Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अन्तर्राष्ट्रिय मातृभाषा दिवस
  • #बेहाल
  • #विमला_घिमिरे
  • #प्रियतम
  • #साके एन्ड फेंग
  • #उनेपा
  • #श्वेत र काल
  • #उज्यालो नेपाल पार्टी
  • #शेर्पा_समुदाय
Search Here
समाचार
  • Home
  • समाचार
  • अर्थतन्त्र सुधारका सरकारले गृहकार्य थालेकाे छ : उपप्रधानमन्त्री श्रेष्ठ
अर्थतन्त्र सुधारका सरकारले गृहकार्य थालेकाे छ : उपप्रधानमन्त्री श्रेष्ठ
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, चैत १७, २०७९
narayan-kaji-shrestha
Hardik health
काठमाडाैं -  उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले अहिलेको बिग्रँदो अर्थतन्त्रलाई सुधारका लागि सरकारले गृहकार्य थालेकाे  बताएका छन् ।  फ्लोरिकल्चर एसोसियसनद्वारा आजआयोजित २४औँ फ्लोरा एक्स्पोको शुभारम्भ गर्दै उनले अर्थतन्त्र सुधारका लागि तत्काल पहल चाल्न आवश्यक रहेको र यसका लागि सरकारले गृहकार्य थालिसकेको जानकारी दिएका हुन् । “अहिलेको अर्थतन्त्रको अवस्थालाई अब हामी यथास्थितिमा राख्दैनौँ । सरकारले तत्काल सुधारका प्रयास गर्नेछ । यसका लागि गम्भीर गृहकार्य पनि सुरु भइसकेको छ”, उनले बताए  । अहिलेको राष्ट्रिय कार्यभार मुलुकलाई समृद्ध र विकासशील बनाउने रहेको बताउँदै उनले त्यसका लागि सरकार, निजी क्षेत्र, सहकारी र सामुदायिक क्षेत्रको उत्तिकै भूमिका रहने उल्लेख गरे । “तीनखम्बे अर्थ नीतिअनुसार सबै क्षेत्रलाई समेटर अघि बढ्न सरकार तयार छ । अहिलेको आर्थिक समस्यालाई सरकारले निजी क्षेत्रको मात्र समस्याका रुपमा लिएको छैन । यो समग्र देशकै समस्या हो । यसलाई सबैले मिलेरै समाधान गनुपर्छ”, मन्त्री श्रेष्ठले भने । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रले उठाएका विषय र सरकारलाई दिइएका सुझाव समयमै कार्यान्वयन हुन नसक्दा अहिले देशको आर्थिक अवस्था खस्किँदै गएको बताए  । “निजी क्षेत्रले अहिलेको आर्थिक स्थिति आउँछ भनेर पहिल्यै अनुमान गरेको थियो । हामीले उठाएका विषय निजी क्षेत्रको मात्र नभएर मुलुकको अर्थतन्त्रमै दीर्घकालीनरुपमा प्रभाव पार्नसक्ने खालका थिए । तर निजी क्षेत्रले दिएका सुझाव सरकारले कार्यान्वयन गरेन”, उनले भने । फ्लोरिकल्चर एसोसियसन नेपालका अध्यक्ष मीनबहादुर तामाङले अहिले नेपालमा कृषि क्षेत्रमा लगानी घट्दै जाँदा उत्पादन खुम्चिएको र त्यसले आयात बढ्न गएको बताए  । “बैंक तथा वित्तीय संस्थाले कृषि क्षेत्रमा पर्याप्त लगानी गर्न सकेका छैनन् । परियोजना धितो राखेर सजिलै परियोजना कर्जा पाउने र महिला उद्यमीका लागि पनि बिना धितो महिला उद्यमी कर्जा प्रवाह गरिनुपर्छ”, उनले भने । अहिले पुष्प व्यवसायमा रू सात अर्ब बराबरको लगानी र रू दुई अर्ब ३० करोडको वार्षिक कारोबार रहेको जनाइएको छ । गत वर्षको तथ्याङ्कअनुसार भारतबाट रू ३६ अर्ब बराबरको पुष्प आयात भएको कार्यक्रमा जानकारी दिइएको थियो । File Photo
प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  १५:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
किसानको आकर्षण नगदेबालीतर्फ बढ्दो
किसानको आकर्षण नगदेबालीतर्फ बढ्दो आइतबार, फागुन १०, २०८२
सहकारीआवद्ध किसान दूध उत्पादनतर्फ आकर्षित
सहकारीआवद्ध किसान दूध उत्पादनतर्फ आकर्षित शुक्रबार, फागुन ८, २०८२
अन्नपूर्णबाट करिब चार करोड मूल्यबराबरको सुन्तला बिक्री
अन्नपूर्णबाट करिब चार करोड मूल्यबराबरको सुन्तला बिक्री बुधबार, फागुन ६, २०८२
आजका लागि तरकारी भाउ
आजका लागि तरकारी भाउ बुधबार, फागुन ६, २०८२
दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै
दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै मंगलबार, फागुन ५, २०८२
खोटाङ उद्यमी कोसेली घर : स्थानीय उत्पादन प्रवर्द्धन केन्द्र
खोटाङ उद्यमी कोसेली घर : स्थानीय उत्पादन प्रवर्द्धन केन्द्र सोमबार, फागुन ४, २०८२
हिउँदे वर्षात नहुँदा किसान चिन्तित
हिउँदे वर्षात नहुँदा किसान चिन्तित सोमबार, फागुन ४, २०८२
लोकप्रिय
  • Week
  • Month
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
महाशिवरात्रि र उपत्यकाका शिवस्थल 
महाशिवरात्रि र उपत्यकाका शिवस्थल 
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP