Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अन्तर्राष्ट्रिय मातृभाषा दिवस
  • #विमला_घिमिरे
  • #प्रियतम
  • #साके एन्ड फेंग
  • #श्वेत र काल
  • #उज्यालो नेपाल पार्टी
  • #शेर्पा_समुदाय
  • #रामचन्द्र_पौडेल
  • #राष्ट्रपति
Search Here
समाचार
  • Home
  • समाचार
  • आँसुमा राजनीति
आँसुमा राजनीति
बुधबार, चैत १५, २०७९
meterbyaji
Hardik health
– पूर्वप्रधानमन्त्री झलनाथ खनाल, रास्वपा सभापति रवि लामिछाने, लोसपा नेता डा. सुरेन्द्र झासहितले प्रदर्शनस्थल पुगेर ऐक्यबद्धता जनाए – प्रदर्शनस्थल पुगेका राप्रपा सांसद ज्ञानेन्द्र शाहीविरुद्ध नारावाजी काठमाडौं– मधेसबाट हिँडेको १२औं दिनमा प्रधानमन्त्री र राष्ट्रपतिसहितका शासकहरू बसेको काठमाडौंमा उनले पाइला टेकिन् । नाम भन्न नचाहेकी मिटरब्याजीपीडित ती महिलाको बास भने शासकहरू बसेको काठमाडौं सहरको सडकपेटीमा भयो । कष्टकर ढंगले जसोतसो बर्खाको रात काटेकी उनी मंगलबार मध्याह्न नयाँ बानेश्वर चोक छेउमा प्रदर्शनमा भेटिइन् । उनलाई पत्रकारहरूले सोधिहाले, ‘तपाईंको पीडा के हो ?’ जवाफ दिनुभन्दा अगाडि नै उनी डाँको छाडेर क्वाँ क्वाँ... रोइन् । बलिन्द्र आँसु झ¥यो । सायद उनले दुःख लुकाउन सकिनन् । र, भनिन्– साहुकामा नौ लाख ऋण लिएको तर तिरिसक्दा पनि तिरेकै छैन भन्दै साहुले थप १० लाख लिइसके । अझै तमसुक च्यातिएको छैन । बरू, साहुको तनाव र धम्की थेगिनसक्नु छ । पीडित महिला आँसुसहित पीडा पोखिरहँदा नजिकै सर्वहारा वर्गकै निम्ति ६० वर्ष राजनीति गरेको भन्ने पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल देखिए । उनले केही मिटरब्याजीपीडितको दुःख सुने । केही आश्वासन बाँड्न भ्याइहाले । ‘म तपाईंहरूको यो समस्या समाधानका लागि पहल गर्छु । तपाईंहरूलाई आन्दोलन फिर्ता लिनुहोस् चाहिँ भन्दिनँ । म तपाईंहरूसँगै छु,’ खनालले भने । प्रधानमन्त्री हुँदा मिटरब्याजीविरुद्ध कानुन बनाएर कार्यान्वयन नगराएका र सर्वहारा वर्गको उत्थानका लागि केही नगरेका खनाल खासमा आन्दोलनमा स्वामित्व ग्रहण गर्न गएका हुन् । अर्थात्, गरिबको पीडामा पूर्वप्रधानमन्त्री खनालले राजनीति गरे । उनै खनाललाई प्रभावकर्मीले सोधे, ‘सर्वहारा वर्गको नेता तपाईं देशको पूर्वप्रधानमन्त्री भइसक्नुभयो तर सर्वहारा वर्गका मानिसहरू त सडकमा आँसु झार्दै छन् नि ?’ उनले पुँजीवादको अवशेषका रूपमा लघुवित्तसँगै साहु महाजनहरू अझै रहँदा सर्वहारा वर्गको आर्थिक उत्थान हुन नसकेको बताए । अब, प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार विस्तार भएलगत्तै पहिलो काम नै मिटरब्याजी पीडितहरूको समस्या समाधान गर्नु रहेको बताए । यति हुँदाहुँदै पनि मिटरब्याजी पीडितहरूको दुःखमा राजनीतिक रङ खनालले भरिदिए । उसो त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछाने पनि प्रदर्शनस्थलमा पुगे । दिन दुःखी जनताको असाधारण विश्वास र अपेक्षा उनीमाथि छ । प्रदर्शनस्थल पुगेर उनले समर्थन र विरोधभन्दा पनि समस्या समाधान गर्न आएको पीडितहरूसँग भने । तर, उनी सरकारमा छैनन् । नभएपछि उनले गर्ने भनेकै समस्या समाधानमा पहल हो । यद्यपि, समाधान गर्ने पुगेको भन्न भ्याए । उनीभन्दा पछि मधेसको मुद्दा उठाएर संसद्मा आएको दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता डा. सुरेन्द्र झा पनि प्रदर्शनस्थल पुगे । उनको पनि भनाइ समस्या समाधान गराउन पहल गर्ने भन्ने नै थियो । तर, सरकारमा पटक–पटक गए पनि मधेसका नेताहरूको ध्यान मिटरब्याजी समस्या समाधानमा केन्द्रित कहिल्यै भएन । प्रदर्शनस्थलमा पुग्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाही पनि थिए । तर, उनीविरुद्ध भने मिटरब्याजी पीडितहरूले उल्टै ‘सामन्तवादी मुर्दावाद, राजावादी मुर्दावाद’ भन्दै प्रदर्शन गरे । यसपछि उनी दुःखित् हुँदै फर्किए । फर्किंदै गर्दा उनले आफू जनप्रतिनिधि भएकाले जनताको पीरमर्का बुझ्न आएको भनेका थिए । उनलाई भने सामान्तवादको ‘प्रतीक’को रूपमा चित्रण गर्दै मिटरब्याजी पीडितहरूले अस्वीकार गरे । दलका नेताहरू आँसु झार्दै बसेका पीडितहरूको प्रदर्शनमा सहभागी भएर ऐक्यबद्धताको नाममा राजनीति घुसाउन खोजेको भन्दै आलोचित भएका छन् । हुन पनि दलहरूका नेताहरूले संसद्मा होस् वा सडकमा, मिटरब्याजी समस्या समाधानका लागि कहिल्यै बोलेनन् । अवैधानिकरूपमा मिटरब्याजी धन्दा चलाएकाहरूमाथि कानुनी दण्डा चलाएर गरिब वर्गलाई उन्मुक्ति दिन चाहेनन् । तर, जतिबेला १२ दिन हिँडेर खुट्टा चरचरी फुटाएर मिटरब्याजीपीडितहरू काठमाडौं आइपुग्दा भने हत्त न पत्त ऐक्यबद्धता जनाउन पुगेका हुन् । यसरी प्रदर्शनलाई विभिन्न दलका नेताहरूले राजनीतिक रङ लगाए पनि सप्तरीको बोदेबसाइन नगरपालिका–७ का ताइवाब अलीले प्रदर्शनस्थलमा दिएका आश्वासनहरू नेताहरूले पूरा गर्नेमा विश्वास गरिएको बताए । उनले न्याय नपाई घर नफर्किने दृढ गरे । ‘मरे काठमाडौंमै मरौंला । तर, न्याय नपाई फर्किन्नौं,’ उनले भने, ‘हामीसँग नेताहरू जे भन्नुभएको छ, पूरा होस् ।’ आफूले ७० लाख ऋण मिटरब्याजीबाट लिएको तर एक करोड सात लाख तिरिसक्दा पनि अझै तमसुक नच्यातिँदा उनी तनावमा छन् । उनको जस्तै पीडा सप्तरीकै खडक नगरपालिकाका बच्चुलाल साहसँगै अन्य थुप्रैको छ । उनीहरू प्रधानमन्त्री दाहाललाई पीडा सुनाउन भनेर काठमाडौं आएका हुन् । प्रधानमन्त्रीलाई भने उनीहरूले भेट्ने मौका पाएका छैनन् ।  
प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  १३:२७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
व्यवसाय दर्ताबिना घरेलु मदिरा बिक्री गर्नेलाई कारबाही गरिने
व्यवसाय दर्ताबिना घरेलु मदिरा बिक्री गर्नेलाई कारबाही गरिने सोमबार, फागुन ११, २०८२
घरभित्र पसेको चितुवाको उद्धार
घरभित्र पसेको चितुवाको उद्धार सोमबार, फागुन ११, २०८२
मापदण्डबमोजिम निर्वाचन प्रचारप्रसार गर्न गराउन आयोगको अनुरोध
मापदण्डबमोजिम निर्वाचन प्रचारप्रसार गर्न गराउन आयोगको अनुरोध सोमबार, फागुन ११, २०८२
आगलागी नियन्त्रणमा सिम्रिक एयरको सहयोग
आगलागी नियन्त्रणमा सिम्रिक एयरको सहयोग सोमबार, फागुन ११, २०८२
निर्वाचन विरोधी गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याइने
निर्वाचन विरोधी गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याइने सोमबार, फागुन ११, २०८२
राजनीतिकदलद्वारा निर्वाचन अचारसंहिता पालना गर्ने प्रतिबद्ध
राजनीतिकदलद्वारा निर्वाचन अचारसंहिता पालना गर्ने प्रतिबद्ध सोमबार, फागुन ११, २०८२
धादिङमा बस दुर्घटना १७ को मृत्यु, २४ घाइते
धादिङमा बस दुर्घटना १७ को मृत्यु, २४ घाइते सोमबार, फागुन ११, २०८२
लोकप्रिय
  • Week
  • Month
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP