Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #किम_जु
  • #किम_जोङ_उन
  • #इजरायल_रोजगार
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
  • #भेडाच्याङ्ग्रा
  • #नेपाल प्रहरी
  • #जेनजी_आन्दोलन
  • #आईसीटी
Search Here
समाचार
  • Home
  • समाचार
  • प्राकृतिक उपद्रोको सूचना दिने पर्व : पाहाँचह्रे र घोडेजात्रा
प्राकृतिक उपद्रोको सूचना दिने पर्व : पाहाँचह्रे र घोडेजात्रा
सम्झना राई
सम्झना राई मंगलबार, चैत ७, २०७९
indra-jatra
Hardik health
प्राकृतिक उपद्रो र रोगको महामारी सुरु भयो है भन्ने संकेतस्वरूप चैत्र चतुर्दशीका दिन काठमाडौं उपत्यकामा पाहाँचह्रे मनाइन्छ । नेपाल भाषामा पाहाँको अर्थ पाहुना र चह्रे भन्नाले चतुर्दशी हो । पाहाँचह्रे अघि हुरीबतास रोगव्याधि सुरु हुने हुँदा घरको छाना बाँध्ने, फोहोर, साःगाः ढल सफाइ गर्ने र आजु/अजिमाद्यः(पुर्खा देवता) लाई समयबजी (चिउरा, छोयला, माछाको थुप्रो) चढाइ पूजा गरिन्छ । देवीदेवतालाई राँगा, हाँस, कुखुरा, बोका बलि दिई लुकुमाद्यः पूजा गरी भोज खाइन्छ । यसदिन लुकुमाद्यः भन्दै फोहोरको ढल (साःगाः) पुजिन्छ । किंवदन्तीअनुसार शनि ग्रहले महादेवलाई छुँदै साढे सातको दशा आजदेखि हजुरलाई लाग्दै छ भने छन्, महादेव धर्तीभित्रै साःगाःमा लुकी बसे । बाहिर आई शनिसँग भने छन्– खै त तिमीले मलाई छुन सकेको ? शनिले हाँस्दै जवाफ फर्काए– मैले नछोएको भए साढे सात वर्षसम्म हजुर फोहोरमा बस्नुपथ्र्यो र ? पाहाँचह्रेका दिन लुकुमाद्यः पूजा गर्नु धर्ती पूजा हो । घर, टोल, चोक फोहोर भएमा महामारी रोग फैलिने हुँदा लुकुमाद्यःको नाउँमा साःगाः सफाइ गरिन्छ । पाहाँचह्रे पूजामा तोरी र मूलाको फूलसहितको बिरुवा राख्नाले घरमा भूतप्रेत, दुष्टात्मा प्रवेशमा रोक लगाउँछ भने भोजमा लसुन, मूला खानाले रोगबाट बचाउँछ । पूजाको धूपको गाजल बनाई लगाउँदा धूलो आँखामा पर्दैन भनिन्छ । दुरु च्यां च्यां जात्रा (बत्सलेश्वरी आमा) : पशुपतिस्थित भुवनेश्वरीलाई अजिमाहरूकी आमाका रूपमा लिइन्छ । त्यसैले पाहाँचह्रेको भोज बोलाउन चिल्ला (अष्टमी)का दिन दुरु च्यांच्यां बोलको दुन्दुभी बाजा बजाउँदै भुवनेश्वरीका पुजारी, पशुपतिनाथको आगमघरका भट्ट पुजारी, चार भण्डारीमध्येका एक जना सानो खटमा शिवलिंग राखी छोरी देवताहरूलाई निमन्त्रणा गर्ने गर्छन् । यसैबीच उपत्यकामा नक्साल भगवती, तखती अजिमा, लुँचु लुभुँ अजिमा, न्हायकंतला अजिमा, कंग कजिमा, न्यतमरु अजिमा, लुमरी अजिमा (वंतु र तेबा खट) र प्यंगः थां नरसिंह आजुको भव्य जात्रा हुने गर्दछ । दुन्दुभी बाजाको बोल दुरु च्यां च्यांकै कारण जात्राको नाउँ नै बोल बन्न गएको हो भने छोरीलाई निमन्त्रणा गर्न पशुपति महादेव सानो शिव मूर्तिका साथ बछलामाजु (भुवनेश्वरी)को प्रतिकृतिस्वरूप खटजात्रा गर्दै देवपाटन (ग्वल)को लगंलाछी पाचुत्वा, सिफल, मालिगाउँ, नक्साल, नागपोखरी, हात्तीसार, जमल, कमलपोखरी हुँदै असन जनबहाल, इन्द्रचोक, मरु, चिकमुंगल न्हुँघ लगन, टेकुदोभान पचलीभैरवमा विशेष भोग बलि पूजा गरिन्छ । त्यहाँबाट लगन, ब्रह्मटोल, ह्युमत, जैशीदेग, क्वहिटी, भीमसेनस्थान, मरु, यट्खा, नरदेवी, त्यंगल, मलाछी, कमलपोखरी, ज्ञानेश्वरहुँदै पशुपति पु¥याइन्छ । शीतलाष्टमी भनिने दुरु च्यांच्यां जात्रा पाहाँचह्रे आउन लाग्यो एक हप्ता बाँकी भन्ने सूचना दिने पर्वकारूपमा लिइन्छ । जुन निमन्त्रणा पर्व मंगलबार सुरु भएको छ । घोडेजात्रा आपत्, विपत्, रोगव्याधि घोडा दौडिएझैं आउँछ । अनि दुष्टात्मालाई पन्छाउन सेतो वायुपंखी घोडाले भूमिका खेल्छ भन्ने मान्यता पाइन्छ । यही मान्यतालाई पाहाँचह्रेको भोलिपल्ट काठमाडौं र पाटनको टुँडिखेलमा घोडा दौड जात्रा प्रदर्शन गर्ने परम्परा छ । मल्लकालदेखिको घोडेजात्राले दुष्टात्मा र प्राकृतिक उपद्रव शान्त हुन्छ भन्ने मान्यताअनुसार काठमाडौंको टुँडिखेलमा राष्ट्रपति, प्रधानमन्त्रीको उपस्थितिमा फूलपाती बढाइँका साथ घोडा दौड प्रतियोगिता गराइन्छ । पाटनको भोलाख्यो बालकुमारीमा रक्सी खुवाएको एकमात्र घोडा कुदाइन्छ । राजा प्रताप मल्ल र पाटनका राजा श्रीनिवास मल्लबीच मनमुटाव हुँदा ने.सं. ७८७ तिर पाटनमा एक्लो घोडा कुदाउन थालिएको बताइन्छ । आफ्ना जनताले काठमाडौं जान नपरोस् भनी भोलाख्यो बालकुमारीमा एक्लो घोडा कुदाइ मनोरञ्जन गर्न थालिएको हो । यसदिन काठमाडौं उपत्यकाका सर्वजातका केटाकेटीलाई एउटै लहरमा राखी मलजा (सुकेको पातमा बेसार भात, गेडागुडी, जाँड, रक्सी, दूध सलिचामा राखी) खुवाइन्छ । यसरी मलजा खुवाउनाले केटाकेटीलाई रोग लाग्नबाट बचाउँछ भन्ने विश्वास गरिन्छ । असंभलु (अन्नपूर्ण) अजिमा जात्राः असन अन्नपूर्ण (असंभलु) स्थलमा प्रत्येक वर्ष पाहाँचह्रे (घोडेजात्रा)का बेला चैत्रकृष्ण औंसीका दिन अष्टमातृका दिदी–बहिनी भेट्ने खटजात्रा जुधाइन्छ । असन अन्नपूर्ण अजिमा अगाडि टेबहालकी लुभडी अजिमा र वटुखट, कंकेश्वरीको कंग अजिमा जुदाए पनि नरदेवीकी ङेतमरु अजिमा, टंकेश्वरकी तखती अजिमा, मैतीदेवीकी मैती अजिमा, नयाँबजारकी म्हेपी अजिमा र बांगेमूढाकी न्हेकन्तला अजिमाको छुट्टै जात्रा हुन्छ । यी दिदी–बहिनीमध्ये क्षेत्रपाटीकी लुतीमरु अजिमा (इन्द्रायणी) खटजात्रा भने बालाचतुर्दशीका दिन हुन्छ । असन चोक पूरै धातुरागमा बजाइने क्वँचाखीं, पश्चिमा, दापाखीं जस्ता बाजाको तालमा खटजात्रा भइरहँदा झ्याल–झ्यालबाट भक्तजनहरूले सगुन, रोटी, चटामरी र लोचामरी वर्षाएको देख्दा लाग्छ असन सहकाल अन्नपूर्णको केन्द्र नै हो । चैत्र शुक्ल प्रतिपदाका दिनदेखि नयाँ वर्ष शक संवत् परिवर्तन हुने हुँदा असन माछा देवता गणेश डबलीमा ज्योतिषी बसी वर्षको शुभ–अशुभको चिना हेर्ने र देवीदेवताको खटजात्रा गर्ने कथन छ । असंमरु अजिमा जात्राबारे कथनअनुसार एक जना ग्वाला जामाचोदेखि म्हेपी हुँदै गाई चराउँदै असन पुग्दा एउटी सुन्दरीलाई पञ्जपुखु (रानीपोखरी)मा नुहाएर कपाल सुकाइरहेको देखे छन् । सुन्दरीको यौवनमा अकर्षित हुँदै ग्वाला अगाडि पुग्दा देवी अलप भई भनिछन्, ‘म योगाम्बर ज्ञानेश्वरी म्हेपीकी अर्धांगिनी अन्नपूर्ण हुँ ।’ उनै ग्वालाका वंशजले क्षमापूजा गरी पूर्णकलशसहित असंभलु अजिमा प्रतिष्ठापित गराए भन्ने गरिएको छ । पाहाँचह्रे धमाथु जात्राः पाहाँचह्रेका दिनदेखि सुरु हुने धमाथु (धर्मस्थली)्जात्रामा पीठखट जुधाउँदै शुभकामना आदानप्रदान गरिन्छ । लाछी टोलमा इन्द्रका ३२ हाते ढुंगेस्तम्भ खडागरी थालिने जात्रामा महांकाल, पिङला अजिमा र तीनवटा गणेशसमेत पाँच खटको भव्य जात्रा हुने गर्दछ । पाहाँचह्रेका दिन छोरीचेलीलाई पाहुना बोलाएर मीठो–मसिनो खुवाइ घर जानका लागि केहीबेर रोक्ने संस्कारसँग यो जात्रा जोडिएको छ । पाहाँचह्रेको भोलिपल्ट घोडेजात्राको दिन देवदेवीका खटलाई लाछीमा बजार घुमाइन्छ भने तेस्रो दिन चैत्रशुक्ल द्वितीयाका दिन मुजात्रा राति गरिन्छ । चतुर्थीका दिन सुल नाममा विश्राम भए पनि स्थानीयले सांस्कृतिक कार्यक्रम गरी मनोरञ्जन प्रस्तुत गर्ने परम्परा छ । लिच्छविकालीन राजा धर्मदेवद्वारा स्थापित धर्मस्थली बालाजु बाइपासबाट करिब सात किलोमिटर दक्षिण–पश्चिमको बस्ती हो । इचंगु महालक्ष्मी जात्राः राजा हरिदत्त बर्माद्वारा स्थापित हल्चोकको इचंगुनारायणस्थानमा मनाइने महालक्ष्मी जात्रा घोडेजात्राका दिन खटजात्रा गरी मनाइन्छ । यसका लागि पाहाँचह्रेका दिन द्यःछेबाट महालक्ष्मी देवताको मूर्ति खट निकाली गणेशसहित इचंगु नारायणको दक्षिण कुनामा अवस्थित पीठमा प्रतिष्थापित गराइन्छ । यसदिन दशा हटाउने नाउँमा साँझ देवस्थलमा आगो बाली रातभर जाग्राम बस्ने र भोलिपल्ट चिल्लागा औंसीको दिन महालक्ष्मी देवीलाई हाँस, राँगा, बोका आदि बलि दिई अबिरयात्रा गरिन्छ । महालक्ष्मी÷गणेश खट बोक्नेहरूले जुत्ता लगाउन हुँदैन भन्ने मान्यतानुसार खाली खुट्टा नायखीं दाफा बाजाको तालमा खटजात्रा हल्चोक आकाश भैरव, चिसापानी, रामकोट, भीमढुंगा टाँफिकलसम्म पूजा थाप्न जाने परम्परा छ । यसैदिन इष्टमित्र, आफन्तलाई भोज बोलाइन्छ । चण्डीपूर्णिमाको दिन ल्हुती पूर्णिमापरम्नाथ याङा गुरु याके आज्ञा फोन भवानीया चरणसं चिनातःस चोनेचष्टिकाया महात्तम डेन ल्हाय् आवः जस्ता चण्डेश्वरी ‘परम्नाम’ स्तोत्र पढ्दै धनेश्वर महादेव (चण्डेश्वरी मन्दिर अगाडिको महादेव)को पनि सँगसँगै जात्रा हुने गर्दछ । भोछीभोेय श्रेष्ठ समुदायको संलग्नतामा हुने चण्डेश्वरी जात्रासँगै धनेश्वर महादेव जात्राबारे अर्को एउटा आख्यान छ । चण्डासुर राक्षसले देवीलाई अनेक तरहले दुःख दिन थालेछन् । यसबाट रिसाएका चण्डेश्वरीले जथाभावी राक्षसको वध गर्दै हिँड्दा रिस शान्त गर्न बाटोमा सुतिरहेका महादेवलाई समेत नदेखेपछि कुल्चन पुगेछन् । यही दिनको स्मरणमा चण्डेश्वरी मन्दिरअगाडि महादेवको मन्दिर बनाई जात्रा चलाएको बताइन्छ । भोछीभोय श्रेष्ठ खलकभित्रका चाकु बजी लाखे, धुँ यी चारै उपथरहरु चण्डेश्वरी जात्रामा ललितपुरको हरिसिद्धिवासी जानु हुँदैन भन्ने परम्परा छ । चण्डेश्वरी देवताका यी नै चार खलक हरिसिद्धिदेवीले खाइदिएका कारण जलमी बासिन्दा यहाँ जानु हुँदैन भनिए । (१) चण्डेश्वरी जात्रा सुरु बाहाः भोछीमोय श्रेष्ठ खलकले बछलाथ्व अष्टमीका दिन विधिवत् पूजा गर्ने र खड्गी समुदायले नायखिं बजाउँदै सूचना दिने गरिन्छ । जात्राको बेला विघ्नबाधा नआओस् भनी बौ ह्वलेगु गरिन्छ । भोछीमोय खलकले जात्राभर छालाको जुत्ता लगाउने, छाता ओढ्ने र घोडा चढ्ने गर्नुहुँदैन । (२) लिंगो गाड्नेः जात्राको एक हप्ताअघि मानन्धर खलकले भक्तपुरको सल्लाघारीमा रक्सी खुवाएको बोकालाई विधिवत् छाड्ने र बोकाले जुन रुख छुन्छ त्यो बलि दिई बनेपा लाछीमा लिंगो ठड्याएर जात्रा सुरु गर्दछन् । (३) द्यो कुहां विज्याकेगुः पूर्णिमाको चार दिनअघि देवतालाई द्योछेंबाट तल ल्याइन्छ र देवताको गहना जाँच गरिन्छ । द्वारे पुजारी र भोछीभोय तीन ताल्चा हुन्छ । गहना ल्याउँदा–लाँदा नायखिं भुस्या बजाइन्छ । (४) खड्ग पूजाः चैत्र चतुर्दशीको साँझ तःगुथीबाट राजाको खड्ग राखि लायकू पूजा बोका बलि दिई भोज हुन्छ । समष्टीगतरुपमा भन्नुपर्दा पाहाँचह«े (घोडेजात्रा) विशुद्ध प्राकृतिक पर्वका रुपमा मनाइन्छ भने रोगव्याधि हावाहुरीबाट देशवासीलाई बचाउन नजिकका परिवारजनलाई बोलाएर भोज खाने गरिन्छ ।
प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९  १०:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सामान फिर्ता गर्न अनुरोध
सामान फिर्ता गर्न अनुरोध सोमबार, भदौ ३०, २०८२
महासचिव पोखरेलद्वारा केन्द्रीय कार्यालय अनुगमन
महासचिव पोखरेलद्वारा केन्द्रीय कार्यालय अनुगमन सोमबार, भदौ ३०, २०८२
क्षतिग्रस्त संरचनाको पुनर्निर्माण कोष खडा गर्ने योजनामन्त्री  घिसिङ घोषणा
क्षतिग्रस्त संरचनाको पुनर्निर्माण कोष खडा गर्ने योजनामन्त्री घिसिङ घोषणा सोमबार, भदौ ३०, २०८२
शिक्षण अस्पतालद्वारा २८ शवको शवपरीक्षण, २३ जनाको शव आफन्तले बुझे
शिक्षण अस्पतालद्वारा २८ शवको शवपरीक्षण, २३ जनाको शव आफन्तले बुझे सोमबार, भदौ ३०, २०८२
बाढीले मध्यपहाडी लोकमार्गको बुर्तिबाङ-पूर्वी रुकुम खण्ड अवरुद्ध
बाढीले मध्यपहाडी लोकमार्गको बुर्तिबाङ-पूर्वी रुकुम खण्ड अवरुद्ध सोमबार, भदौ ३०, २०८२
वक्यौता बापतको रकम उठाउने पहिलो निर्णय  : नवनियुक्त ऊर्जामन्त्री
वक्यौता बापतको रकम उठाउने पहिलो निर्णय : नवनियुक्त ऊर्जामन्त्री सोमबार, भदौ ३०, २०८२
टिपरको ठक्करबाट घाइते मोटरसाइकल चालकको मृत्यु
टिपरको ठक्करबाट घाइते मोटरसाइकल चालकको मृत्यु सोमबार, भदौ ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP