Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #भव्य नगर
  • #रजु राणा
  • #जर्मन प्राज्ञ
  • #भूमि विधेयक
  • #चिकेन एनेमिया भाइरस
  • #कमला नदीको पक्की पुल
  • #सवारी दुर्घटना
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • बजेट अभावमा विद्यालय भवन अलपत्र
बजेट अभावमा विद्यालय भवन अलपत्र
सम्झना राई
सम्झना राई शनिबार, चैत १८, २०७९
school
काठमाडौं– नवलपरासी ‘बर्दघाट–सुस्तापूर्व’ को मध्यबिन्दु–३ मा बजेट अभावले विद्यालय भवन अलपत्र बनेको छ । बह्म प्राथमिक विद्यालयको निर्माणाधीन दुई कोठे पक्की भवन बजेट अभावले अलपत्र बनेको हो । विद्यालयका प्रधानाध्यापक पूर्णबहादुर केसीले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट बजेट परेर सुरु गरिएको भवन निर्माण बजेट निकासा हुन नसकेपछि निर्माण अधुरो बनेको बताए । “यस आर्थिक वर्षमा भवन निर्माण सम्पन्न गर्ने गरी हामीले काम गरेका थियौँ”, उनले भने, “थप बजेट निकासा नभएपछि भवन निर्माण पूरा गर्न सकिएन ।” जम्मा रु १८ लाखको योजनामा निर्माणाधीन भवनलाई पूर्णता दिन अझ रु आठ लाख आवश्यक परेको केसीले बताए । भवनको डिपिसी ढलान तथा तला ढलान गर्दा रु १० लाख बजेट लागेको उनले बताए । “अब भवनको पर्खाल उठाउन, भुई र भित्तामा प्लास्टर गर्ने काम बाँकी छ”, उनले भने । बजेटका लागि वडाध्यक्ष, नगरपालिकाको शिक्षा शाखा तथा नगरप्रमुखसँग आग्रह गर्दासमेत कुनै सहयोग नभएको उनले बताए । कक्षा ५ सम्म अध्ययन हुने यस विद्यालयमा पर्खालपनि अपुरो रहेको छ । विद्यालयको पर्खाल निर्माणका लागि विभिन्न व्यक्ति तथा सङ्घसंस्थाले सहयोग गरिदिएमा विद्यार्थी सुरक्षित तवरले अध्ययन गर्न पाउने उनको भनाइ छ । विद्यालयमा पर्खाल नहुँदा विद्यालयमा पढाइ भइरहेको बेलामा जङ्गली जनावर तथा पशु चौपाया विद्यालयभित्र पस्ने गरेका प्रधानाध्यापक केसीले बताए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं वडासदस्य राजु अर्यालले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने यस वडामा दिउँसै गैँडालगायतका जङ्गली जनावरको त्रास रहेको बताउनुभयो । “दुई वर्षअघि दिउँसै विद्यालय नजिक गैँडाको आक्रमणबाट एकजना वृद्धा घाइते हुनुभएको थियो”, उनले भने, “विद्यालयमा पर्खाल नहुँदा अभिभावक आफ्ना बालबालिकालाई विद्यालय पठाउनसमेत डराउने गर्नुभएको छ ।” यस विद्यालयमा बोटे, थारु, दलितलगायत पिछडिएका समुदायका बालबालिकाको बाहुल्यता रहेको अर्यालले बताए । विद्यालयमा विभिन्न सङ्घसंस्थाले सहयोगले गरेर कम्प्युटर, प्रिन्टरलगायतका सामग्री प्राप्त भएकोमा अहिले ती विद्युतीय उपकरणसमेत बिग्रिएका छन् । विद्यालयकी शिक्षिका तारा रानाभाटले भन्नुभयो, “विद्यार्थीलाई पढाउँदा बुझाउन भए पनि बिग्रिएका कम्प्युटर तथा प्रिन्टर देखाउने गरेका छौँ ।”
प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  ११:१९
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
विदेशबाट आएर खोले साहले जर्निज
विदेशबाट आएर खोले साहले जर्निज बिहीबार, असार २१, २०८०
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी बिहीबार, असार २१, २०८०
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ बिहीबार, असार २१, २०८०
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि...
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि... बिहीबार, असार २१, २०८०
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित बुधबार, असार २०, २०८०
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP