Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अन्तर्राष्ट्रिय मातृभाषा दिवस
  • #साके एन्ड फेंग
  • #विमला_घिमिरे
  • #प्रियतम
  • #श्वेत र काल
  • #चितुवाको उद्धार
  • #उज्यालो नेपाल पार्टी
  • #शेर्पा_समुदाय
  • #रामचन्द्र_पौडेल
Search Here
समाचार
  • Home
  • समाचार
  • लागुऔषधको जालो भत्काउँदै प्रहरी : सात सय १३ पक्राउ
लागुऔषधको जालो भत्काउँदै प्रहरी : सात सय १३ पक्राउ
शनिबार, चैत ४, २०७९
arrested
Hardik health
महेन्द्रनगर– कञ्चनपुर प्रहरीले लागुऔषध ओसारपसार, प्रयोग र दुव्र्यसनमा रहेका सात सय १३ जनालाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याएको छ । सुदूरपश्चिम प्रदेशमै लागुऔषध कारोबारको अखडा बन्दै गएको कञ्चनपुरमा प्रहरीले पनि न्यूनीकरण र संलग्नता भएका व्यक्तिलाई कारबाहीका लागि जिल्लाभर सक्रियता देखाएको छ । संलग्नलाई कारबाहीदेखि युवापुस्ता, विद्यार्थी र अभिभावकलाई लागुऔषध नियन्त्रणका लागि सचेतना कक्षासमेत यहाँका सबै पालिकामा सञ्चालन गरिरहेको प्रहरीले खुला सीमानाका भएका कारण लागुऔषधको कारोबार बढेको औँल्याएको छ । आर्थिक वर्ष २०७६/७७ यता मात्रै लागुऔषध मुद्दामा प्रहरीले सात १३ जनालाई नियन्त्रणमा लिइ कारबाही प्रक्रियामा ल्याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक भरतराज गिरीले जिल्लाभरि नै लागुऔषध दुव्र्यसन नियन्त्रणका लागि प्रहरीले स्थानीय तह र सरोकारवाला निकायसँग समन्वय गरेर अघि बढिरहेको बताउनुभयो । “लागुऔषध ओसारपसार र दुव्र्यसनमा संलग्नलाई प्रहरीले एकपछि अर्को गरी दिनहुँजसो कारबाहीको दायरामा ल्याइरहेको छ”, प्रहरी निरीक्षक गिरीले भन्नुभयो, “यसको नियन्त्रणका लागि सीमानाकादेखि सबैतिर विभिन्न युनिटमा प्रहरी परिचालित छ ।” उहाँले प्रहरी सक्रियताकै कारण ओसारपसारमा संलग्न पक्राउ पर्नेक्रम पनि बढेको बताउनुभयो । झन्डै एक दशकअघि यहाँ चरेशलगायतका लागुऔषधको कारोबार हुने गरेका घटना बाहिरिने गरेको भए पनि पछिल्ला वर्षमा खैरो हेरोइनको कारोबार ह्वात्तै बढेको छ । प्रहरीले दिएको जानकारीअनुसार चालु आवमा यहाँ लागुऔषध मुद्दामा एक सय ५७ जना पक्राउ परेका छन् । त्यसमा एक सय ४८ नेपाली र नौ भारतीय नागरिक रहेका छन् । चालु आवको फागुन मसान्तसम्म लागुऔषधसम्बन्धी ८८ मुद्दा दर्ता भएका छन् । प्रहरीले सो अवधिमा २६ किलो चरेश, चार सय १३ दशमलव ६० ग्राम खैरो हेरोइन, नाइट्राभेट, फेनारगन, एम्पुल, रेक्सोजेसिक, डाइजापाम लगायतका लागुऔषध बरामद गरेको छ । त्यसैगरी प्रहरीले गत आव २०७८/७९ मा लागुऔषधसम्बन्धी एक सय ४३ मुद्दा दर्ता गरेको थियो । त्यसमा दुई सय २६ नेपाली र १३ भारतीय नागरिक गरी दुई सय ३९ जनालाई पक्राउ गरिएको थियो । गत आवमा प्रहरीले यहाँ ३३ किलो नौ सय ८५ ग्राम चरेश, पाँच सय ८० दशमलव शून्य ६० ग्राम खैरो हेरोइन लगायतको लागुऔषधसमेत अभियुक्तबाट बरामद गरेको थियो । यहाँ पछिल्लो समय खुला सीमानाका कारण भारतका विभिन्न ठाउँबाट खैरो हेरोइन बढी मात्रामा आयात हुने गरेको छ । खुला सीमानाका लागुऔषध ओसारपसारमा भारतीय सुरक्षा निकायको बेवास्ता लगायतले यहाँ प्रहरीका लागि यसको नियन्त्रण मुख्य चुनौती बनेको हो । कञ्चनपुरका सीमानाकाबाट लुकीछिपी आयात हुने गरेको खैरो हेरोइन सुदूरपश्चिमका पहाडी जिल्लामा समेत जाने गरेको विगतका घटनाक्रममा देखिएको प्रहरीकै भनाइ छ । लागुऔषध न्यूनीकरणका लागि भन्दै प्रहरीले यहाँका विभिन्न विद्यालय, सार्वजनिक स्थानमा सचेतना कक्षा सञ्चालन गर्दै आएको छ । पछिल्लो समय जिल्ला प्रहरी कार्यालयको नेतृत्व तह नै लागुऔषधसम्बन्धी सचेतना कक्षा सञ्चालनमा सक्रिय छ । प्रहरीले लागुऔषध सवेनकर्ताबाट समाजमा अन्य आपराधिक क्रियाकलाप बढी हुने गरेको दाबीसमेत गरेको छ । त्यस्तै यहाँ २०७७/७८ मा लागुऔषधसम्बन्धी एक सय ४१ मुद्दा दर्ता भई दुई सय ३० जना पक्राउ परेका थिए । सोही आवयता लागुऔषध कारोबार र सेवनकर्ताको बिगबिगी बढेको प्रहरी रेकर्डले पनि देखाएको छ । आव २०७६/७७ मा लागुऔषधका ५५ मुद्दामा ८७ जना मात्रै पक्राउ परेको तथ्याङ्क छ । उक्त आवमा खैरो हेरोइन प्रहरीले ६३ ग्राम बरामद गरेको थियो । चालु आवको फागुनसम्म मात्रै प्रहरीले चार सय १४ दशमलव ६० ग्राम खैरो हेरोइन बरामद गरिसकेको छ । यहाँ सबैभन्दा बढी बेलौरी, पुर्नर्वास, बेल्डाँडी, शुक्लाफाँटा र दोधारा चाँदनी नगरपालिकामा यसको कारोबार बढी हुने गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले लागुऔषध नियन्त्रण र सचेतनाका लागि टोलसम्म सक्रिय हुने गरी क्लबलगायतका संरचनाको परिकल्पना गरेर अघि बढ्ने योजना रहेको बताउनुभयो । “तल्लो तहसम्म यसका लागि छुट्टै खालको संरचना भए अझ बढी प्रभावकारी हुन्छ”, उहाँले भन्नुभयो, “छुट्टै संरचना बनाएर स्थानीय सरकार र प्रहरीबीचको समन्वयमा लागुऔषध दुव्र्यसन नियन्त्रणको प्रयास गर्नुपर्ने आवश्यकता छ ।” उहाँले भारतबाट बढी मात्रामा लागुऔषध आयात हुने भएकाले नेपाल–भारत संयुक्त सुरक्षालगायतका बैठकमा यो एजेण्डा प्राथमिकताका साथ राखिने बताउनुभयो ।
प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  १३:३४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मतदाताको माझमा उम्मेदवार पोखरेल
मतदाताको माझमा उम्मेदवार पोखरेल सोमबार, फागुन ११, २०८२
निर्वाचन आयोगबाट दुर्गा प्रसाईँकाे निर्णयको फाइल मगाउन आदेश
निर्वाचन आयोगबाट दुर्गा प्रसाईँकाे निर्णयको फाइल मगाउन आदेश सोमबार, फागुन ११, २०८२
बस दुर्घटनामा १५ जना घाइते
बस दुर्घटनामा १५ जना घाइते सोमबार, फागुन ११, २०८२
संयुक्त राष्ट्रसंघकी नेपालका आवासीय संयोजकसँग गृहमन्त्री अर्यालकाे  भेट
संयुक्त राष्ट्रसंघकी नेपालका आवासीय संयोजकसँग गृहमन्त्री अर्यालकाे भेट सोमबार, फागुन ११, २०८२
बसभित्र च्यापिएका घाइतेको पाँच घण्टापछि जीवितै उद्धार
बसभित्र च्यापिएका घाइतेको पाँच घण्टापछि जीवितै उद्धार सोमबार, फागुन ११, २०८२
सिन्धुलीमा  झडप, सात घाइते
सिन्धुलीमा झडप, सात घाइते सोमबार, फागुन ११, २०८२
धादिङमा भएको बस दुर्घटनालाई लिएर गृहमन्त्रालयमा आकस्मिक बैठक
धादिङमा भएको बस दुर्घटनालाई लिएर गृहमन्त्रालयमा आकस्मिक बैठक सोमबार, फागुन ११, २०८२
लोकप्रिय
  • Week
  • Month
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP