Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #किम_जु
  • #किम_जोङ_उन
  • #इजरायल_रोजगार
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
  • #भेडाच्याङ्ग्रा
  • #नेपाल प्रहरी
  • #जेनजी_आन्दोलन
  • #आईसीटी
Search Here
समाचार
  • Home
  • समाचार
  • हराउँदै कालीगण्डकी नदीको मौलिक स्वरुप
हराउँदै कालीगण्डकी नदीको मौलिक स्वरुप
सम्झना राई
सम्झना राई आइतबार, चैत ५, २०७९
kaligandaki
Hardik health
गलेश्वर–नदी किनारमा मोटरबाटो र अव्यवस्थितरुपमा बढ्दै गएका बस्तीका कारण कालीगण्डकी साँघुरिँदै गएको छ । अव्यवस्थित बसोबासले पहिरो र कटानको जोखिम बढाएसँगै समस्या देखिन थालेको हो । पछिल्लो समय मुस्ताङको लेतेदेखि म्याग्दीको सदरमुकाम बेनीसम्मको कालीगण्डकी नदी क्षेत्रको मौलिक स्वरुप नै परिवर्तन भएको छ भने बेनीदेखि गुल्मीको रिडीसम्मको नदी क्षेत्र साँघुरिँदै गएकोप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । धार्मिक, सांस्कृतिक र जैविक महत्वयुक्त, बहुमूल्य शिला शालिग्राम पाइने विश्वकै एकमात्र नदी कालीगण्डकीको प्राकृतिकस्वरुप पछिल्ला केही वर्षयता नासिँदै गएको कालीगण्डकी नदीसम्बन्ध जानकार पुरुषोत्तमाचार्यले बताउनुभयो बहुचर्चित कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम–कोरला सडकखण्डको स्तरोन्नति थालिएसँगै सडक विस्तार गर्ने क्रममा निस्किएका ढुङ्गा, माटो, गेगर र सडककै कारण बर्सेनि पहिराले कालीगण्डकीको मौलिकस्वरूपमा परिवर्तन आएको पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनको भनाइ छ । हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने ७६ किलोमिटर सडकखण्डको विभिन्न ठाउँमा पहिरो गएर सडक साँघुरो भएपछि सडक विस्तार गर्ने नाउँमा त्यहाँको ढुङ्गा र गेगर कालीगण्डकीमा खसाल्दै आइएको छ । कालीगण्डकी नदी वर्षाको समयमा बाढीपहिरो र हिउँदको समयमा अवैधरुपमा ढुङ्गा, बालुवा निकाल्ने गिरोहका कारण सबैभन्दा बढी मारमा परेको छ । यहाँ सामान्य वर्षा हँुदासाथ ढुङ्गा, माटो र लेदोसहितको पहिरो खस्नुका साथै बाटो बगाउने र कालीगण्डकीमा गएर मिसिने गरेको छ । सडकखण्डअन्तर्गत अन्नपूर्ण गाउँपालिका–३ रुप्से छहरा, काभ्रेभिर, बाँदरजुङ्गे भिरमा बर्सेनि ठूलाठूला पहिरो जाँदा कालीगण्डकीको जलचक्र प्रणाली नै परिवर्तन हुने गरेको नदी संरक्षणकर्मी सागरजीवी उपाध्यायले बताउनुभयो । वर्षाका कारण ढुङ्गा र माटोसहितको लेदो खसिरहेकाले ठाउँठाउँमा पहिरो जाने र त्यो पहिरो कालीगण्डकी नदीमा मिसिने हुँदा खोँचयुक्त कालीगण्डकी पुरिँदै र साँघुरिँदै जान थालेको जानकारहरूले बताएका छन् । डोजर र स्काभेटरले जथाभावी उत्खनन् गर्दा कालीगण्डकी नदीको जलचक्र प्रणाली नै खल्बलिँदै गएको छ । बालुवा, ढुङ्गाजस्ता नदीजन्य पदार्थको अनियन्त्रित उत्खननका कारण नदीले आफ्नो मौलिक र प्राकृतिक धारपरिवर्तन गर्नुका साथै त्यहाँका जलचर प्राणी बसाइँ सर्दै गएपछि नदीको जलचक्र प्रणाली नै खल्बलिएको वतावरणविद्ले बताउँदै आएका छन् । तटीय बस्ती जोखिममा राज्यले प्रभावकारी कदम चाल्न नसक्दा नदीको दोहन, उत्खनन, अतिक्रमण र नदीजन्य पदार्थको चोरी निकासीका कारण विश्वमै दुर्लभ मानिएको बहुमूल्य शालिग्राम शिला सङ्कटमा परेका छन् । पहिलेको जस्तो कालीगण्डकी नदीमा शालिग्राम शिला पाइन छाडेको मुस्ताङ जोमसोमका यमबहादुर शेरचनले बताउनुभयो । “पहिलेपहिले नदी किनारमा नै शालिग्राम भेटिन्थे तर, अहिले बीचबीचमा गएमा खोज्दा पनि मुस्किलले पाइन्छन्”, उहाँले भन्नुभयो । नदीको जलचक्र प्रणाली परिवर्तन हुँदा प्राकृतिक र मानवीय सङ्कटसमेत बढ्दै गएको छ । नदीले मौलिक धार परिवर्तन गर्दा बाढीपहिराका कारण तटीय बस्ती जेखिममा पर्दै जान थालेका छन् । नदी साविककोभन्दा गहिरो र साँघुरो बन्दै गएको व्यवसायी इन्द्रमान शेरचनले बताउनुभयो । उहाँका अनुसार कालीगण्डकी नदीको जलचक्र प्रणालीमा समेत परिवर्तन आएको छ । नदीको जलचक्र प्रणालीमा आएको परिवर्तनले बाढीपहिरो र नदी कटानको जोखिम उच्चरूपमा बढ्दै गएको छ । कालीगण्डकी नदीको प्राकृतिक बहाव र पर्यावरण प्रतिकूल हुनेगरी कुनै पनि काम नगर्न र नगराउन सर्वोच्च अदालतले गत साउनमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका नाममा अन्तरिम आदेश दिएको थियो । “तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले विवादको अन्तिम आदेश नभएसम्मका लागि कालीगण्डकी नदीको प्राकृतिक बहाव र पर्यावरण प्रतिकूल हुनेगरी कुनै कार्य नगर्न मन्त्रिपरिषद्को कार्यालय समेतलाई अन्तरिम आदेश दिएको थियो । तर कालीगण्डकीको न त दोहन रोकिएको छ न शालिग्रामको चोरी निकासीमा नै नियन्त्रण आउन सकेको छ”, कालीगण्डकी संरक्षण अभियन्ता सागरजीवी उपाध्यायले बताउनुभयो ।
प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  १४:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सामान फिर्ता गर्न अनुरोध
सामान फिर्ता गर्न अनुरोध सोमबार, भदौ ३०, २०८२
महासचिव पोखरेलद्वारा केन्द्रीय कार्यालय अनुगमन
महासचिव पोखरेलद्वारा केन्द्रीय कार्यालय अनुगमन सोमबार, भदौ ३०, २०८२
क्षतिग्रस्त संरचनाको पुनर्निर्माण कोष खडा गर्ने योजनामन्त्री  घिसिङ घोषणा
क्षतिग्रस्त संरचनाको पुनर्निर्माण कोष खडा गर्ने योजनामन्त्री घिसिङ घोषणा सोमबार, भदौ ३०, २०८२
शिक्षण अस्पतालद्वारा २८ शवको शवपरीक्षण, २३ जनाको शव आफन्तले बुझे
शिक्षण अस्पतालद्वारा २८ शवको शवपरीक्षण, २३ जनाको शव आफन्तले बुझे सोमबार, भदौ ३०, २०८२
बाढीले मध्यपहाडी लोकमार्गको बुर्तिबाङ-पूर्वी रुकुम खण्ड अवरुद्ध
बाढीले मध्यपहाडी लोकमार्गको बुर्तिबाङ-पूर्वी रुकुम खण्ड अवरुद्ध सोमबार, भदौ ३०, २०८२
वक्यौता बापतको रकम उठाउने पहिलो निर्णय  : नवनियुक्त ऊर्जामन्त्री
वक्यौता बापतको रकम उठाउने पहिलो निर्णय : नवनियुक्त ऊर्जामन्त्री सोमबार, भदौ ३०, २०८२
टिपरको ठक्करबाट घाइते मोटरसाइकल चालकको मृत्यु
टिपरको ठक्करबाट घाइते मोटरसाइकल चालकको मृत्यु सोमबार, भदौ ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP