Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भारत–पाकिस्तान
  • #विश्वकप एसिया छनोट
  • #आइसिसी महिला टी–ट्वान्टी
  • #रामनाथ_अधिकारी
  • #कृषि तथा पशुपन्छी विकासमन्त्री
Search Here
समाचार
  • Home
  • समाचार
  • आँपमा मधुवा रोग लागेपछि किसान चिन्तित
आँपमा मधुवा रोग लागेपछि किसान चिन्तित
सम्झना राई
सम्झना राई सोमबार, चैत १३, २०७९
mango
RBB RBB
काठमाडौं– जिल्लाको उत्तरी क्षेत्रमा गरिएको व्यावसायिक आँप खेतीमा ढुसी लाग्न थालेपछि किसान चिन्तित भएका छन् । आँप खेतीमा ढुसी लाग्न थालेकाले जिल्लाका किसान चिन्तित बनेका हुन् । आँपको पात नै नदेखिने गरी बोटै ढपक्क ढाँकेर फुल्दा खुशी भइएकामा अहिले मजुराफूलमा मधुवा किराका कारण ढुसी लाग्न थालेकाले चिन्ता बढेको हरिवन नगरपालिका–२ का किसान रामपुकार महतोले बताए। उनका अनुसार मधुवा कीराले खाएर गुलियो लेसिलो पदार्थ आँपको मजुराफूलमा ओकलेपछि मजुराफूलमा ढुसी लागेर झर्ने र दाना नलाग्ने समस्या बढ्न थालेको हो । “पहाडमा लालीगुराँस फुलेझै आँपमा ढकमक्क मजुराफूल फूलेको देख्दा मन रमाएको थियो तर मजुराफूलमा ढुसीको प्रकोप देखिएपछि आशा निराशामा बदलिएको छ ।” उनले भने। हरिवन नगरपालिका–३ डाबरीका विनय आलेले पनि आफ्नो दसकठ्ठा जमिनमा लगाएको आँपका बोटमा मधुवा कीराको प्रकोप देखिएको बताए । उनले मधुवाका कारण मजुराफूल झरेर दाना नलागेकाले यसवर्ष आर्थिक समस्यामा परिने हो कि चिन्ताले पिरोलिरहेको बताए । ईश्वरपुर नगरपालिका–७ का रामखेवन महतोको आँप बगैँचामा पनि मधुवाको प्रकोप देखिएको छ । फागुन महिनाको अन्तिम सातादेखि मजुराफूलमा मधुवा कीराको प्रकोप देखिएकामा अहिले ढुसी देखिन थालेको उहाँको भनाइ थियोे । लालबन्दी नगरपालिका–१ स्थित बागबानी केन्द्रमा रहेको एक सय २० बिघा जमिनमा रहेका करिब छ हजार आँपका रुख सुरक्षित र स्वस्थ रहेको केन्द्रका निमित्त प्रमुख रामकुमार यादवले बताए । उनका अनुसार रोगका किरा र ढुसी लाग्न नदिन सुरुमै किराको प्रकोप नियन्त्रणको उपाय अपनाइएका कारण केन्द्रका आँपका रुख सुरक्षित रहेका हुन् । मजुराफूल फुल्नुअघि आँपको रुखको जरा वरिपरी खनेर पानी हाल्ने र फेददेखि ३ फिट माथिसम्मको भागमा चुन दल्ने प्राकृतिक उपचारले पनि मधुवा कीराको प्रकोप रोक्न सकिने कृषि ज्ञान केन्द्रका प्रमुख कमलदेवप्रसाद कुशवाहले बताए, उनले भने, “जिल्लाका प्रायः अधिकांश किसानले प्राविधिक ज्ञान विना नै विषादी प्रयोग गर्छन्, जुन पसलबाट विषादी ल्याएको हो, त्यही पसलेको सल्लाहअनुसार विषादी प्रयोग गर्दा कहिलेकाहीँ फल झर्ने र फूल डढ्नेजस्ता समस्यासमेत देखिने गर्छ ।” प्रमुख कुशवाहले बताए। मधुवा किराको प्रकोप देखापरेपछि विषादीबाहेक अर्को विकल्प नरहेकाले पीडित किसानले प्रक्रिया पु¥याइ कार्यालयमा आएमा औषधि एवम् प्राविधिक सहयोग उपलब्ध गराइने उक्त केन्द्रले जनाएको छ । जिल्लाको बलरा, हथिऔल, ईश्वरपुर तथा चुरेपर्वतीय भावर क्षेत्रको करिब आठ हजार हेक्टरभन्दा बढी जग्गामा व्यावसायिकरूपमा आँपखेती हुने गरेकामा ईश्वरपुर, लालबन्दी, हरिवन र बाग्मतीलगायत क्षेत्रमा भने मधुवा किराको प्रकोप देखिएको हो ।
प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  १३:३३
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप समाचार
गण्डकीमा ‘राइड सेयरिङ’लाई कानुनी मान्यता
गण्डकीमा ‘राइड सेयरिङ’लाई कानुनी मान्यता बुधबार, वैशाख ३१, २०८२
साउदी अरबमा अलपत्र परेका नेपालीको उद्धार गर्न माग
साउदी अरबमा अलपत्र परेका नेपालीको उद्धार गर्न माग बुधबार, वैशाख ३१, २०८२
गैरआवासीय नेपाली सङ्घलाई एकताबद्ध, मर्यादित र उद्देश्यकेन्द्रित बनाउन प्रधानमन्त्रीको आग्रह
गैरआवासीय नेपाली सङ्घलाई एकताबद्ध, मर्यादित र उद्देश्यकेन्द्रित बनाउन प्रधानमन्त्रीको आग्रह बुधबार, वैशाख ३१, २०८२
सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्णः राष्ट्रपति
सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्णः राष्ट्रपति बुधबार, वैशाख ३१, २०८२
तामाखानी उत्खननका लागि खोजतालस सुरु
तामाखानी उत्खननका लागि खोजतालस सुरु बुधबार, वैशाख ३१, २०८२
पैतीस वर्षपछि २६ परिवारले पाए जग्गाधनी प्रमाणपत्र
पैतीस वर्षपछि २६ परिवारले पाए जग्गाधनी प्रमाणपत्र बुधबार, वैशाख ३१, २०८२
निभाइयो मखनटोलमा लागेको आगो
निभाइयो मखनटोलमा लागेको आगो बुधबार, वैशाख ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP