Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #किम_जु
  • #किम_जोङ_उन
  • #इजरायल_रोजगार
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
  • #भेडाच्याङ्ग्रा
  • #नेपाल प्रहरी
  • #जेनजी_आन्दोलन
  • #आईसीटी
Search Here
समाचार
  • Home
  • समाचार
  • प्रदर्शनकारीसँग वार्ता गरी समस्या समाधान गर्न सांसदको माग
प्रदर्शनकारीसँग वार्ता गरी समस्या समाधान गर्न सांसदको माग
सम्झना राई
सम्झना राई आइतबार, चैत १२, २०७९
parliament
Hardik health
काठमाडौं– प्रतिनिधिसभाको बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद दुर्गा राईले कोशी प्रदेश नामकरण विरोध गर्ने प्रदर्शनकारीसँग वार्ता र संवाद गरी समस्याको समाधान गर्न माग गरेको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उहाँले सो आन्दोलनका क्रममा घाइते भई निधन हुनुभएका लाजेहाङ लिम्बु (पदम लिम्बू) को सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले स्व लिम्बूलाई शहीद घोषणा गर्न र निजका परिवारलाई उचित क्षतिपूर्ति दिनसमेत माग गर्नुभयो । यो राजनीतिक विषय भएकाले सबै राजनीतिक दलको चासोको विषय हुनुपर्ने सांसद राईको भनाइ थियो । बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद निशा डाँगीले प्रतिनिधिसभा नियमावली कहिले पारित हुन्छ र संसदीय समिति कहिले गठन हुन्छ भनी प्रश्न गर्नुभयो । साथै उहाँले प्रधानमन्त्री एक्लैले १६ मन्त्रालयको जिम्मेवारी सम्हालेको अवस्थामा जनचासोका विषय कसरी प्रभावकारीरुपमा सम्बोधन होलान् भन्नुभयो । सांसद डाँगीले झापाको भद्रपुर अस्पतालमा कतिपय कर्मचारीको दरबन्दी रिक्त रहेकाले र जनताले सेवा पाउन कठिनाइ भएको बताउँदै प्रभावकारी सेवा प्रदान गर्नका लागि उचित व्यवस्था गर्न माग गर्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले मुलुकमा आवश्यक रोजगारीका अवसर नहुँदा कामको खोजीमा लाखौँ युवा विदेशिन बाध्य भएको बताउँदै रोजगारीका लागि विशेष कार्यक्रम ल्याउन सरकारसँग आग्रह गर्नुभयो । जनता समाजवादी पार्टी नेपालका सांसद नवलकिशोर साह सुडीले मुलुकको ठूलो जनसङ्ख्या कृषि पेशामा आबद्ध रहे पनि राज्यबाट उचित राहत पाउन नसक्दा र समयमै मल र बिउ पाउन नसक्दा अर्बौंको खाद्यान्न आयात गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । साथै उहाँले लाखौँ नेपाली नागरिकताबाट बञ्चित हुनुपरेको अवस्थामा नागरिकतासम्बन्धी विधेयक छिटो ल्याउन आग्रह गर्नुभयो । नेकपा ९एकीकृत समाजवादी० का सांसद भानुभक्त जोशीले बझाङमा भूकम्पबाट स्थानीयको घरमा भएको क्षतिका सम्बन्धमा हालसम्म क्षतिपूर्ति पाउन नसकेकाबारे सरकारको ध्यानाकर्षण गराउनुभयो । साथै उहाँले बेमौसमी वर्षाले भएको धनजनको क्षतिका सम्बन्धमा जनताले हालसम्म पनि उचित क्षतिपूर्ति पाउन नसकेको बताउँदै तत्काल माग सुनुवाइका लागि आग्रह गर्नुभयो । जनमत पार्टीका सांसद डा चन्द्रकान्त राउतले संविधानमा राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एक जना महिला हुनुपर्ने भावना रहे पनि उपराष्ट्रिपतिको निर्वाचनमा महिलाको प्रतिनिधित्व हुन नसकेको गुनासो गर्नुभयो । बैठकको विशेष समयमा नागरिक उन्मुक्ति पार्टीका सांसद रञ्जिता श्रेष्ठले राज्यका निकायको काम गर्ने शैली हेर्दा माग राखेरै आफ्नो सांसदको कार्यकाल सकिने हो कि भनी चिन्ता व्यक्त गर्नुभयो । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सीमामा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न खुला सिमानालाई व्यवस्थित गर्न माग गर्नुभयो ।
प्रकाशित मिति: आइतबार, चैत १२, २०७९  १५:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सामान फिर्ता गर्न अनुरोध
सामान फिर्ता गर्न अनुरोध सोमबार, भदौ ३०, २०८२
महासचिव पोखरेलद्वारा केन्द्रीय कार्यालय अनुगमन
महासचिव पोखरेलद्वारा केन्द्रीय कार्यालय अनुगमन सोमबार, भदौ ३०, २०८२
क्षतिग्रस्त संरचनाको पुनर्निर्माण कोष खडा गर्ने योजनामन्त्री  घिसिङ घोषणा
क्षतिग्रस्त संरचनाको पुनर्निर्माण कोष खडा गर्ने योजनामन्त्री घिसिङ घोषणा सोमबार, भदौ ३०, २०८२
शिक्षण अस्पतालद्वारा २८ शवको शवपरीक्षण, २३ जनाको शव आफन्तले बुझे
शिक्षण अस्पतालद्वारा २८ शवको शवपरीक्षण, २३ जनाको शव आफन्तले बुझे सोमबार, भदौ ३०, २०८२
बाढीले मध्यपहाडी लोकमार्गको बुर्तिबाङ-पूर्वी रुकुम खण्ड अवरुद्ध
बाढीले मध्यपहाडी लोकमार्गको बुर्तिबाङ-पूर्वी रुकुम खण्ड अवरुद्ध सोमबार, भदौ ३०, २०८२
वक्यौता बापतको रकम उठाउने पहिलो निर्णय  : नवनियुक्त ऊर्जामन्त्री
वक्यौता बापतको रकम उठाउने पहिलो निर्णय : नवनियुक्त ऊर्जामन्त्री सोमबार, भदौ ३०, २०८२
टिपरको ठक्करबाट घाइते मोटरसाइकल चालकको मृत्यु
टिपरको ठक्करबाट घाइते मोटरसाइकल चालकको मृत्यु सोमबार, भदौ ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP