Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #किम_जु
  • #किम_जोङ_उन
  • #इजरायल_रोजगार
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
  • #भेडाच्याङ्ग्रा
  • #नेपाल प्रहरी
  • #जेनजी_आन्दोलन
  • #आईसीटी
Search Here
समाचार
  • Home
  • समाचार
  • सडक पहुँचले पर्यटनमा सहयोग
सडक पहुँचले पर्यटनमा सहयोग
सम्झना राई
सम्झना राई सोमबार, चैत १३, २०७९
road
Hardik health
काठमाडौं– “गुराँसको छेडोबाट हिमालको सौन्दर्य हेर्दै मोटरबाइकमा हिँड्नुको मज्जै बेग्लै”, शनिबार बेनीबाट बरङ्जाको झाँक्रीपानी घुम्न जानुभएका शोभित घिमिरेले भने, “वन, जङ्गल र भिर पहरा छिचोल्दै गाउँका बस्तीबस्तीसम्म मोटरबाटो पुगेपछि घुम्न जाने हामीलाई सजिलो भएको छ ।” स्वरसम्राट नारायण गोपालको गीत झैँ, यतिबेला म्याग्दीका वन, जङ्गल लालीगुराँसका फूलले रङ्गिएका छन् । वनैभरि फुलेका लालीगुराँसका जङ्गलबाट उत्तरतिर देखिने चाँदी झँै टल्कने हिमाललाई पृष्ठभूमिमा पारेर फोटो खिचाउने, सेल्फी लिने र टिकटक बनाउनेको भिडले यतिबेला म्याग्दीका जङ्गलमा रौनक बढेको छ । म्याग्दीको सदरमुकाम बेनीबजारबाट पर्यटकीयस्थल टोड्केमा आउनुभएकी रक्षा पौडेल हिमाल र लालीगुराँसलाई पृष्ठभूमिमा राखेर तस्बिर लिन व्यस्त थिए । उनीसँगै आएका साथीहरू पनि लालीगुराँसमा रमाउँदै फोटो खिच्न व्यस्त देखिन्थे । फागुनदेखि जेठसम्मको लालीगुराँस फुल्ने समय हो । राष्ट्रिय फूल समेत रहेको लालीगुराँस फुलेसँगै पर्यटकीय गन्तव्यका क्षेत्रमा मात्रै होइन विकट जङ्गल र डाँडाकाँडामा पनि आगन्तुकको भिड देख्न सकिन्छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पर्यटकीय क्षेत्र पुनहिल, घोरेपानी, राम्चे, घारलगायत क्षेत्रको अधिकांश वनपाखामा गुराँस फुलेर राताम्य भएको छ । यसैगरी रघुगङ्गा, मङ्गला, मालिका र धवलागिरि गाउँपालिका तथा बेनी नगरपालिकाको पर्यटकीयस्थल केभहिल, भकिम्ली, टोड्केलगायत क्षेत्रमा पनि गुराँस फुलेको छ । वनपाखामा लालीगुराँस फुलेर राताम्य देखिएपछि पर्यटक पुगेर रमाउन थालेका छन् । उत्तरी अन्नपूर्ण गाउँपालिका–६, घारस्थित समुन्द्री सतहदेखि दुई हजार आठ सय ७४ मिटरको उचाइमा अवस्थित घोडेपानी तथा तीन हजार दुई सय १० मिटरमा रहेको पुनहिल आसपासको वन, जङ्गल क्षेत्रमा विभिन्न प्रजातिका गुराँस फुलेका छन् । नेपालमा ३१ प्रजातिका लालीगुराँस पाइने पहिचान भए पनि घोरेपानी क्षेत्रमा आठ प्रजातिका गुराँस फुल्ने गरेका छन् । लालीगुराँसकै छेडोबाट देखिने सेताम्ये हिमाल र मनमोहक प्राकृतिक छटामा मन्त्रमुग्ध हुँदै घुम्नेहरुको सङ्ख्या बाक्लो हुँदै गएको बेनी नगरपालिका–२ का स्थानीय नारायण सापकोटाको भनाइ छ । “जङ्गलैभरि लालीगुराँस र गुराँस हेर्नका लागि आएका आगन्तुकहरु मात्रै देखिन्छन् । कोही फोटो खिचिरहेका त कोही टिकटक बनाइरहेका हुन्छन्”, सापकोटाले भन्नुभयो । म्याग्दीका ग्रामीण क्षेत्रका जङ्गलमा यस वर्ष विगतका वर्षभन्दा राम्रोसँग लालीगुराँस फुलेको छ । राताम्ये फुलेका लालीगुराँसको लालिमाले हरियो वनजङ्गलमा थप सुन्दरता प्रदान गरेको छ । लालीगुराँससँगै रमाउने र तस्बिर खिचाउनेमा युवापुस्तामात्रै होइन, जनप्रतिनिधिदेखि लिएर राजनीतिक दलका नेता, कर्मचारी, विद्यालयका विद्यार्थी पनि छन् । विभिन्न कार्यक्रममा सहभागी हुन गाउँ गएकाबेला लालीगुराँस फुलेको ठाउँमा गाडी र मोटरसाइकल रोकेर तस्बिर खिचाउनमा राजनीतिक दल र जनप्रतिनिधि पनि व्यस्त देखिन्छन् । सामान्यतया चैत–वैशाखमा फुल्ने लालीगुराँस यस वर्ष साविकभन्दा पहिले नै फुलेर जङ्गल नै राताम्ये भएपछि लालीगुराँससँग रमाउन आन्तरिक पर्यटक डाँडामा पुग्ने गरेका छन् । फागुनको मध्यदेखि कोपिला लाग्न सुरु हुने लालीगुराँस यस वर्ष भने फागुनको दोस्रो सातामा नै ढकमक्क फुलेको हो । लालीगुराँस फुलेपछि फागुन र चैतमा वनजङ्गल रङ्गीविरङ्गी हुने र त्यसले सबैको मन लोभ्याउने गर्दछ ।
प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  १४:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सामान फिर्ता गर्न अनुरोध
सामान फिर्ता गर्न अनुरोध सोमबार, भदौ ३०, २०८२
महासचिव पोखरेलद्वारा केन्द्रीय कार्यालय अनुगमन
महासचिव पोखरेलद्वारा केन्द्रीय कार्यालय अनुगमन सोमबार, भदौ ३०, २०८२
क्षतिग्रस्त संरचनाको पुनर्निर्माण कोष खडा गर्ने योजनामन्त्री  घिसिङ घोषणा
क्षतिग्रस्त संरचनाको पुनर्निर्माण कोष खडा गर्ने योजनामन्त्री घिसिङ घोषणा सोमबार, भदौ ३०, २०८२
शिक्षण अस्पतालद्वारा २८ शवको शवपरीक्षण, २३ जनाको शव आफन्तले बुझे
शिक्षण अस्पतालद्वारा २८ शवको शवपरीक्षण, २३ जनाको शव आफन्तले बुझे सोमबार, भदौ ३०, २०८२
बाढीले मध्यपहाडी लोकमार्गको बुर्तिबाङ-पूर्वी रुकुम खण्ड अवरुद्ध
बाढीले मध्यपहाडी लोकमार्गको बुर्तिबाङ-पूर्वी रुकुम खण्ड अवरुद्ध सोमबार, भदौ ३०, २०८२
वक्यौता बापतको रकम उठाउने पहिलो निर्णय  : नवनियुक्त ऊर्जामन्त्री
वक्यौता बापतको रकम उठाउने पहिलो निर्णय : नवनियुक्त ऊर्जामन्त्री सोमबार, भदौ ३०, २०८२
टिपरको ठक्करबाट घाइते मोटरसाइकल चालकको मृत्यु
टिपरको ठक्करबाट घाइते मोटरसाइकल चालकको मृत्यु सोमबार, भदौ ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP