Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #किम_जु
  • #किम_जोङ_उन
  • #इजरायल_रोजगार
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
  • #भेडाच्याङ्ग्रा
  • #नेपाल प्रहरी
  • #जेनजी_आन्दोलन
  • #आईसीटी
Search Here
समाचार
  • Home
  • समाचार
  • कोशी मुद्दा संघीय संसद्मा
कोशी मुद्दा संघीय संसद्मा
सम्झना राई
सम्झना राई सोमबार, चैत १३, २०७९
koshi-pradesh
Hardik health
  - संघीय गणतन्त्रमा पहिचान माग्नेको हत्या गर्नु दुःखद् : अशोक राई - संसद्मा अंकगणित मात्रै होइन, जनभावना पनि ख्याल गरियोस् : सिके राउत - सरकार र दलहरूले कोशी समस्याको समाधान छिटो गरोस् : दुर्गा राई जेबी योञ्जन काठमाडौं– प्रदेशको नाम ‘कोशी’ खारेज गरेर ऐतिहासिक पृष्ठभूमिको आधारमा पुनः नामांकनको मागसहित पहिचानवादीहरूले गरेको आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै सरकारको चर्को आलोचना भएको छ । प्रहरी दमनले पहिचानवादीहरूको आन्दोलन निस्तेज नहुने संघीय सांसदहरूले बताएका छन् । पहिचानवादी आन्दोलनकारी लाजेहाङ सुक्वाबा भनिने पदम लिम्बूको यही ५ चैतमा प्रदेश राजधानी विराटनगरमा मृत्यु भएको थियो । पहिचानवादीहरुको प्रदर्शनका क्रममा गम्भीर घाइते भई उपचाररत उनको मृत्यु भएपछि आन्दोलन थप चर्कने संकेत देखिएको छ । यो घटनाले अहिले राष्ट्रिय राजनीति तताएको छ । यहीबीच प्रतिनिधिसभामा सांसदरूले यो विषयलाई महŒवका साथ उठाएका छन् । जनता समाजवादी पार्टी (जसपा)का सांसद अशोककुमार राईले देश संघीय गणतन्त्रमा आइपुग्दा पनि पहिचान माग्नेहरूमाथि प्रहरीले दमन गरेर हत्या गर्नु दुःखद् भएको बताए । उनले यस्ता खालका घटना शृंखलाहरूको अन्त्य हुनुपर्नेमा जोड दिए । ‘यही लोकतन्त्रभित्र, गणतन्त्र र संघीयताभित्र पहिचान माग्ने आन्दोलनकारीको ज्यान लिने शृंखलाको एउटा कडी फेरि थपिनु अत्यन्तै दुःखद् छ । निन्दनीय छ । यस्ता घटनाका शृंखलाको अन्त्य हुनुपर्छ,’ सांसद राईले आइतबार संसद् बैठकमा भने । प्रदेशसभाको दुई तिहाइ बहुमतले १७ फागुनमा प्रदेशको नाम ‘कोशी’ पारित गरेपछि पहिचानवादीहरू आन्दोलित छन् । उनीहरूले आइतबार प्रदेशको १४ वटै जिल्लामा एक घण्टा चक्काजाम गरेका छन् । उनीहरूले आन्दोलनकै क्रममा लाजेहाङ गुमाएपछि सरकारलाई चेतावनी दिँदै भनेका पनि छन्, ‘राजनीतिक बद्ला लिन्छौं ।’ मुख्यमन्त्री हिक्मतकुमार कार्की, नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, सोही प्रदेशका कांग्रेस संसदीय दलका नेता उद्धव थापासहित ८२ जना सांसदको विरोध गरिरहेका छन् । मुख्यमन्त्री कार्की र आङ्बो सवार गाडीमा यसअघि नै पहिचानवादी आन्दोलनकारीहरूले तोडफोड गर्दै आक्रमणको प्रयास गरेका छन् । नामलाई लिएर पहिचानवादीहरूको आन्दोलन यसरी हिंसात्मक बन्दै गएका बेला माओवादीकी प्रतिनिधिसभा सदस्य दुर्गा राईले आन्दोलनकारीहरूको जायज माग सम्बोधन गर्न सरकारले ढिला गर्न नहुने बताइन् । उनले दिवंगत लाजेहाङलाई सहिद घोषणा माग गर्दै उनको परिवारलाई परिपुरण र क्षतिपूर्ति दिलाउन माग गरिन् । उनका अनुसार प्रदेशको पुनः नामाकरणबारे सबै दल जिम्मेवार हुनुपर्छ । ‘प्रदेशमा देखिएको द्वन्द्वको समाधान एउटै पार्टी र सरकारले गर्न सक्ने अवस्था छैन,’ उनले बैठकमा भनिन्, ‘त्यसैले सरकार र दलहरू जिम्मेवार बनोस् । चाँडोभन्दा चाँडो सम्वादमार्फत समस्याको समाधान गरियोस् ।’ प्रदेशको नाम ‘कोशी’ राख्न नेकपा एमाले, कांग्रेस, माओवादी र राप्रपा जिम्मेवार छन् । १७ फागुनमा एमालेका ४० जना, कांग्रेसका २९ जना, माओवादीका १३ जना र राप्रपाका छ जना गरी ८२ जना सांसदले कोशी नामसम्बन्धी प्रस्ताव पारित गरेका थिए । त्यहीँदेखि प्रदेश द्वन्द्वमा फसेको हो । पहिचानवादी आन्दोलनकारीहरूले प्रदेशको नाम ‘किरात–लिम्बूवान’ हुने माग अघि सार्दै आएका छन् । तर, अहिले प्रदेश संसद्मा प्रतिनिधित्व गर्ने दलहरूले उनीहरूको माग सुनुवाइ गर्ने छाँट देखाएका छन् । अर्कातिर पहिचानवादीहरू सरकारलाई चौतर्फी दबाब बढाउँदै छन् । उनीहरूले प्रदेशको नाम ‘कोशी’ लेखिएका सरकारी कार्यालयकै बोर्डहरू धेरै ठाउँमा तोडफोड गरिसकेका छन् । आइतबार इलामको चुलाचुली गाउँपालिकाको ‘कोशी प्रदेश’ उल्लेखित कागजातहरूले जलाइ दिएका छन् । वडादेखि स्थानीय तहसम्मका कार्यालयहरूमा ताला लगाउनेदेखि आम हट्तालसम्म गर्दै आएका छन् । आन्दोलन चर्काउँदै पहिचानवादीहरू अगाडि बढिरहँदा छिटोभन्दा छिटो नामलाई लिएर भइरहेको द्वन्द्वको व्यवस्थापनमा सांसदहरूले आवाज उठाएका हुन् । जनमत पार्टीका सांसद डा. चन्द्रकान्त राउत (सिके)ले पनि ‘कोशी’ प्रदेशमा जनभावनाभन्दा पनि अंकगणितको खेलले द्वन्द्व निम्तिएको बताए । ‘कोशीमा जुन भइरहेको छ पहिचानको आन्दोलन । यसलाई सम्बोधन गर्न सरकार गम्भीर होस्,’ उनले भने, ‘खाली अंकगणितको खेल खेलिएको छ । जनभावना अनुसार पुनः नामाकरण होस् ।’ कोशी समस्याबारे बोल्ने माओवादीकी सांसद दुर्गा राई, जसपा सांसद अशोककुमार राई र जनमत अध्यक्ष राउत पहिचानको आन्दोलनमै छन् । तर, दुर्गा आबद्ध दल माओवादीका कोशी संसद्का सांसदहरूले भने कोशी नाममा मतदान गरेका थिए । यद्यपि, दुर्गाले नामबारे विमती जनाएकी हुन् । तर, कांग्रेस, एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सहितका दलका सांसदहरू भने कोशी समस्याबारे मौन रहे । ०००बक्स०० आन्दोलन ‘असंवैधानिक’ भएको टिप्पणी प्रदेशको ‘कोशी’ नामाकरणलाई लिएर भइरहेको पहिचानवादीहरूको आन्दोलनलाई एमाले, कांग्रेस, माओवादी र राप्रपाले असंवैधानिक गतिविधि भएको टिप्पणी गरेका छन् । यस्ता गतिविधि तत्काल बन्द गर्न यी दलहरूको आग्रह छ । आन्दोलनले सामाजिक सद्भावमा खलल पुग्ने पनि भनिएको छ । पहिचानवादीहरूको आन्दोलन चर्किंदै जाँदा आइतबार जारी विज्ञप्तिमा भनिएको छ, ‘नामाकरणको विषयलाई लिएर भइरहेका सामाजिक सद्भावमा खलल पुग्ने तथा असंवैधानिक गतिविधि तत्काल बन्द गरी शान्तिपूर्ण ढंगबाट आफ्ना मत र मुद्दालाई स्थापित गर्न तथा सम्वाद, वार्ता र छलफलको माध्यमबाट समस्याको समाधान सरकारलगायत सम्बन्धित सबै पक्षलाई हार्दिक अपिल गर्दछौं ।’ प्रदेशका एमाले अध्यक्ष तुलसीप्रसाद न्यौपाने, कांग्रेस सभापति उद्धव थापा, माओवादी सचिव गणेश उप्रेती र राप्रपा अध्यक्ष राम थापाले विज्ञप्ति जारी गरेका हुन् । उनीहरूले दलहरूबीच वृहत्तर सहमति र प्रदेश संसद्को भारी बहुमतले नाम ‘कोशी’ राखिएको भन्दै अब पुनःनामाकरण गर्नुपरे संवैधानिक प्रक्रिया अपनाउन जोड दिएका छन् । यो अभिव्यक्तिलाई आधार मान्दा कोशी नाम राख्ने चार दलको पुनः नामाकरणमा अरुचि छ ।  
प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  १०:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सामान फिर्ता गर्न अनुरोध
सामान फिर्ता गर्न अनुरोध सोमबार, भदौ ३०, २०८२
महासचिव पोखरेलद्वारा केन्द्रीय कार्यालय अनुगमन
महासचिव पोखरेलद्वारा केन्द्रीय कार्यालय अनुगमन सोमबार, भदौ ३०, २०८२
क्षतिग्रस्त संरचनाको पुनर्निर्माण कोष खडा गर्ने योजनामन्त्री  घिसिङ घोषणा
क्षतिग्रस्त संरचनाको पुनर्निर्माण कोष खडा गर्ने योजनामन्त्री घिसिङ घोषणा सोमबार, भदौ ३०, २०८२
शिक्षण अस्पतालद्वारा २८ शवको शवपरीक्षण, २३ जनाको शव आफन्तले बुझे
शिक्षण अस्पतालद्वारा २८ शवको शवपरीक्षण, २३ जनाको शव आफन्तले बुझे सोमबार, भदौ ३०, २०८२
बाढीले मध्यपहाडी लोकमार्गको बुर्तिबाङ-पूर्वी रुकुम खण्ड अवरुद्ध
बाढीले मध्यपहाडी लोकमार्गको बुर्तिबाङ-पूर्वी रुकुम खण्ड अवरुद्ध सोमबार, भदौ ३०, २०८२
वक्यौता बापतको रकम उठाउने पहिलो निर्णय  : नवनियुक्त ऊर्जामन्त्री
वक्यौता बापतको रकम उठाउने पहिलो निर्णय : नवनियुक्त ऊर्जामन्त्री सोमबार, भदौ ३०, २०८२
टिपरको ठक्करबाट घाइते मोटरसाइकल चालकको मृत्यु
टिपरको ठक्करबाट घाइते मोटरसाइकल चालकको मृत्यु सोमबार, भदौ ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP