Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #किम_जु
  • #किम_जोङ_उन
  • #इजरायल_रोजगार
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
  • #भेडाच्याङ्ग्रा
  • #नेपाल प्रहरी
  • #जेनजी_आन्दोलन
  • #आईसीटी
Search Here
समाचार
  • Home
  • समाचार
  • सुस्त गतिमा सुदूरपश्चिमका ‘लोकमार्ग’
सुस्त गतिमा सुदूरपश्चिमका ‘लोकमार्ग’
सम्झना राई
सम्झना राई सोमबार, चैत ६, २०७९
road
Hardik health
काठमाडौं– निर्माण थालिएको दशकौं समय बितिसक्दा पनि सुदूरपश्चिममा महाकाली र सेती लोकमार्गको गति सुस्त छ । दक्षिण–उत्तर जोड्ने यी दुई आयोजना २०६५ सालको सेरोफोरोमा सुरु गरिए पनि अहिलेसम्म सडकको ट्रयाक खोल्ने काम द्रुत गतिमा अघि बढ्न सकेको छैन् । निर्माणका लागि ठेक्का सम्झौता भएर निर्माण व्यवसायी तोकिए पनि कामका लागि फिल्डको वातावरण भने सरोकारवाला निकायले बनाउन नसकेको अवस्था छ । लोकमार्गमा पर्ने जङ्गल कटानका लागि प्रक्रियागत अल्झन सुल्झाउन भएको ढिलाइले आयोजनाको कामको गति बढ्न नसकेको हो । कञ्चनपुरको ब्रह्मदेवदेखि उत्तरी दार्चुला हुँदै तिब्बत जोडेर नेपाल–भारत र चीनको त्रिदेशीय नाकाका रुपमा विकास गर्ने अवधारणाका साथ अघि बढेको महाकाली लोकमार्गको काम अधकिांश स्थानमा रुख कटानको आदेशको पर्खाइमा छ । महाकाली करिडोर दार्चुला तिङ्कर सडक योजनाका इन्जिनियर योगेन्द्र अधिकारीले लोकमार्गअन्र्तगत कञ्चनपुर (शुन्य विन्दु) देखि दार्चुलासम्म सात प्याकेजमा ट्रयाक खोल्ने काम ठेक्का प्रक्रियामार्फत भइरहेको बताए। “डडेल्धुरामा ५८ मध्ये ३१ किलोमिटर ट्रयाक खोल्ने काम वनको रुख कटानको पर्खाइले रोकिएको छ”, उनले भने, “बाँकी ट्रयाक डडेल्धुरा क्षेत्रमा खुलिसकेको छ ।” तिब्बतसम्मको कुल चार सय २५ किलोमिटर लोकमार्गको दार्चुलाको तुसारपानीदेखि तिङ्कर भन्ज्याङसम्मको ९१ किलोमिटर ट्रयाक खोल्ने काम नेपाली सेनाको गरिरहेको छ । दार्चुलामा एक सय २३ किलामिटरमा १५ किलोमिटर ट्रयाक खोल्न बाँकी छ । त्यसैगरी बैतडीमा लोकमार्गअन्र्तगत एक सय ४२ किलोमिटर ट्रयाक खोल्नुपर्नेमा ३५ किलोमिटर बाँकी रहेको इन्जिनियर अधिकारीले जानकारी दिए । कञ्चनपुरको ब्रहमदेवदेखि डडेल्धुराको जोगबुढा क्षेत्रसम्मको पहिलो प्याकेजमा अधिकांश काम वनको कटानका कारण बाधक बनेको छ । “कञ्चनपुरमा पर्ने ११ किलोमिटर ट्रयाक खोल्ने कामको ठेक्का भएको डेढ वर्ष बितिसक्दा पनि रुख कटान सुरु नै भएन्”, अधिकारीले भने, “जोगबुढा क्षेत्रमा पर्ने चार किलोमिटर ट्रयाक मात्रै खोल्न सकियो ।” पछिल्लो केही दिनयता कञ्चनपुरको भागमा पर्ने लोकमार्गका रुख कटानका लागि वन तथा वातावरण मन्त्रालयले वन विभागलाई पत्राचार गरेको उनको भनाइ छ । “ब्रह्मदेव क्षेत्रमा एक हजार पाँच सय ३२ रुख र चार सय १९ पोल गरी एक हजार नौ सय ५१ रुख÷पोल मुछान गरी व्यवस्थापन गर्न निर्णय भइसकेको छ”, उनले भने, “केही दिनमा डिभिजन वन कञ्चनपुरमा पत्राचार आएपछि काम अघि बढ्छ ।” तिङ्कर सडक योजनालाई केही वर्षअघि स्तरोन्नती गरी महाकाली लोकमार्ग बनाइएको हो । कुल रु १८ अर्ब लागत अनुमान गरिएको आयोजनालाई चालु आर्थिक वर्षमा रु ४० करोड रकम विनियोजित छ । लोकमार्गअन्र्तगत ट्रयाक खोल्न डडेल्धुरामा दश हजार चार सय ७६, बैतडीमा चार हजार पाँच सय ९६ र दार्चुलामा दुई हजार ४२ रुख कटान गर्नुपर्ने योजना कार्यालयले जनाएको छ । त्यसैगरी कैलालीको टीकापुरदेखि बझाङ्गको उत्तरी सीमाना ताक्लाकोटसम्म जोड्ने सेती लोकमार्गको अवस्था पनि उस्तै छ । भौगोलिक विकटता, वनका रुख कटानको स्वीकृतीमा भइरहेको ढिलाइलगायतका कारणले सेती लोकमार्गको कामले तिव्रता पाउन सकेको छैन् । तीन सय ५९ किलोमिटर लम्बाइको उक्त मार्गलाई उत्तर र दक्षिण खण्ड गरी दुई भागको विभाजन गरी ट्रयाक खोल्ने काम भइहेको छ । टीकापुरदेखि डोटी–अछाम र बझाङ्गसम्मको दुई सय ४२ किलोमिटरको खण्डलाई दक्षिण खण्ड भनिन्छ भने बझाङ्गको चैनपुरदेखि ताक्लोकोटसम्मको एक सय १७ किलोमिटरलाई उत्तर खण्डमा राखिएको छ । “टीकापुरदेखि अछामको साझेबगरसम्मको एक सय ४४ किलोमिटरमा ७० किलोमिटर ट्रयाक खोलिएको छ”, सेती लोकमार्ग दक्षिण खण्डका प्रमुख इन्जिनियर रमेश भट्टराईले भने, “डोटीमा वनको स्वीकृती आउन ढिलाइ भयो, कैलालीको क्षेत्रमा १५ किलोमिटर ट्रयाक खोल्न बाँकी छ ।” उहाँले लोकमार्गअन्र्तगत डोटीमा ४० किलोमिटर सडक खण्डको बहुवर्षीय ठेक्का गरिएको बताए । “साफेदेखि चैनपुरसम्म सडक सुधार र निर्माणको काम भइरहेकै छ, बझाङ्गमा ट्रयाक खुलेकै छ, अछाममा आठ किलोमिटर खोल्न बाँकी छ”, उनले भने । विसं २०६६ तिर सुरु भएको दक्षिण खण्डमा हालसम्म एक सय ३७ किलोमिटर सडकको ट्रयाक खुलिसकेको इन्जियिनर भट्टराईले जानकारी दिए । उनले आयोजनाका लागि बार्षिक रु ३० करोड रकम आउने गरेको बताए । त्यसैगरी चैनपुरदेखि ताक्लाकोटसम्मको एक सय १७ किलोमिटरमा ३७ किलोमिटर ट्रयाक खुलिसकेको चैनपुर सेती राजमार्ग उत्तर खण्ड (चैनपुर ताक्लाकोट सडक योजना) बझाङ्ग प्रमुख तुलाराम शर्माले जानकारी दिए । “अहिले ३९ देखि ४२ किलोमिटरको बीचमा पर्ने तीन किलोमिटर ट्रयाक खोल्ने काम निर्माण व्यवसायीले गरिरहेका छन्”, उनले भने, “चाँडो निर्माणका लागि उत्तर धुलीबाट पनि निर्माणको ठेक्का आह्वान गर्ने योजना छ ।” उहाँले ४२ देखि ५२ किलोमिटरसम्म दश किलोमिटर ट्रयाक खुलाउन नयाँ ठेक्का आह्वान गरिने बताए। “अठारदेखि ४२ किलोमिटरसम्मको ठेक्का २०७४ सालमा भएको थियो”, शर्माले भने, “भौगोलिक विकटताका कारण पनि सोचे जस्तो छरितो काम गर्न सक्ने अवस्था छैन ।”
प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  १६:२९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सामान फिर्ता गर्न अनुरोध
सामान फिर्ता गर्न अनुरोध सोमबार, भदौ ३०, २०८२
महासचिव पोखरेलद्वारा केन्द्रीय कार्यालय अनुगमन
महासचिव पोखरेलद्वारा केन्द्रीय कार्यालय अनुगमन सोमबार, भदौ ३०, २०८२
क्षतिग्रस्त संरचनाको पुनर्निर्माण कोष खडा गर्ने योजनामन्त्री  घिसिङ घोषणा
क्षतिग्रस्त संरचनाको पुनर्निर्माण कोष खडा गर्ने योजनामन्त्री घिसिङ घोषणा सोमबार, भदौ ३०, २०८२
शिक्षण अस्पतालद्वारा २८ शवको शवपरीक्षण, २३ जनाको शव आफन्तले बुझे
शिक्षण अस्पतालद्वारा २८ शवको शवपरीक्षण, २३ जनाको शव आफन्तले बुझे सोमबार, भदौ ३०, २०८२
बाढीले मध्यपहाडी लोकमार्गको बुर्तिबाङ-पूर्वी रुकुम खण्ड अवरुद्ध
बाढीले मध्यपहाडी लोकमार्गको बुर्तिबाङ-पूर्वी रुकुम खण्ड अवरुद्ध सोमबार, भदौ ३०, २०८२
वक्यौता बापतको रकम उठाउने पहिलो निर्णय  : नवनियुक्त ऊर्जामन्त्री
वक्यौता बापतको रकम उठाउने पहिलो निर्णय : नवनियुक्त ऊर्जामन्त्री सोमबार, भदौ ३०, २०८२
टिपरको ठक्करबाट घाइते मोटरसाइकल चालकको मृत्यु
टिपरको ठक्करबाट घाइते मोटरसाइकल चालकको मृत्यु सोमबार, भदौ ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP