Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • पारोको प्रयोग दन्त चिकित्सामा घट्यो
पारोको प्रयोग दन्त चिकित्सामा घट्यो
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, चैत १६, २०७९
Elderly man with yellow teeth. Dentist is curing patient.
Hardik health
काठमाडाैं - दाँतको उपचारका लागि पारोको प्रयोग उल्लेख्यमात्रामा घटेको छ । नेपालमा मर्करीमुक्त (पारोमुक्त) दन्त चिकित्सा सेवा एवं मर्करीमुक्त स्वास्थ्य सेवा अध्ययनको प्रतिवेदनले दन्त चिकित्सा र अस्पतालमा पारोको प्रयोग घटेको उल्लेख गरेको छ । अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै आज यहाँ गैरसरकारी संस्था स्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रका निर्देशक रामचरित्र साहले दन्त चिकित्समा पारो अमलमको प्रयोग उल्लेखमात्रामा घटेको जानकारी दिए  । उनले प्रयोग घट्नु सकारात्मक भए पनि छ दशमलव ३८ प्रतिशत दन्त चिकित्सा स्वास्थ्य संस्थाले अझै पनि पारोको प्रयोग गर्ने गरेको बताए  । उनले भने “९३ दशमलव ६२ प्रतिशतले पारोको प्रयोग गर्ने गरेका छैनन्, जुन निकै सकारात्मक परिणाम हो । तर बाँकी छ दशमलव ३८ प्रतिशतले क्यापुलका रुपमा पारोको प्रयोग गर्दै आएको देखियो ।” सात प्रदेशका विभिन्न ४२ आधारभूत स्वास्थ्य संस्था र ४७ दन्त चिकित्सा स्वास्थ्य संस्थामा अध्ययन गरिएको थियो । अध्ययनमा लुम्बिनी प्रदेशको एक निजी दन्त चिकित्सा क्लिनिक, मधेस प्रदेशको एक निजी अस्पताल र गण्डकी प्रदेशको एक दन्त चिकित्सा क्लिनिकमा पारो अमलजम प्रयोग गर्ने गरेको देखिएको हो । कार्यक्रम स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले पारोमुक्त स्वास्थ्य सेवा र दन्त चिकित्सालाई सय प्रतिशत पुर्‍याउनुपर्नेमा जोड दिए । उनले भने, “पारोको प्रयोगले वातावरण मात्र हैन जनस्वास्थ्यमा प्रत्यक्ष असर पार्छ । स्वास्थ्य क्षेत्रमा यसको प्रयोगमुक्त एक सय प्रतिशतसम्म नपुर्‍याउन आवश्यक छ ।” स्वास्थ्य समन्वय महाशाखा प्रमुख यशोधा अर्यालले घरघर र स्वास्थ्य संस्थामा रहेका पारोयुक्त उपकरणको सङ्कलन र व्यवस्थापन गर्न सरोकारवालाको ध्यानार्कषण गराए । उनले मिनामाता महासन्धिलाई अनुमोदन गर्ने तयारीमा सरोकारवाला निकाय लागिपरेको जानकारीसमेत दिए  । विश्वस्वास्थ्य सङ्गठनका प्रतिनिधि राजाराम पौडेलले पारोसम्बन्धी मन्त्रालयको निर्णय पूर्ण कार्यान्वयनका लागि सचेतना अभिवृद्धि गनुपर्ने सुझाव दिए । यस्तै ललितपुर महानगरपालिकाका वातावरण इञ्जिनियर प्रदीप अमात्यले महानगरको वडा ६ र १६ मा मूर्ति बनाउन पारोको प्रयोग हुने भन्दै पारोको घरेलु प्रयोगबारे अध्ययन हुनुपर्ने बताए  । कार्यक्रममा ग्रिल तथा स्टिल व्यवसायी महासङ्घ नेपालका अध्यक्ष मोहन कटुवालले जनस्वास्थ्य र वातावरणलाई असर गर्ने पारोको प्रयोगलाई विस्थापन गर्दै लगेको बताए  । सहभागीले दन्त चिकित्साको पाठ्यक्रममा पारोको प्रयोगसम्बन्धी परिमार्जन गर्न आवश्यक रहेको बताएका थिए । प्रतिवेदनअनुसार त्रिभुवन विश्वविद्यालयअन्तर्गतका विभिन्न मेडिकल कलेज र अस्पतालले पाठ्यक्रमअनुसार विद्यार्थीले पारोको प्रयोग गर्दै आएका छन् । दन्त सप्लार्यसले अझै पनि दन्त चिकित्साका लागि पारोको तरल, क्यापसुल र धातु मिश्रको बेचबिखन गर्दै आएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पारोसम्बन्धी निर्णयबारे जानकार नहुने २६ दशमलव दुई प्रतिशत रहेको अध्ययनमा उल्लेख छ । झण्डै ९३ प्रतिशत स्वास्थ्य संस्थाले पारो(मर्करी)मुक्त थर्मोमिटरको प्रयोग गर्ने गरेको छ । कुनै पनि स्वास्थ्य संस्थाले पारोयुक्त स्पोगेमोमानोमिटरको प्रयोग नगर्ने गरेको देखिएको हो । केन्द्रले अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै त्रिभुवन विश्वविद्यालय मातहतका मेडिकल कलेज र अस्पतालमा पारो प्रयोगमुक्त बनाउन सुझाव दिएको छ । केन्द्रका निर्देशक साहले विभिन्न स्वास्थ्य संस्था र विश्वविद्यालयमा भएका पारोयुक्त उपकरणलाई सबै ठाउँबाट सङ्कलन गरी मापदण्डअनुसार व्यवस्थापन गर्न सुझाव दिएको छ । वन तथा वातावरण मन्त्रालयको सन् २०१९ को अध्ययनअनुसार स्वास्थ्य क्षेत्रबाट मात्रै वार्षिक दुई हजार पाँच सय ९० किलोग्राम मर्करी वातावरणमा निष्काशित हुने गरेको देखाएको थियो । उक्त अध्ययनअनुसार देशभर वार्षिक १९ हजार छ सय १५ किलोग्राम मर्करी वातावरणमा फोहरका रुपमा निष्काशित हुने गरेको थियो । दन्त चिकित्सामा दाँत भर्नका लागि मर्करी अमलगमको अत्यधिक प्रयोग हुने गर्दथ्यो । पारोको प्रयोगले नसा, पाँचन, रोग प्रतिरोधात्मक प्रणाली, फोक्सो, मिर्गौला, छाला र आँखामा गम्भीर असर गर्ने विभिन्न अध्ययनले देखाएको छ । एक दशकअघिसम्म औषधि र स्वास्थ्य उपकरणमा प्रयोग गरिँदै आएको मर्करी पछिल्लो अध्ययनले हानिकारक हुने देखाएपछि यसको प्रयोगलाई निरुत्साहित गरिँदै आइएको छ । स्वास्थ्य मन्त्रालयले १० वर्षअघि पारोयुक्त (मर्करी) उपकरणको आयात बन्द गर्ने निर्णय गरेको थियो । मन्त्रालयले गर्भवती तथा स्तनपान गराइरहेका तथा १५ वर्षमुनिका बालबालिकामा पारो प्रतिबन्ध लगाएको छ । अन्य उमेरको हकमासमेत विकल्प भएसम्म पारोको प्रयोग नगर्न भनिएको छ ।
प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  १६:१०
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप
नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप बुधबार, चैत ४, २०८२
र्जेन्टिना विश्व स्वास्थ्य संगठनबाट बाहिरियो
र्जेन्टिना विश्व स्वास्थ्य संगठनबाट बाहिरियो बुधबार, चैत ४, २०८२
दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी
दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी मंगलबार, चैत ३, २०८२
क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य
क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य मंगलबार, चैत ३, २०८२
ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन
ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन मंगलबार, चैत ३, २०८२
नवलपरासीपूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै
नवलपरासीपूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै मंगलबार, चैत ३, २०८२
सोह्र औषधि पसल निलम्बनमा
सोह्र औषधि पसल निलम्बनमा सोमबार, चैत २, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP