Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #किम_जु
  • #किम_जोङ_उन
  • #इजरायल_रोजगार
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
  • #भेडाच्याङ्ग्रा
  • #नेपाल प्रहरी
  • #जेनजी_आन्दोलन
  • #आईसीटी
Search Here
समाचार
  • Home
  • समाचार
  • सवारीसाधनको परीक्षण उपकरणबाट गरिने
सवारीसाधनको परीक्षण उपकरणबाट गरिने
सम्झना राई
सम्झना राई सोमबार, चैत १३, २०७९
tippers
Hardik health
काठमाडौं– खरिद गरिएको झण्डै एक दशकपछि सवारीसाधनको जाँच गर्ने उपकरण सञ्चालनमा ल्याउने तयारी गरिएको छ । टेकुस्थित सवारी परीक्षण कार्यालयले उपकरणमार्फत सवारीसाधनको स्वस्थता जाँच गर्न तयारी अघि बढाएको हो । उपकरण मर्मत गरेर तयार भएपनि अहिलेसम्म कार्यविधि नभएकाले सञ्चालन शुरु हुन नसकेको सवारी परीक्षण केन्द्रले जनाएको छ । सरकारी कार्यालयमा उपकरण सञ्चालनका लागि कार्यविधि आवश्यक पर्छ । सञ्चालनको मापदण्डबारे यातायात व्यवस्था विभागले छलफल चलाएको छ । उपकरण मर्मतपछि नियमित नचलाए पनि कहिलेकाहीँ सञ्चालन भइरहेको केन्द्रका प्रमुख मणिराम भुषालले बताउनुभयो । कानुन बनाएर बाध्यकारी नभएकाले भने नियमित गर्न नसकिएको हो । उहाँले भन्नुभयो, “सवारी ऐनमा जाँच गर्ने भने पनि उपकरणबाट जाँच गर्न अनिवार्य गरिएको छैन ।” उपकरणको प्रयोग गरी जाँच गर्दा कति पुरानो गाडीलाई गर्ने भनी पहिले मापदण्ड बनाइने छ । नयाँ किन्नासाथ वा त्यसको केही वर्षसम्म त्यसको जाँच नगर्दा पनि हुनसक्छ । कस्तो गाडीमा अनिवार्य गर्ने भनी विज्ञले दिएको सुझावका आधारमा गरिनेछ । जाँच गर्ने भनी ऐनमा उल्लेख रहेकाले उपकरणमार्फत गर्ने भनी कार्यविधिमा समेट्न सकिने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मापदण्ड आउनासाथ सुरु गर्न हामी तयारी अवस्थामा छौँ ।” केन्द्रमा रहेका हलुका र गहैँ ९हेभी० गरी दुबै सवारीसाधनको जाँच गर्ने उपकरण मर्मत गरेर सञ्चालन गर्न सकिने अवस्थामा रहेको छ । विभागबाटै यो यो गाडीमा र यसरी गर्ने भनी यकिन गर्नुपर्ने छ । उहाँले भन्नुभयो, “सरकारले बाध्यकारी गरे मात्रै सेवाग्राहीले गर्न थाल्नुहुन्छ ।” अहिले सवारीसाधन सञ्चालनका लागि केन्द्रले जाँच गर्दै आएको छ । अहिलेसम्म ‘म्यानुअल’ रुपमा जाँच हुँदै आएकामा त्यसलाई उपकरणका माध्यमबाट जाँच गर्न लागिएको हो । सार्वजनिक सवारीसाधन छ–छ महिनामा जाँच गर्नुपर्छ । अहिले प्राविधिकले हेरेर परीक्षण गरिरहेका छन् । विदेशमा निजी सवारीसधनमा जाँच गर्नुपर्ने व्यवस्था भए पनि नेपालमा अहिलेसम्म अनिवार्य छैन । निजी सवारीसधनमा प्रदूषण जाँच मात्रै अनिवार्य गरिएको छ । केन्द्रमा अहिले प्रदूषण जाँच गर्न मासिक दुई हजार पाँच सयदेखि तीन हजारसम्म सवारीसधन आउछन् । जाँच पासका लागि मासिक चार पाँच सय सवारीसाधन आइरहेको जनाइएको छ । जाँचपासका लागि आउने सवारीसाधन बढिरहेको छ । उपकरणमार्फत जाँच सुरु गर्न सरकारले कानुनमा बाध्यकारी बनाउनुपर्ने र मापदण्ड पनि तोक्नुपर्ने केन्द्रले जनाएको छ । लामो समयसम्म थन्किएका उपकरण मर्मत भएको झण्डै सात महिना भएको छ । उहाँले भन्नुभयो, “यो बीचमा कतै समस्या छ छैन भनेर हेरिएको छ । साझालगायत कतिपय गाडीको जाँच गरिएको छ ।” सवारीसधनमा यतिसम्म हुँदा पास र यति हुँदा फेल भन्ने तय हुन बाँकी छ । यो गाडीको जाँच गर्दा यति आयो भन्ने थाहा भए पनि त्यति आउँदा पास हुन्छ वा फेल भन्ने थाहा नहुने बताइएको छ । उहाँले भन्नुभयो, “त्यो गाडीको अवस्थाअनुसार कति अङ्क आयो भन्ने प्रिन्टमा देखिन्छ ।” विभिन्न देशमा ब्रेकको दुई चक्काबीचको फरक १५ प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था छ । सवारीसधनका अरु भागमा अरु देशका आ–आफ्नो मान्यता छन् । नेपालमा साना गाडी र ठूला गाडीको कति कति हुनुपर्छ भन्ने यकिन गर्न सकिन्छ र सोही आधारमा जाँच्न सकिन्छ । उहाँले भन्नुभयो, “हामीले तोकेको न्युनतमसम्म पुगेमा पास हुने र नभएमा फेल हुने गर्न सकिन्छ ।” उपकरणको मर्मत उत्पादनकर्ता चिनियाँ कम्पनीको सहयोगमा भएको थियो । उपकरण पूर्णरुपमा तयारीमा रहेको र सञ्चालनका लागि हेभिगाडीको चालक अनुमतिपत्र भएको चालक आवश्यक रहेको केन्द्रले जनाएको छ । उपकरण नियमित सञ्चालन गर्न दुई चालक आवश्यक पर्छ । उपकरणको क्षमताअनुसार आधा घण्टामा एउटा र दिनमा १५ गाडी मात्रै जाँच्न सकिन्छ । त्यो क्षमताअनुसार धेरै गाडी कसरी गर्न सकिएला भन्नेमा विभागमा अन्यौल छ । अरुतिरको सवारी परीक्षण केन्द्रले पनि जाँचका लागि उपकरण खरिद गर्ने तयारीमा रहेको बताइएको छ । उपकरणबाटै सवारीसाधनको स्वस्थता परीक्षणका लागि सरकारले आव २०६६÷६७ को बजेटमा गरेको व्यवस्थानुसार विसं २०६८ मा सवारीसाधनको अवस्था परीक्षण गर्ने उपकरण खरिद गरेको थियो । सो उपकरणमा परीक्षणका लागि ठूला र साना सवारी साधनलाई छुट्टाछुट्टै लेन छन् । कुनै सवारीसाधन लेनमा प्रवेश गरेपछि त्यसको कुन–कुन भागको अवस्था कस्तो छ भनी कम्प्युटरमा देखिनेछ । (((
प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  १४:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सामान फिर्ता गर्न अनुरोध
सामान फिर्ता गर्न अनुरोध सोमबार, भदौ ३०, २०८२
महासचिव पोखरेलद्वारा केन्द्रीय कार्यालय अनुगमन
महासचिव पोखरेलद्वारा केन्द्रीय कार्यालय अनुगमन सोमबार, भदौ ३०, २०८२
क्षतिग्रस्त संरचनाको पुनर्निर्माण कोष खडा गर्ने योजनामन्त्री  घिसिङ घोषणा
क्षतिग्रस्त संरचनाको पुनर्निर्माण कोष खडा गर्ने योजनामन्त्री घिसिङ घोषणा सोमबार, भदौ ३०, २०८२
शिक्षण अस्पतालद्वारा २८ शवको शवपरीक्षण, २३ जनाको शव आफन्तले बुझे
शिक्षण अस्पतालद्वारा २८ शवको शवपरीक्षण, २३ जनाको शव आफन्तले बुझे सोमबार, भदौ ३०, २०८२
बाढीले मध्यपहाडी लोकमार्गको बुर्तिबाङ-पूर्वी रुकुम खण्ड अवरुद्ध
बाढीले मध्यपहाडी लोकमार्गको बुर्तिबाङ-पूर्वी रुकुम खण्ड अवरुद्ध सोमबार, भदौ ३०, २०८२
वक्यौता बापतको रकम उठाउने पहिलो निर्णय  : नवनियुक्त ऊर्जामन्त्री
वक्यौता बापतको रकम उठाउने पहिलो निर्णय : नवनियुक्त ऊर्जामन्त्री सोमबार, भदौ ३०, २०८२
टिपरको ठक्करबाट घाइते मोटरसाइकल चालकको मृत्यु
टिपरको ठक्करबाट घाइते मोटरसाइकल चालकको मृत्यु सोमबार, भदौ ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP