Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • कैलालीका छ हजार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिँदै
कैलालीका छ हजार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिँदै
शनिबार, चैत ४, २०७९
student
Hardik health
काठमाडौं- कैलालीका करिब छ हजार जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिने भएको छ । यार्ड नेपालले जिल्लामा रहेका सामुदायिक तथा गुठी विद्यालयमा कक्षा ९ सम्म अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिने भएको हो । यार्ड नेपालका अध्यक्ष वंशीराम चौधरीले विद्यार्थीले आर्थिक अभावका कारण विद्यालय छाड्नुपर्ने वातावरण नआओस् भन्नका लागि छात्रवृत्ति प्रदान गरिरहेको बताउनुभयो । उहाँले ताइवानमा रहेको चुजी च्यारिटी फाउन्डेसनको आर्थिक सहयोगमा जिल्लाका तीन वटा पालिकामा छात्रवृत्ति वितरणको कार्यक्रम चलिरहेको बताउनुभयो । उहाँका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र कैलारी गाउँपालिकामा छात्रवृत्तिको कार्यक्रम चलिरहेको छ । उहाँले हालसम्म करिब दुई हजार पाँच सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिसकिएको जानकारी दिनुभयो । “नयाँ शैक्षिक सत्र आइरहेको छ, यो समयमा आर्थिक अभावकै कारण धेरैजसो बालबालिकाले विद्यालय छाड्ने अवस्था आउने गर्दछ”, उहाँले भन्नुभयो, “त्यसैले यो समयमा बालबालिकालाई शैक्षिक सामग्री खरिद गरी विद्यालय छाड्नुपर्ने अवस्था नआओस् भन्नाका लागि हामीले छात्रवृत्ति वितरण गरिरहेका छौँ ।” उहाँले कापी कलम तथा ड्रेस किन्न नसक्दा विद्यालय छोडेर विदेशतिर जाने परिपाटीको अन्त्यका लागि कार्यक्रम फलदायी हुने विश्वास लिएको बताउनुभयो । उहाँका अनुसार छात्रवृत्ति कार्यक्रमले विद्यार्थीमा पढ्ने हौसला समेत प्रदान हुनेछ । नेपाल सरकारको नियमअनुसार प्रत्येक विद्यालयमा स्थानीय पालिकाको समन्वयमा दलित, जनजाति, गरिब, जेहेन्दार तथा छात्रा विद्यार्थीको छनोट गरिएको चौधरीको भनाइ रहेको छ । प्रत्येक विद्यार्थीलाई छात्रवृत्तिस्वरुप रु एक हजार पाँच सय प्रदान गरिएको बताउँदै उहाँले थोरै रकम भए पनि केही हदसम्म विद्यार्थीका आवश्यकता परिपूर्ति हुने अपेक्षा लिएको बताउनुभयो । शुक्रबार गोदावरी नगरपालिकामा एक कार्यक्रमको आयोजना गरी गोदावरीमा छात्रवृत्ति वितरण कार्य सुरु गरिएको छ । नगरप्रमुख वीरेन्द्र भट्टको प्रमुख आतिथ्यमा दुर्गालक्ष्मी नमूना माध्यमिक विद्यालयबाट छात्रवृत्ति वितरणको कार्य सुरु गरिएको हो । कार्यक्रममा नगरप्रमुख भट्टले शिक्षाको क्षेत्रमा एक मात्र नमूना विद्यालयका रुपमा रहेको दुर्गालक्ष्मीले गोदावरीलाई चिनाउने प्रयास गरिरहेको बताउनुभयो । उहाँले देशको आर्थिक स्थिति जर्जर अवस्थामा हुँदा अपेक्षाअनुरुप आर्थिक सङ्कलन नभइरहेको अवस्थामा छात्रवृत्ति प्रदान गर्दा विद्यार्थीलाई राहत हुने बताउनुभयो । उहाँले आर्थिकमन्दीका समयमा बालबालिकाको उज्जवल भविष्यका लागि नयाँ शैक्षिक सत्रमा कपी किताब र ड्रेस किन्न छात्रवृत्तिको रकमले सहुलियत हुने विश्वास व्यक्त गर्नुभयो । गोदावरीमा करिब एक हजार दुई सयदेखि एक हजार पाँच सयको हाराहारीमा विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिने बताइएको छ । यार्ड नेपालले धनगढीका करिब ७३, गोदावरीका ५० र कैलारीका एक दर्जन जति विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिरहेको छ । जसमा सामुदायिक विद्यालय र गुठीद्वारा सञ्चालित विद्यालय समावेश गरिएका छन् । कैलाली जिल्लाका युवा मिलेर २०६७ सालमा स्थापना भएको यार्ड नेपाल स्वयंसेवक संस्थाका रुपमा रहेको छ । शिक्षा क्षेत्रमा काम गर्दै आइरहेको यसले छात्रवृत्तिको कार्यक्रमका साथै प्रजनन तथा यौन स्वास्थ्य शिक्षासम्बन्धी धनगढी, गोदावरी र कृष्णपुर नगरपालिकामा काम गरिरहेको यार्डका अध्यक्ष वंशीराम चौधरीले बताउनुभयो । त्यसका साथै टीकापुर र भजनी नगरपालिकामा डिजिटल स्टोरी टेलिङ तथा डिजिटल एजुकेशनसम्बन्धी १५ वटा विद्यालयमा उक्त संस्थाले काम गर्ने बताइएको छ ।–––
प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  ११:२२
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
टीकापुर क्याम्पसको अतिक्रमित जग्गा संरक्षणका लागि उच्चस्तरीय आयोग गठनको माग
टीकापुर क्याम्पसको अतिक्रमित जग्गा संरक्षणका लागि उच्चस्तरीय आयोग गठनको माग आइतबार, कात्तिक २, २०८२
दुई हजार रोपनीभन्दा बढी जग्गा अपचलन
दुई हजार रोपनीभन्दा बढी जग्गा अपचलन सोमबार, असोज २७, २०८२
सिकाइमा सुधार ल्याउन शिक्षक, विद्यार्थी र अभिभावकबीच सहकार्य आवश्यक छ’
सिकाइमा सुधार ल्याउन शिक्षक, विद्यार्थी र अभिभावकबीच सहकार्य आवश्यक छ’ आइतबार, असोज २६, २०८२
उत्तरपुस्तिका जलेर नष्टऽपुनः परीक्षा गर्ने निर्णय
उत्तरपुस्तिका जलेर नष्टऽपुनः परीक्षा गर्ने निर्णय शुक्रबार, असोज २४, २०८२
सिटिइभिटीद्वारा शिक्षामन्त्रीको निर्देशन कार्यान्वयन सुरु
सिटिइभिटीद्वारा शिक्षामन्त्रीको निर्देशन कार्यान्वयन सुरु शुक्रबार, असोज १०, २०८२
सिटिइभीटीलाई शिक्षामन्त्री पुनको चार बुँदे निर्देशन
सिटिइभीटीलाई शिक्षामन्त्री पुनको चार बुँदे निर्देशन शुक्रबार, असोज १०, २०८२
सामुदायिक विद्यालय अभिभावक तथा विद्यार्थीको रोजाइमा
सामुदायिक विद्यालय अभिभावक तथा विद्यार्थीको रोजाइमा आइतबार, असोज ५, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP