Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अन्तर्राष्ट्रिय मातृभाषा दिवस
  • #विमला_घिमिरे
  • #प्रियतम
  • #साके एन्ड फेंग
  • #श्वेत र काल
  • #उज्यालो नेपाल पार्टी
  • #शेर्पा_समुदाय
  • #रामचन्द्र_पौडेल
  • #राष्ट्रपति
Search Here
समाचार
  • Home
  • समाचार
  • माओवादी नेता कुशवाहा जनमत पार्टीमा प्रवेश, उपेन्द्रलाई हराएरै छोड्ने दाबी
माओवादी नेता कुशवाहा जनमत पार्टीमा प्रवेश, उपेन्द्रलाई हराएरै छोड्ने दाबी
बुधबार, चैत १५, २०७९
kushwaha
Hardik health
काठमाडौं- नेकपा (माओवादी केन्द्र) का नेता शिवचन्द्र कुशवाहा जनमत पार्टीमा प्रवेश गरेका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमार्फत कुशवाहालाई जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले पार्टीमा स्वागत गरेका हुन् । माओवादी केन्द्रभित्र भएको अन्तरघातको कारणले आफूले थोरै मतले गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा हार व्यहोरेको उनको भनाई थियो । आगामी बैशाख १० गते हुने उपनिर्वाचनमा बारा–२ मा माओवादीले आफ्नो पार्टीबाट उम्मेदवार नउठाएर जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णय गरेपछि आफू पार्टी परित्याग गर्न बाध्य भएको उनको स्पष्टोक्ति छ । ‘पार्टीभित्र जनतलाई अधिकार र जनवाद दिने कुरा जति भयो, त्यत्तिनै गुट र अन्तरघात भयो । त्यो अन्तरघातकै कारण मैले त्यहाँ चुनाव जित्न सकिनँ,’– उनले भने । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत मधेशी जनताको मुक्तिका लागि नयाँ विचारसहित उदाएको उनको भनाई छ । सिके राउतको सम्मानस्वरुप उनलाई सप्तरीका जनताले विजयी गराएको उनले बताए । जनताले सप्तरीबाट हराएर पठाएका उपेन्द्रलाई बारा–२ बाट हराउनका लागि आफू जनमत पार्टीमा प्रवेश गरेको उनले बताए । ‘सिके राउतजी मधेशको मुक्तिका लागि नयाँ विचारसहित आइसकेपछि सप्तरीका जनताले उहाँलाई सम्मान गर्नुभयो र उपेन्द्र यादव पराजित हुनुभयो । अहिले फेरि बारा–२ मा उपनिर्वाचन हुँदैछ । त्यहाँका जनताको भावनाविपरित सत्ताबिना बाँच्नै नसक्ने उहाँको व्यवहार हामीले देखेका छौं । त्यसको सामनामात्रै होइन, त्यहाँबाट हराएर पठाउनका लागि म जनमत पार्टीमा प्रवेश गरेको छु,’– उनले भने । माओवादीमा आफूमाथि षड्यन्त्र भएको उनले बताए । जनताको भावनाविपरित आफूलाई निर्वाचनमा सहभागी हुनबाट बञ्चित गराउन खोजिएको उनले बताए । उनले आफू स्वतन्त्र उम्मेदवारी दिने निर्णयमा पुगेपनि जनताको चाहना र आग्रहअनुसार जनमत पार्टीमा प्रवेश गरेको स्पष्ट पारे । ‘पार्टीभित्र ममाथि षड्यन्त्र र जालझेल भयो । हामीजस्तो क्षमतावानको कदर नगरेर हाम्रो पार्टीले अहिले उपेन्द्र यादवजीलाई नै समर्थन गरेर मलाई चुनावबाट बञ्चित गर्न खोजेको थियो, जनताको भावनापनि बञ्चित गरिएको छ । मैले स्वतन्त्रबाट लड्न खोजेको थिएँ तर, सो क्षेत्रका जनताले स्वतन्त्रबाट नलड्नु, कुनै पार्टी समात्नुस भनेपछि मैले जनताको भावनाअनुरुप जनमत पार्टी रोजें,’– उनले भने । साथै, अहिलेको लडाई कुनै क्षेत्रको नभएर विचारको भएको उनको दाबी छ । उनले सबै सञ्चारकर्मीलाई यस लडाईमा साथ र सहयोग गर्नका लागि अपिलसमेत गरेका छन् । ‘यो लडाई कुनै क्षेत्रको होइन, विचारको लडाई हो । उपेन्द्रजी जुन विचार लिएर बारा–२ का जनताको भावनाविपरित आउनुभएको छ । जनताले उहाँलाई हराएर पठाउँछन् । हामी हराउँछौं,’–उनले भने । सो कार्यक्रममा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफ्नो पार्टी जनताको उद्वारका लागि मात्रै नभएर अन्यायमा परेका नेताहरुको उद्वारका लागि बनेकोे दाबी गरेका छन् । माओवादीका कारण कुशवाहा पटक–पटक अन्याय र बहिष्करणमा परेको उनको भनाई छ । जनमत पार्टीले विभिन्न पार्टीमा रहेर विभिन्न आन्दोलनको नेतृत्व गरेका तर बहिस्करण र अन्यायमा परेका नेताहरुको सम्मान गर्दै आएको उनले स्मरण गराए । कुशवाहालाई पार्टीमा स्वागत गर्न पाउँदा आफूलाई खुसी लागेको भन्दै उनले बैशाख १० गते हुने बारा–२ को उपनिर्वाचनमा जितको अग्रिम शुभकामनासमेत दिए । बारा–२ मा षड्यन्त्र गरेर सिट खाली गराउने काम भएको उनको दाबी छ । ‘षड्यन्त्र गरेर कसैलाई चोर बाटोबाट संसद्मा पसाउनका लागि जालझेल रचियो । बारा–२ मा जवर्जस्ती सिट खाली गर्न लगाइयो । त्यहाँका जनताको जनमतको अपमान भयो । भोट दिएको तीन महिना नगुग्दै खाली गराउनु भनेको जनमतको घोर अपमान हो,’– उनले भने । सिट खाली भएर संसद्मा घोषणा हुन नपाउँदै निर्वाचन आयोगले निर्वाचनको कार्यक्रम घोषणा भएको उनले बताए । साथै, निर्वाचन आयोगका प्रमुख आयुक्तले महिलाबाहेक उम्मेदवार बन्न सक्दैनन् भनेको अवस्थामासमेत सत्ताको आडमा पुरुष उम्मेदवारलाई निर्वाचित गराएको उनको आरोप छ । उनले बारा–२ मा उपेन्द्र यादवलाई त्यहाँका जनताले बहिस्कार गर्ने दाबी गरे। कुशवाहालाई त्यहाँका जनताले जिताउनेमा कुनै शंका नरहेको उनले बताए । लोकतन्त्रलाई बचाउनका लागि पनि कुशवाहालाई त्यहाँका जनताले जिताउने उनको दाबी छ ।
प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  १३:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
व्यवसाय दर्ताबिना घरेलु मदिरा बिक्री गर्नेलाई कारबाही गरिने
व्यवसाय दर्ताबिना घरेलु मदिरा बिक्री गर्नेलाई कारबाही गरिने सोमबार, फागुन ११, २०८२
घरभित्र पसेको चितुवाको उद्धार
घरभित्र पसेको चितुवाको उद्धार सोमबार, फागुन ११, २०८२
मापदण्डबमोजिम निर्वाचन प्रचारप्रसार गर्न गराउन आयोगको अनुरोध
मापदण्डबमोजिम निर्वाचन प्रचारप्रसार गर्न गराउन आयोगको अनुरोध सोमबार, फागुन ११, २०८२
आगलागी नियन्त्रणमा सिम्रिक एयरको सहयोग
आगलागी नियन्त्रणमा सिम्रिक एयरको सहयोग सोमबार, फागुन ११, २०८२
निर्वाचन विरोधी गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याइने
निर्वाचन विरोधी गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याइने सोमबार, फागुन ११, २०८२
राजनीतिकदलद्वारा निर्वाचन अचारसंहिता पालना गर्ने प्रतिबद्ध
राजनीतिकदलद्वारा निर्वाचन अचारसंहिता पालना गर्ने प्रतिबद्ध सोमबार, फागुन ११, २०८२
धादिङमा बस दुर्घटना १७ को मृत्यु, २४ घाइते
धादिङमा बस दुर्घटना १७ को मृत्यु, २४ घाइते सोमबार, फागुन ११, २०८२
लोकप्रिय
  • Week
  • Month
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP