Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #किम_जु
  • #किम_जोङ_उन
  • #इजरायल_रोजगार
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
  • #भेडाच्याङ्ग्रा
  • #नेपाल प्रहरी
  • #जेनजी_आन्दोलन
  • #आईसीटी
Search Here
समाचार
  • Home
  • समाचार
  • पर्यटक भित्र्याउन पदमार्गको प्रयोग
पर्यटक भित्र्याउन पदमार्गको प्रयोग
सम्झना राई
सम्झना राई बिहीबार, चैत ९, २०७९
lokmarga
Hardik health
धनकुटा– धनकुटा नगरपालिकाले आफ्नो बजार क्षेत्रमा पर्यटक भित्र्याउन पदमार्गकलाई विकास गर्ने भएको छ । पुरानो पुस्ताको समयमा धरानबाट धनकुटासम्म नुन बोक्न प्रयोग गरिएको बाटोलाई पदमार्गका रुपमा विकास गर्न लागेको हो । स्थानिय आठपहरिया जातीको ऐतिहासिक महत्वसमेत बेकेको अक्कर भिर क्षेत्रमा रहेको यो क्षेत्रमा सडक निर्माण गर्न नसकिने भएकाले ती जातीले वार्षिकरुपमा तीर्थ जानका लागि बाहेक यो बाटो प्रयोगमा छैन । कोशी राजमार्गको साँगुरीगढी गाउँपालिका र उक्त नगरपालिकाको सिमानामा रहेको मूलघाट सडक खण्डबाट करिब नौ किलोमिटरको दूरीमा धनकुटा बजार रहे पनि भौगोलिक कठिनाइले हाल १७ किलोमिटर पार गरेर बजार पुग्नुपर्ने हुन्छ । यही भौगोलक कठिनाइका कारण पूर्वकै प्रमुख पर्यटकीय क्षेत्रका रुपमा रहेको साँगुरीगढी गाउँपालिकाको भेडेटार, नमस्ते झरना हुँदै मूलघाटसम्म दैनिक आउने सयौँ पर्यटक धनकुटासम्म पुग्न सकेका छैनन् । यही भौगोलिक कठिनाइलाई पदमार्गका माध्यमबाट पर्यटक भित्र्याउन नगरले मूलघाटको तमोर नदी किनारबाट अक्करको भिर वडा नं ८ को टेकुनाला गाउँ हुँदै बजारसम्म जाने पदमार्ग निर्माण सुरु गरिएको हो । यो पदमार्ग नगरमा मात्र प्रमुख थातथलो भएका अल्पसङ्ख्यक सिमान्तकृत आठपहरिया जातिको आदिमकालदेखि हिँडेर सुनसरीको कोका खोला र बराहक्षेत्र तीर्थ जाने बाटो हो । यी जातिको समुदायमा वर्षभरि मृत्यु भएकाहरुका आफन्त यसै स्थानको चिरबिरे चौतारामा भेला भएर कार्तिके पूर्णिमाको तिथिमा चार दिनका लागि बराह क्षेत्रमा दुःख प्रकट गर्न जाने गर्दछन् । आठपहरिया जातिको संस्कृतिसमेतलाई प्रवद्र्धन गर्दै पर्यटक भित्र्याउन जीविकोपार्जन पुनरुत्थानका लागि दीगो पर्यटन परियोजनाको सहकार्यमा टेकुनाला गाउँको पुछार चिरबिरे चौतारासम्मको पदमार्ग निर्माणको काम सकिएको छ । क्रमागत योजनाअन्तर्गत मङ्सिरमा काम सुरु गरी फागुन मसान्तमा पहिलो चरणको चार सय मिटर पदमार्ग निर्माणको काम सकिएको उपभोक्ता समितिका अध्यक्ष रत्नबहादुर राईले जानकारी दिए । नगरपालिकाको रु २० लाख, पर्यटन परियोजनाको रु १० लाख र उपभोक्ता समितिको रु चार लाख ५५ हजार गरी कूल रु ३८ लाख ५५ हजारको लागतमा पदमार्गको काम सम्पन्न भएको नगरपालिकाको आर्थिक विकास शाखाका प्रमुख विकास अधिकारीले जानकारी दिए । वडा नं ९ स्थित मूलघाट र धनकुटे खोला दोभानबाट दक्षिण र उत्तरतर्फ निर्माणाधीन उक्त पदमार्ग पूरा गर्न करिब रु दुई करोडको बजेट आवश्यक रहेको अधिकारीले जानकारी दिए। पाँच वर्षमा पूरा गर्ने लक्ष्य राखिएको उक्त पदमार्गसँगै आठपहरिया जातिको घरबास (होमस्टे) सञ्चालन गरिने नगर प्रमुख चिन्तन तामाङले जानकारी दिए । “तमोर नदी र मूलघाटसम्म आउने पर्यटकलाई आठपहरियाहरुको संस्कृति देखाउँदै नगरमा पर्यटक भित्र्याउने पदमार्गको लक्ष्य हो”, तामाङले भने, “यो चार किलोमिटरको पदमार्ग पुरा भएपछि टेकुनाला गाउँबाट कच्ची सडक हुँदै सबै खालका साना सवारी साधनबाट करिब तीन किमिको दूरीमा रहेको धनकुटा बजार जान सक्नेछन् ।” पदमार्ग भएर आउने पर्यटकले तमोर नदी क्षेत्रको मनोरम दृष्य, भौगोलिक विकटताको दृष्यावलोकन र सघन बसोबास क्षेत्र रहेको आठपहरिया जातीको रहनसहन तथा संस्कृतिको अध्ययन गर्न पाउनेछन् ।  
प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  १५:११
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सामान फिर्ता गर्न अनुरोध
सामान फिर्ता गर्न अनुरोध सोमबार, भदौ ३०, २०८२
महासचिव पोखरेलद्वारा केन्द्रीय कार्यालय अनुगमन
महासचिव पोखरेलद्वारा केन्द्रीय कार्यालय अनुगमन सोमबार, भदौ ३०, २०८२
क्षतिग्रस्त संरचनाको पुनर्निर्माण कोष खडा गर्ने योजनामन्त्री  घिसिङ घोषणा
क्षतिग्रस्त संरचनाको पुनर्निर्माण कोष खडा गर्ने योजनामन्त्री घिसिङ घोषणा सोमबार, भदौ ३०, २०८२
शिक्षण अस्पतालद्वारा २८ शवको शवपरीक्षण, २३ जनाको शव आफन्तले बुझे
शिक्षण अस्पतालद्वारा २८ शवको शवपरीक्षण, २३ जनाको शव आफन्तले बुझे सोमबार, भदौ ३०, २०८२
बाढीले मध्यपहाडी लोकमार्गको बुर्तिबाङ-पूर्वी रुकुम खण्ड अवरुद्ध
बाढीले मध्यपहाडी लोकमार्गको बुर्तिबाङ-पूर्वी रुकुम खण्ड अवरुद्ध सोमबार, भदौ ३०, २०८२
वक्यौता बापतको रकम उठाउने पहिलो निर्णय  : नवनियुक्त ऊर्जामन्त्री
वक्यौता बापतको रकम उठाउने पहिलो निर्णय : नवनियुक्त ऊर्जामन्त्री सोमबार, भदौ ३०, २०८२
टिपरको ठक्करबाट घाइते मोटरसाइकल चालकको मृत्यु
टिपरको ठक्करबाट घाइते मोटरसाइकल चालकको मृत्यु सोमबार, भदौ ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP