Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अन्तर्राष्ट्रिय मातृभाषा दिवस
  • #विमला_घिमिरे
  • #प्रियतम
  • #साके एन्ड फेंग
  • #श्वेत र काल
  • #उज्यालो नेपाल पार्टी
  • #शेर्पा_समुदाय
  • #रामचन्द्र_पौडेल
  • #राष्ट्रपति
Search Here
समाचार
  • Home
  • समाचार
  • बादी समुदाय भन्दछन् : व्यवस्था बदलिए, अवस्था बदलिएन
बादी समुदाय भन्दछन् : व्यवस्था बदलिए, अवस्था बदलिएन
बिहीबार, चैत १६, २०७९
badi-samudaye
Hardik health
काठमाडौं– कृष्णपुर नगरपालिका–२ गुन्यालफाँटाका कित्थे बादी पहिला विवाहमा नाचेर पाएको बक्सीसबाट घरधन्दा चलाउनुहुन्थ्यो । हाल उहाँको दिनचर्या फेरिएको छ । पहिला जस्तो उहाँले नाचगान गर्नुहुन्न । परिवारको खर्च धान्न उहाँले कृषि मजदुरी गर्नु हुन्छ । “विवाह, ब्रतबन्ध, न्वारनलगायतमा बादी समुदायका नृत्यकलाई बोलाइने गरिन्थ्यो उहाँले भन्नुभयो, “खुबै नाच्थ्यौँ, मादलको तालमा नाच्ने बादी नृत्यक मात्रै हुन्थे, हाल समय फेरियो, विवाहमा बेहुलासँगै उनका आमाबुवासम्म बैण्डबाजाको तालमा नाच्छन् ।” बादी समुदायलाई बोलाउनै छाडिएपछि परम्परात पेसा ओझेलमा परेको उहाँले बताउनुभयो । बादी समुदायले मादल, सारङ्गी, तबला, हारमोनियम बजाउने काम पुर्खौंदेखि गर्दै आएका हुन् । हाल परम्परागत बाजा बनाउने काम युवापुस्ताले विर्षंदै गएका छन् । परम्परागत बाजा बनाउने सीपलाई आधुनिक बनाइनुपर्ने काले बादी बताउनुहुन्छ । “हाल पेसा व्यवसायसँगै जग्गा जमिन नहुँदा दुई छाक खाना जुटाउनै मुश्किल छ”, उहाँले भन्नुभयो, “बाजा बजाउने सीपलाई आधुनिक बनाई व्यावसायिक बनाइनुपर्छ ।” बादी समुदायका युवा परम्परागत पेसाबाट जीविका नचलेपछि घरमै ताल लगाएर परिवारसहित भारतमा मजदुरी गर्न जाने गरेका छन् । बादी समुदायको पुख्र्यौंली पेसाका रुपमा नाचगान गर्ने, माछा मार्ने, माटोका घैँटा, सुल्पा, चिलिम बनाएर गाउँगाउँमा अन्नसँग साटेर जीविका चलाउने गरेका थिए । हाल माटोबाट बनेका सामानको विकल्पका रुपमा अरु सामान सहजरुपमा पाउन थालिएपछि बादी समुदायले बनाउने समानको महत्व घट्दै गएको छ । “बादी समुदायले आफैँ गीतको रचना गरी मादलसँगै सारङ्गी रेटेर गीत गाउने चलन पुरानै हो”, दुरा कुमालले भन्नुभयो, “यस पेसालाई व्यावसायिक बनाउनुपर्दथ्यो, बादी समुदायलाई प्रोत्साहित गरिनुपर्दथ्यो, व्यवस्था बदलिए पनि हाम्रो अवस्था बदलिएको छैन ।” “ चुनावका बेलामात्रै राजनीतिक दलका नेताहरुले बस्तीमा पुगेर सबै थोक पूरा गर्ने वचनबद्धता गर्दछन्, चुनाव जितेपछि कोही पनि बस्तीमा फर्कंदैनन् युवालाई भारततर्फ पलायन हुनबाट रोक्नका लागि स्थानीय तहले आत्मनिर्भर बनाउने कार्यक्रम सञ्चालन गर्नुपर्दथ्यो, त्यो पनि हुन सकेको छैन”, उहाँले भन्नुभयो । पुस्तौँदेखि गर्दै आएको कार्य भने गीत सङ्गीतको हो, त्यसलाई जीवन्त राखिनुपर्ने उहाँको भनाइ छ । बस्तीकै मना बादी पाठेघरको समस्याले दुई महिनादेखि थला पर्नुभएको छ । उपचार गर्ने पैसा नहुँदा पीडा सहेर बस्नुपरेको उहाँले सुनाउनुभयो । “हकअधिकारका लागि काठमाडौँसम्म आन्दोलन ग¥यौँ, बादी समुदायको समस्या समाधानका लागि पटकपटक आयोग गठन हुँदै आए पनि हामीले अहिलेसम्म केही पाएनौँ”, दुराले भन्नुभयो, “बस्दै आएको फाँटामा पहिला बादी परिवार मात्रै बसेका थियौँ, जग्गाकै लागि बस्तीका १२ जना जेल बस्यौँ, अरुले जग्गा कब्जा गरेपछि नौधुर जग्गामा सीमित भएर बस्नुपरेको छ ।” बालबालिकालाई विद्यालय पढाउन सकिने अवस्था नरहेको उहाँ बताउनु्हुन्छ । “सामुदायिक विद्यालयमै बादी समुदायका बालबालिकाबाट शुल्क लिइने गरिएको छ”, उहाँले भन्नुभयो, “परीक्षा शुल्क, भर्ना शुल्क, सरस्वती पूजा भनेर पैसा लिइने गरिएको छ, ऋणदान गरेर बालबालिकालाई विद्यालय पठाउँछौँ, शुल्क असुल्न थालेपछि खर्च धान्नै गाह्रो भएको छ ।” जनता आवास कार्यक्रम अन्र्तगत बादी बस्तीमा २२ घर बनेका छन । निर्माण गरिएका घरको छानामा राखिएका जस्तापाता हावाहुरीले पटकपटक उडाउँदा बादी समुदायले हैरानी खेप्दै आएका छन । “हावाहुरीले जस्तापाता उडाउँदा खुला आकास बस्नुपर्ने अवस्था छ”, विमल बादीले भन्नुभयो, “गर्मीका बेला जस्तापाता तातेर बस्नै सकिँदैन, पटकपटक हावाहुरीले जस्तापाता उडाउने पुनःछानामा राख्ने कार्य गरिँदै आएपछि जस्तापातामा प्वालैप्वाल पर्दा वर्षात्का बेला चुहिने गरेका छन् ।” निर्माण गरिएका घरको छानामा राखिएका जस्तापाता हटाएर पक्की ढलान गरिनुपर्ने उहाँको माग रहेको छ । अझै बस्तीका ५० परिवार झुपडीमै बस्दै आएका छन । बादी परिवार कमाई खाने जग्गा, पुख्र्यौंली गीत सङ्गीतको पेसा जगेर्ना र युवालाई सीपमूलक रोजगारीमा संलग्न गराउन माग गर्नुहुन्छ । नगर प्रमुख हेमराज ओझाले बादी समुदायका युवालाई व्यावसायिक सीप सिकाएर स्वरोजगार बनाउन प्रतिबद्ध भएको बताउनुहुन्छ । “बादी समुदायले प्रस्ताव लिएर आए सोहीअनुसारको सीप सिकाएर व्यावसायिक बनाउँछौँ”, उहाँले भन्नुभयो ।   तस्विर : सामाजिक सञ्जाल
प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  १३:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
व्यवसाय दर्ताबिना घरेलु मदिरा बिक्री गर्नेलाई कारबाही गरिने
व्यवसाय दर्ताबिना घरेलु मदिरा बिक्री गर्नेलाई कारबाही गरिने सोमबार, फागुन ११, २०८२
घरभित्र पसेको चितुवाको उद्धार
घरभित्र पसेको चितुवाको उद्धार सोमबार, फागुन ११, २०८२
मापदण्डबमोजिम निर्वाचन प्रचारप्रसार गर्न गराउन आयोगको अनुरोध
मापदण्डबमोजिम निर्वाचन प्रचारप्रसार गर्न गराउन आयोगको अनुरोध सोमबार, फागुन ११, २०८२
आगलागी नियन्त्रणमा सिम्रिक एयरको सहयोग
आगलागी नियन्त्रणमा सिम्रिक एयरको सहयोग सोमबार, फागुन ११, २०८२
निर्वाचन विरोधी गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याइने
निर्वाचन विरोधी गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याइने सोमबार, फागुन ११, २०८२
राजनीतिकदलद्वारा निर्वाचन अचारसंहिता पालना गर्ने प्रतिबद्ध
राजनीतिकदलद्वारा निर्वाचन अचारसंहिता पालना गर्ने प्रतिबद्ध सोमबार, फागुन ११, २०८२
धादिङमा बस दुर्घटना १७ को मृत्यु, २४ घाइते
धादिङमा बस दुर्घटना १७ को मृत्यु, २४ घाइते सोमबार, फागुन ११, २०८२
लोकप्रिय
  • Week
  • Month
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP