काठमाडौं– नेपालमा पहिलो पटक श्रीअयुतचण्डी महायज्ञ एवं श्रीमहागणपति महायज्ञ हुने भएको छ । कुल ५७ दिन लामो महायज्ञको विधिवत शुरुवात २७ फागुनमा भएको छ । पशुपतिनाथ एवं वनकाली क्षेत्रमा भूमिपूजन शुरु भएको छ । महायज्ञको मूल कार्यक्रम वैशाख १५ देखि २४ गतेसम्म आयोजना हुने छ । मारवाडी सेवा समिति नेपालको तत्वाधानमा महायज्ञ शुरु भएको हो ।
महायज्ञका प्रमुख यजमान वास्तुविद् डा बासुदेवकृष्ण शास्त्रीका अनुसार नेपालमा पहिलोपटक यति ठूलो महायज्ञ आयोजना हुन लागेको हो । उनका अनुसार एक सय ९१००० कुण्डीय विराट श्रीअयुतचण्डी एवं श्रीगणपति महायज्ञ हुन लागेको हो ।
‘फागुन २७ गते भूमि पूजन एवं मण्डप निर्माण, गौरीगणेश पूजन, प्रधान सङ्कल्पपूर्वक आभ्युदयिक श्राद्ध ९नान्दीमुख०, नवग्रह पूजा, मातृका पूजासहित भएको छ’ शास्त्रीले भन्नुभयो, ‘ फागुन २८ गते पञ्चमी तिथिदेखि श्री दुर्गासप्तशती, श्री गणेशअथर्वशीर्ष, श्रीसूक्त आदिको नित्य पाठ आरम्भ भएको छ । महामण्डलेश्वर स्वामी प्रखरजी महाराजको सत्सङ्कल्पमा मिति २०८० बैशाख १० गते देखि २५ गतेसम्म महायज्ञको पूर्णतातर्फ उन्मुख हुनेछ ।’
२५१ ब्राम्हाणद्वारा १०० कुण्डिय विराट श्री अयुतचण्डी महायज्ञ एवं श्री गणपति महायज्ञ, श्रीमद्भागवत कथा, सन्त सम्मेलन एवं श्रीकृष्ण रासलिला कार्यक्रम हुनेछ ।
महायज्ञको उद्देश्य स्वात्मनिर्भर नेपाल, आर्थिक उन्नति, औद्योगिक क्रान्ति, राष्ट्रको अभ्युदय, स्वरोजगार एवं स्वावलम्बन रहेको छ । वैशाख १५ देखि महायज्ञमा ब्राह्मणहरूद्वारा यज्ञ अवधिभरिमा दस हजार (१०,०००) श्रीदुर्गासप्तशती पाठ र चालिस हजार (४०,०००) श्रीगणपति अथर्वशीर्ष पाठ गरिने कार्यक्रम छ । यसैगरी एक हजार श्रीदुर्गासप्तशती पाठ तथा चार हजार श्रीगणपति अथर्वशीर्ष पाठद्वारा एक सय (१००) कुण्डमा दशांश हवन, तर्पण, मार्जन गरिने छ । ‘प्रतिदिन प्रत्येक कुण्डमा एक यजमान दम्पति गरी एक सय यजमान दम्पतिको सहभागिता रहने छ । यस महायज्ञमा जम्मा एक करोड दश लाख दुर्गासप्तशती मन्त्र र एक लाख त्रिचालीस हजार श्रीगणेश मन्त्रको प्रयोग हुनेछ’ शास्त्रीले भने ।
मारवाडी सेवा समितिका अध्यक्ष कैलाश गोयलका अनुसार महायज्ञ अन्तर्गत जगद्गुरु रामानुजाचार्य स्वामी राघवाचार्यले श्रीमद्भागवत कथाको प्रवचन गर्नेकार्यक्रम छ ।
महायज्ञको आकर्षणका रूपमा वृन्दावनबाट आउने रासलीला टोलीले शास्त्रीय आयामलाई समेटी लीला मञ्चन समेत गर्ने तय भएको समितिका महासचिब प्रमोद अग्रवालले जानकारी दिए । वास्तुविद् शास्त्रीका अनुसार महायज्ञमा सहभागी १०० यजमानहरुको प्रायश्चित्त कार्यक्रम ९ वैशाखमा हुनेछ ।
महायज्ञ प्रत्येक दिन बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म र दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म आयोजना हुनेछ । यज्ञशालामा महाआरती प्रत्येक दिन साँझ ६ बजे हुनेछ भने महायज्ञको पूर्णाहुति वैशाख २४ गते अपरान्ह साढे १२ बजे हुनेछ । श्रीमद्भागवत कथा वैशाख १० गतेदेखि २४ गते सम्म प्रत्येक दिन साँझ ५ बजे देखि ६ बजेसम्म हुनेछ । सन्त सम्मेलन वैशाख ११ गते देखि २३ गतेसम्म पहरेक दिन अपरान्ह २ बजे देखि साँझ ६ बजेसम्म हुनेछ । विद्वत् सभा वैशाख १० गतेदेखि हुनेछ । यज्ञमा ब्राह्मणद्वारा सन्ध्योपासन, वेद पारायण–स्वाध्याय हुनेछ ।