका छन् । मर्दी हिमाल जाने पदमार्ग यही गाउँ भएर जाने भएकाले पर्यटकीय सम्भावना देखेर यहाँका बासिन्दाले विसं २०६७ देखि घलेल सामुदायिक होमस्टे (घरवास) सञ्चालन गर्दै आएका हुन् । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले घरवास सञ्चालनमा ल्याए पनि पर्यटकको अभावले गर्दा गाउँ पछि परेको होमस्टे (२ नं घर) की सञ्चालिका उजेली गुरुङले बताए । उजेली दिदीका नामले परिचित उहाँको घर गाउँको सिरानमा छ । उनले दुई कोठासहित चार खाट पर्यटककै लागि छुट्याएको छ । खाटमा ओछ्याइएका सिरक, डसना तथा सोफा छन् । घरको मझेरीदेखि पिँढी, आगन सफा र चिटिक्क पारिएकोे छ । होमस्टेमा फाट्टफुट आउने पाहुनालाई सञ्चालक समितिको व्यवस्थाअनुसार घरघरमा बाँडेर राख्ने गरिएको उजेलीले बताए। गाउँका नौ घरमा घरवास सञ्चालन गरिएको छ । उनले छिमेकी ल्वाङ गाउँ र घलेलमा सँगै घरवास सञ्चालनमा आएको बताए । “सँगै घरवास सुरु भएको ल्वाङमा पर्यटकको आवागमन बढी छ । त्यहाँ त्यस्तो चहलपहल हुँदा यहाँ भने सुनसान छ”, उजेलीले गुनासो गरे । गाउँमा अधिकांश दसवर्ष मुनिका र ४५ वर्ष माथिका नागरिक बढी छन् । युवा जनशक्तिको अभावका कारण पनि पर्यटकको आगमन बढाउन नसकिएको उनको भनाइ थियो । गाउँमा आउने पर्यटकले यामअनुसार लेकतिर हुने टुसादेखि निउरो, कोदो, मकै, फापरको ढिँडो रोटी आदिको स्वाद चाख्न पाउँछन् । एकै दिनमा ५० देखि ६० जनासम्म पर्यटकलाई राख्न सकिने यहाँका घरवासमा प्याकेजमा एक रातका लागि रू एक हजारमा खाजा, खाना र बासको व्यवस्था मिलाइएको छ । घरवासमा भित्रिएका पाहुनालाई बाजागाजाका साथ टीका र माला लगाएर स्वागत गर्दै बास बस्न घरघर पठाइन्छ । बेलुकाको बास र खाना छुट्याइएका घरमा व्यवस्था भए पनि स्थानीयवासीले पर्यटकको मागअनुसार बेलुका समाज घरमा सामूहिक विभिन्न साँस्कृतिक कार्यक्रम पनि देखाउने गर्दछन् । बिहान उठेपछि पाहुनालाई मकै, अण्डा, चियासहितको खाजा खुवाउने गरिन्छ । बिहान पर्यटक गाउँबाट झण्डै एक घण्टा ठाडो उकालो सिँढी उक्लेर महागुरु गुफा र बीचको तारे बराहसम्म हाइकिङमा जाने गर्दछन् । महागुरु गुफा र तारे बराह यहाँको धार्मिक तीर्थस्थल रहेको स्थानीय हितकाजी गुरुङले बताए । घलेल गाउँलाई धार्मिक पर्यटनसँग पनि जोड्ने उद्देश्यका साथ गुफा तथा बराह मन्दिरलाई थप व्यवस्थित गर्न गाउँपालिका र प्रदेश सरकारले चासो दिएको उनको भनाइ थियो । “गुफालाई व्यवस्थित गर्न पालिकाले रू नौ लाख विनियोजन गरेको छ भने तारे बराह मन्दिरका लागि गण्डकी प्रदेश सरकारले रू १० लाख विनियोजन गरेको छ”, गुरुङले भने । गुफा र मन्दिर निर्माण भइरहेको छ । मनले चिताएको पुग्ने तीर्थस्थलका रूपमा उक्त मन्दिरलाई लिइने उनले बताए । प्रत्येक वर्ष वैशाख पूर्णिमा र दशैँमा बलिपूजासहित यहाँ पूजा गरिन्छ । बराहले गाउँ र स्थानीयवासीलाई संरक्षण गरेको जनविश्वास छ । विगतमा पानी, बत्ती, सडकलगायत आधारभूत पूर्वाधारको समस्या रहे पनि अहिले भने सबै सुविधा गाउँघरमा पुगेका छन् । सूचना प्रविधिको बढ्दो विकाससँगै गाउँका घरमा इन्टरनेटको पहुँच पुगेको सामुदायिक होमस्टेका सचिव सुनकुमारी गुरुङले बताए । बसाइँसराइका कारण पनि गाउँमा युवावर्ग नहुँदा पर्यटन प्रवद्र्धनमा चुनौती देखिएको उनको भनाइ थियोे । “सँगै स्थापना भइ सञ्चालनमा आए पनि ल्वाङवासीलाई पर्यटक भित्राउन भ्याइनभ्याइ छ । यहाँको बाटोमा बस तथा जीप हेरेर टोलाउनु परेको छ”, उनको गुनासो थियो । गाउँ छोडेर बसाइँ सर्ने क्रम कम भएमा गाउँमा प्रचारप्रसार गर्न सकिने तथा पर्यटक पनि बढदै जाने उनले बताए। माछापुच्छ्रे गाउँपालिका– ८ का वडाध्यक्ष राम गुरुङले शिक्षा, रोजगारी तथा सुविधाको खोजीमा सहरतिर बसाइँ सर्नेको सङ्ख्या बढ्दै गएकाले गाउँमा बालबालिका, वृद्धवृद्धा र आर्थिक अवस्था कमजोर भएका वर्ग मात्रै बसोबास गर्दै आएको बताए । घलेल चलचित्र छायाङ्कनका लागि पनि उपयुक्त गन्तव्य हुने भन्दै उहाँले प्रचारप्रसारको अभावमा यस गाउँले विकासमा अपेक्षित फड्को मार्न सकेको छैन भने। गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले घलेल हुँदै दैनिक करिब चार सयदेखि पाँच सय पर्यटक मर्दी हिमाल तथा खुमै पदयात्राका लागि जाने गरेपनि उनीलाई यहाँ बसाउन नसकिएको बताए । “मर्दी पदयात्रामा जाने पर्यटकलाई एक रात घलेलमा बस्ने वातावरण बनाउन सके यहाँको पर्यटन प्रवर्द्धन हुने थियो”, उहाँले भन्नुभयो, “यसको प्रचारप्रसारसँगै गाउँलाई चलचित्र छायाङ्कनको आकर्षक गन्तव्यका रूपमा पनि विकास गर्न सकिने सम्भावना छन् ।”
प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  १४:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस आइतबार, फागुन १०, २०८२
नेपाल प्रेस इन्स्टिच्युटमा नयाँ नेतृत्व चयन
नेपाल प्रेस इन्स्टिच्युटमा नयाँ नेतृत्व चयन आइतबार, फागुन १०, २०८२
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे आइतबार, फागुन १०, २०८२
चितवन-३ मा कस्तो छ चुनावी माहोल ?
चितवन-३ मा कस्तो छ चुनावी माहोल ? आइतबार, फागुन १०, २०८२
फागुन १५ गतेभित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन
फागुन १५ गतेभित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन आइतबार, फागुन १०, २०८२
नारायणगढ बजार क्षेत्रमा स्थलगत अनुगमन
नारायणगढ बजार क्षेत्रमा स्थलगत अनुगमन आइतबार, फागुन १०, २०८२
पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति कार्यान्वयनको तयारीमा
पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति कार्यान्वयनको तयारीमा आइतबार, फागुन १०, २०८२
लोकप्रिय
  • Week
  • Month
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
महाशिवरात्रि र उपत्यकाका शिवस्थल 
महाशिवरात्रि र उपत्यकाका शिवस्थल 
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP