Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अन्तर्राष्ट्रिय मातृभाषा दिवस
  • #विमला_घिमिरे
  • #प्रियतम
  • #साके एन्ड फेंग
  • #श्वेत र काल
  • #उज्यालो नेपाल पार्टी
  • #शेर्पा_समुदाय
  • #रामचन्द्र_पौडेल
  • #राष्ट्रपति
Search Here
समाचार
  • Home
  • समाचार
  • पर्यटक भित्र्याउन पदमार्गको प्रयोग
पर्यटक भित्र्याउन पदमार्गको प्रयोग
बिहीबार, चैत ९, २०७९
lokmarga
Hardik health
धनकुटा– धनकुटा नगरपालिकाले आफ्नो बजार क्षेत्रमा पर्यटक भित्र्याउन पदमार्गकलाई विकास गर्ने भएको छ । पुरानो पुस्ताको समयमा धरानबाट धनकुटासम्म नुन बोक्न प्रयोग गरिएको बाटोलाई पदमार्गका रुपमा विकास गर्न लागेको हो । स्थानिय आठपहरिया जातीको ऐतिहासिक महत्वसमेत बेकेको अक्कर भिर क्षेत्रमा रहेको यो क्षेत्रमा सडक निर्माण गर्न नसकिने भएकाले ती जातीले वार्षिकरुपमा तीर्थ जानका लागि बाहेक यो बाटो प्रयोगमा छैन । कोशी राजमार्गको साँगुरीगढी गाउँपालिका र उक्त नगरपालिकाको सिमानामा रहेको मूलघाट सडक खण्डबाट करिब नौ किलोमिटरको दूरीमा धनकुटा बजार रहे पनि भौगोलिक कठिनाइले हाल १७ किलोमिटर पार गरेर बजार पुग्नुपर्ने हुन्छ । यही भौगोलक कठिनाइका कारण पूर्वकै प्रमुख पर्यटकीय क्षेत्रका रुपमा रहेको साँगुरीगढी गाउँपालिकाको भेडेटार, नमस्ते झरना हुँदै मूलघाटसम्म दैनिक आउने सयौँ पर्यटक धनकुटासम्म पुग्न सकेका छैनन् । यही भौगोलिक कठिनाइलाई पदमार्गका माध्यमबाट पर्यटक भित्र्याउन नगरले मूलघाटको तमोर नदी किनारबाट अक्करको भिर वडा नं ८ को टेकुनाला गाउँ हुँदै बजारसम्म जाने पदमार्ग निर्माण सुरु गरिएको हो । यो पदमार्ग नगरमा मात्र प्रमुख थातथलो भएका अल्पसङ्ख्यक सिमान्तकृत आठपहरिया जातिको आदिमकालदेखि हिँडेर सुनसरीको कोका खोला र बराहक्षेत्र तीर्थ जाने बाटो हो । यी जातिको समुदायमा वर्षभरि मृत्यु भएकाहरुका आफन्त यसै स्थानको चिरबिरे चौतारामा भेला भएर कार्तिके पूर्णिमाको तिथिमा चार दिनका लागि बराह क्षेत्रमा दुःख प्रकट गर्न जाने गर्दछन् । आठपहरिया जातिको संस्कृतिसमेतलाई प्रवद्र्धन गर्दै पर्यटक भित्र्याउन जीविकोपार्जन पुनरुत्थानका लागि दीगो पर्यटन परियोजनाको सहकार्यमा टेकुनाला गाउँको पुछार चिरबिरे चौतारासम्मको पदमार्ग निर्माणको काम सकिएको छ । क्रमागत योजनाअन्तर्गत मङ्सिरमा काम सुरु गरी फागुन मसान्तमा पहिलो चरणको चार सय मिटर पदमार्ग निर्माणको काम सकिएको उपभोक्ता समितिका अध्यक्ष रत्नबहादुर राईले जानकारी दिए । नगरपालिकाको रु २० लाख, पर्यटन परियोजनाको रु १० लाख र उपभोक्ता समितिको रु चार लाख ५५ हजार गरी कूल रु ३८ लाख ५५ हजारको लागतमा पदमार्गको काम सम्पन्न भएको नगरपालिकाको आर्थिक विकास शाखाका प्रमुख विकास अधिकारीले जानकारी दिए । वडा नं ९ स्थित मूलघाट र धनकुटे खोला दोभानबाट दक्षिण र उत्तरतर्फ निर्माणाधीन उक्त पदमार्ग पूरा गर्न करिब रु दुई करोडको बजेट आवश्यक रहेको अधिकारीले जानकारी दिए। पाँच वर्षमा पूरा गर्ने लक्ष्य राखिएको उक्त पदमार्गसँगै आठपहरिया जातिको घरबास (होमस्टे) सञ्चालन गरिने नगर प्रमुख चिन्तन तामाङले जानकारी दिए । “तमोर नदी र मूलघाटसम्म आउने पर्यटकलाई आठपहरियाहरुको संस्कृति देखाउँदै नगरमा पर्यटक भित्र्याउने पदमार्गको लक्ष्य हो”, तामाङले भने, “यो चार किलोमिटरको पदमार्ग पुरा भएपछि टेकुनाला गाउँबाट कच्ची सडक हुँदै सबै खालका साना सवारी साधनबाट करिब तीन किमिको दूरीमा रहेको धनकुटा बजार जान सक्नेछन् ।” पदमार्ग भएर आउने पर्यटकले तमोर नदी क्षेत्रको मनोरम दृष्य, भौगोलिक विकटताको दृष्यावलोकन र सघन बसोबास क्षेत्र रहेको आठपहरिया जातीको रहनसहन तथा संस्कृतिको अध्ययन गर्न पाउनेछन् ।  
प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  १५:११
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सिन्धुलीमा  झडप, सात घाइते
सिन्धुलीमा झडप, सात घाइते सोमबार, फागुन ११, २०८२
धादिङमा भएको बस दुर्घटनालाई लिएर गृहमन्त्रालयमा आकस्मिक बैठक
धादिङमा भएको बस दुर्घटनालाई लिएर गृहमन्त्रालयमा आकस्मिक बैठक सोमबार, फागुन ११, २०८२
सवारी सुरक्षाका लागि ‘मापसे’ जाँचमा प्रहरी सक्रिय
सवारी सुरक्षाका लागि ‘मापसे’ जाँचमा प्रहरी सक्रिय सोमबार, फागुन ११, २०८२
सियोलमा नेपाली राजदूत डा तुम्बाहाङफे सम्मानित
सियोलमा नेपाली राजदूत डा तुम्बाहाङफे सम्मानित सोमबार, फागुन ११, २०८२
धादिङ बस दुर्घटना : २२ घाइतेको काठमाडौँमा उपचार हुँदै, थप १ को मृत्यु
धादिङ बस दुर्घटना : २२ घाइतेको काठमाडौँमा उपचार हुँदै, थप १ को मृत्यु सोमबार, फागुन ११, २०८२
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकद्वारा दुई वटा निर्णय
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकद्वारा दुई वटा निर्णय सोमबार, फागुन ११, २०८२
पर्साको वीरगञ्‍ज महानगर क्षेत्रमा कर्फ्यू आदेश जारी
पर्साको वीरगञ्‍ज महानगर क्षेत्रमा कर्फ्यू आदेश जारी सोमबार, फागुन ११, २०८२
लोकप्रिय
  • Week
  • Month
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP