Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अन्तर्राष्ट्रिय मातृभाषा दिवस
  • #विमला_घिमिरे
  • #प्रियतम
  • #साके एन्ड फेंग
  • #श्वेत र काल
  • #उज्यालो नेपाल पार्टी
  • #शेर्पा_समुदाय
  • #रामचन्द्र_पौडेल
  • #राष्ट्रपति
Search Here
समाचार
  • Home
  • समाचार
  • विकासको पर्खाइमा ‘सूर्य ओढार’
विकासको पर्खाइमा ‘सूर्य ओढार’
आइतबार, चैत १२, २०७९
Untitled-1
Hardik health
काठमाडौं– अर्घाखाँची–कपिलवस्तुको सीमा नजिकै पर्छ सूर्य ओढार । बाणगङ्गा क्षेत्रको पूर्व–पश्चिम राजमार्गबाट उत्तरी क्षेत्रको जङ्गली एरिया कटेर सूर्य ओढार पुग्न सकिन्छ । विगतमा खासै चर्चामा नआएको यो स्थान पछिल्लो समय चर्चामा आएको छ । कपिलवस्तुसँगै सीमा जोडिएको अर्घाखाँचीको शीतगङ्गा नगरपालिका वडा नं १४ पावरा–विक्रम गाउँ नजिकै छ सो स्थान रहेको छ । स्थानीयले सूर्य ओढारका रूपले चिन्ने गरे पनि यसको महत्व बुद्धसँग जोडिन पुगेको जनाइएको छ । बुद्धसँग सम्बधित रहेर यसको खोज र अनुसन्धानमा लाग्नुभएका पोमनारायण पौडेल सूर्य ओढारका रूपमा चिनिने यो स्थान बुद्धको देशनालय रहेको बताउनुहुन्छ । लुम्बिनी बौद्ध विश्वविद्यालयका विद्यार्थीसमेत रहनुभएका उहाँ भन्नुहुन्छ, “कपिलवस्तु महावन क्षेत्र हो, जसअन्तर्गत यस ठाउँ बुद्धले त्यस बेलाका देवता र दानवलाई देशना गरेको हिसाबले यो ठाउँ महत्वपूर्ण छ । शाक्यमुनी गौतम बुद्धले जेष्ठ पूर्णिमाको राति यहाँ देशना गर्नुभएको थियो ।” महासमय सूत्र बुद्धकालीन समयमा सुनाउने सूत्र हो । बुद्धले बुद्धत्व प्राप्त गरेको पवित्र कपिलवस्तु भूमिमा देवतादेखि दानवसम्मलाई महासमय सूत्र सुनाउने गर्नुहुन्थ्यो । त्यो सुनाउने स्थान कपिलवस्तु महावन हो । यो महावनलाई व्याख्या गरिएअनुसार पर्वत शृङ्खला नजिकै, एक नदी र गुफा क्षेत्र रहेको बौद्धग्रन्थमा उल्लेख रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार त्रिपिटकमा गरिएको ब्याख्याअनुसार कपिलवस्तु महावनमा बुद्धले देशना गरेको र जहाँ युगान्दर पर्वत, भागीरथि नदी र एक गुफा रहेको भन्ने छ । यो स्थान कपिलवस्तुका अन्य कुनै स्थानमा नभएकाले ब्याख्या गरिएअनुसार सबै कुरा यहाँ मिलेको उहाँले दाबी गर्नुभयो । सूर्य ओढार पहाड नजिकै छ । यसको नजिकै भागीरथि नदी ९बाणगङ्गा० बग्छ भने एक गुफा यसलाई सूर्य ओढारका नामले चिनिन्छ । बौद्धग्रन्थमा उल्लेख भएअनुसार यस ठाउँको खोज र अनुसन्धानमा विद्वानहरू लागिपरेका छन् । विपस्यनाका वरिष्ठ सहायक आचार्य अक्कलध्वज गुरुङका अनुसार कपिलवस्तु महावन भागीरथि नदीको आसपास भएको बताउनुभयो । जीवनभर बुद्धका अध्ययनमा लाग्नुभएका अनुसार कपिलवस्तु महावनमा बुद्धले गरेको देशनालयस्थल सूर्य गुफा नै हो । बुद्धले २९ वर्ष विताएको तिलौराकोट र बुद्धले बुद्धत्व प्राप्त गरी फर्केर आएको कुदानको ठीक उत्तरमा यो क्षेत्र पर्छ । तिलौराकोटमा हाल उत्खनन भइरहेको छ । यसक्रममा बौद्धकालीन संरचना थप भेटिने क्रममा छन् । पौराणिककालमा भागीरथी नदीले चिनिएको बाणगङ्गा नदी नजिकै रहेको तिलौराकोट र बुद्धले देशना गरेको उत्तर क्षेत्रको भागीरथी नदी नजिकै सूर्य गुफा परेका कारण यसको तथ्यलाई थप पुष्टि गरेको शीतगङ्गा नगरपालिकाका पूर्व उपप्रमुख टीका रेश्मीले बताउनुभयो । पावरा–विक्रमका गाउँलेहरूले सूर्य उदाएको देखिएपछि यस ठाउँलाई सूर्य ओढार नामकरण गरेका थिए । स्थानीयबाहेक खासै चर्चामा नआएको यो गुफा बुद्धसँग जोडिएपछि थप चर्चामा आएको छ । बुद्धको खोज र अनुसन्धान भइरहँदा कतिपय किताबमा उल्लेख भएका तथ्य खोज्ने अभियानमा अभियान्ता लागिपरेका छन् । यसले सूर्य ओढारको क्षेत्रलाई बुद्धको देशनालयसँग जोडेको हो । फागुनको दोस्रो हप्ता यहाँ ४० भिक्षुलगायत दर्शनौँको सङ्ख्यामा बौद्ध अनुयायी आएका थिए । उनीहरूले यसलाई थप पुष्टि गर्ने आधार खोजेका थिए । बहुसङ्ख्यक थाईलगायत विभिन्न देशका भिक्षु उपस्थित रहेको त्यस दिन सूर्य ओढारको अवलोकन गर्नुका साथै आगामी दिनमा यहाँ गर्नुपर्ने विकासबारे चर्चा गरिएको थियो । यसको प्रचार–प्रसारको मुख्य अगुवाइ शीतगङ्गा नगरपालिकाका पूर्व उपप्रमुख रेश्मीले गर्नुभएको छ । यसको विकास र प्रचार–प्रसारका लागि भिक्षुलगायत बुद्धका अनुयायीको अवलोकन महत्वपूर्ण रहेको उहाँले जनाउनुभयो । भिक्षुसँगै आएका बौद्ध अनुयायीले यहाँको अवलोकन गर्दै वास्तविकता पत्ता लगाउने कोसिस गर्नु यस क्षेत्रका लागि महत्वपूर्ण अवसर भएको उहाँले बताउनुभयो । बाणगङ्गा नगरपालिका–८ निवासीसमेत रहनुभएका पोमनारायण पौडेलले सूर्य ओढारसम्म पुग्ने बाटोको विकास महत्वपूर्ण रहेको बताउनुभयो । त्यहाँ पुग्ने बाटो कच्ची भएको र थप बाटो विस्तार गर्न जङ्गली क्षेत्र रहेकाले वनसँग समन्वय गरी बाटोको थप विस्तार गर्नुपर्नेमा उहाँको जोड छ । देशनालयका लागि त्यहाँ पुग्ने भिक्षुलाई बस्ने प्रबन्ध नभएकोसमेत उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ,“खुला आकाशमुनि ध्यान गर्दा घामपानी, हावाहुरी र वर्षाले प्रभाव पार्ने हुँदा केही संरचना तत्काल निर्माण गर्नुपर्छ ।” पावरा विक्रमका स्थानीय भीमबहादुर बुढाले आँखै अगाडि रहेको क्षेत्रको विकासका लागि आफूहरू कम्मर कसेर लाग्ने बताउनुभयो । बुद्धकालीन सभ्यतासँग जोडिएको भूगोल भएकाले यसको विकास के–कसरी गर्न सकिन्छ सरोकारवालासँग मिलेर अगाडि बढ्ने उहाँले जनाउनुभयो ।
प्रकाशित मिति: आइतबार, चैत १२, २०७९  १०:३५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सिन्धुलीमा  झडप, सात घाइते
सिन्धुलीमा झडप, सात घाइते सोमबार, फागुन ११, २०८२
धादिङमा भएको बस दुर्घटनालाई लिएर गृहमन्त्रालयमा आकस्मिक बैठक
धादिङमा भएको बस दुर्घटनालाई लिएर गृहमन्त्रालयमा आकस्मिक बैठक सोमबार, फागुन ११, २०८२
सवारी सुरक्षाका लागि ‘मापसे’ जाँचमा प्रहरी सक्रिय
सवारी सुरक्षाका लागि ‘मापसे’ जाँचमा प्रहरी सक्रिय सोमबार, फागुन ११, २०८२
सियोलमा नेपाली राजदूत डा तुम्बाहाङफे सम्मानित
सियोलमा नेपाली राजदूत डा तुम्बाहाङफे सम्मानित सोमबार, फागुन ११, २०८२
धादिङ बस दुर्घटना : २२ घाइतेको काठमाडौँमा उपचार हुँदै, थप १ को मृत्यु
धादिङ बस दुर्घटना : २२ घाइतेको काठमाडौँमा उपचार हुँदै, थप १ को मृत्यु सोमबार, फागुन ११, २०८२
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकद्वारा दुई वटा निर्णय
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकद्वारा दुई वटा निर्णय सोमबार, फागुन ११, २०८२
पर्साको वीरगञ्‍ज महानगर क्षेत्रमा कर्फ्यू आदेश जारी
पर्साको वीरगञ्‍ज महानगर क्षेत्रमा कर्फ्यू आदेश जारी सोमबार, फागुन ११, २०८२
लोकप्रिय
  • Week
  • Month
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP