Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अन्तर्राष्ट्रिय मातृभाषा दिवस
  • #साके एन्ड फेंग
  • #विमला_घिमिरे
  • #प्रियतम
  • #श्वेत र काल
  • #चितुवाको उद्धार
  • #उज्यालो नेपाल पार्टी
  • #शेर्पा_समुदाय
  • #रामचन्द्र_पौडेल
Search Here
समाचार
  • Home
  • समाचार
  • ‘मगर खाम भाषा’मा पाठ्यक्रम
‘मगर खाम भाषा’मा पाठ्यक्रम
बिहीबार, चैत २, २०७९
magar
Hardik health
काठमाडौं– निसीखोला गाउँपालिकाले यहाँ बोलिने ‘मगर खाम भाषा’ मा पाठ्यक्रम बनाएको छ । नयाँ पाठ्यक्रम यसवर्षदेखि कक्षा एकदेखि आठसम्म लागू गर्ने गाउँपालिकाका शिक्षा शाखा प्रमुख जयराज पुनले जानकारी दिनुभयो । उहाँका अनुसार अघिल्लो वर्षनै पाठ्यक्रम निर्माण गरिएको थियो । तर यहाँ बोलिने मगर खाम भाषा समावेश नहुँदा पाठ्यक्रम कार्यान्वयन गर्न नसकिएको हो । निसीखोला– ५ र ६ मा बसोबास गर्ने स्थानीय ‘मगर खाम भाषा’ बोल्ने गर्छन् । अन्य वडामा भने यो भाषा प्रयोग हुँदैन । गाउँपालिकाले नेपाली र मगर खाम भाषा दुवैमा पाठ्यक्रम नर्माण गरेर पाठ्यपुस्तक तयार गर्ने उहाँको भनाइ छ । मगर खाम भाषाको पाठ्यपुस्तक दुई बाहेक अन्य वडामा ऐच्छिक विषयका रुपा राखिने छ । आगामी शैक्षिक सत्र २०८० देखि कक्षा १ मा दुवै भाषाका पाठ्यपुस्तक पढाइ हुने शिक्षा शाखा प्रमुख पुनले बताउनुभयो । आगामी शैक्षिक सत्रदेखि पाठ्यक्रम लागू भए पनि पाठ्यपुस्तक क्रमशः छपाइ गर्ने र लागू गर्ने उहाँको भनाइ छ पाठ्यपुस्तकमा स्थानीय कृषि, परम्परागत व्यापार व्यवसाय, स्थानीय प्रविधिमा आधारित उद्योग व्यवसाय, खाना, खेल, सङ्घसंस्था, समाज, बाजागाजा नाच, चाडपर्व र रीतिरिवाज, स्थानीय जातजाति, बेषभूषा तथा संस्कृति, धार्मिक ऐतिहासिक र पर्यटकीयस्थल र प्रकोप र विपद् व्यवस्थापन लगायतका विषय समावेश हुने उहाँले जानकारी दिनुभयो । “पाठ्यक्रम पोहोर सालमै निर्माण गरेर सकिएको थियो, तर मगर खाम भाषाकै कारण लागू गर्न ढिलाइ भएको हो, नेपाली भाषाको मात्रै हुन्थ्यो भने गत वर्षनै लागूहुन्थ्यो,” प्रमुख पुनले भन्नुभयो,“यसवर्ष विषय विज्ञहरुको टिम बनेको छ, अब छिट्टै कक्षा १ देखि पाठ्यपुस्तक पठनपाठन गराउने गरी काम भएको छ । यसवर्ष पाठ्यपुस्तकका लागि गाउँपालिकाले रु १० लाख विनियोजन गरेको छ । पछिल्लो समय मातृभाषा लोप हुनथालेपछि पाठ्यक्रममै समावेश गर्न लागेको गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले बताउनुभयो । निसीखोलाको सीमित ठाउँमा मात्रै मगर खाम भाषा बोलिने हुँदा भाषा संरक्षणमा चुनौती थपिएको अध्यक्ष घर्ती मगर बताउँनुहुन्छ । उहाँ भन्नुहुन्छ,“बालबालिकादेखि युवा बजारमा बस्ने, बजारमै पढ्न थाले गाउँमा पढ्ने पनि नेपाली भाषामै पढ्छन्, त्यसले गर्दा यहाँको भाषा सङ्कटमा पर्ने जोखिम बढेपछि संरक्षणका लागि हामी जुटेका छौँ, स्कुल पाठ्यक्रममै समावेश भएर पढाइ भयो भने भाषा लोप भएर जाँदैन ।” बागलुङमा अघिल्लो वर्षदेखिनै स्थानीय पाठ्यक्रम निर्माण गरी पठनपाठन सुरु भएको छ । सबैभन्दा पहिले तमानखोला गाउँपालिकाले पाठ्यक्रम निर्माण गर्नुको साथै पाठ्यपुस्तक बनाएर पठनपाठन सुरु गरेको हो । तमानखोलासँगै ताराखोला र बरेङ गाउँपालिकाले पनि पाठ्यक्रम बनाएर लागूका छन् । तमानखोला गाउँपालिकाले ‘मेरो तमानखोला’ नामक पाठ्यक्रम बनाएर कक्षा १ देखि ३ सम्म पढाउन थालेको हो । आगामी वर्ष कक्षा ५ सम्मको पाठ्यक्रम लागू गर्ने तयारी भएको गाउँपालिकाले जनाएको छ । ताराखोला गाउँपालिकाले पनि गत शैक्षिक सत्रबाटै पाठ्यक्रम बनाएर पढाउन थालेको हो । बरेङ गाउँपालिकले पनि यही शैक्षिक सत्रदेखि पाठ्यक्रम लागू गरेको छ । बरेङले पहिलो चरणमै कक्षा १ देखि ३ सम्मको ‘हाम्रो बरेङ’ पाठ्यक्रम बनाएर पढाउन थालिसकेको शिक्षा अधिकारी सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो । गाउँपालिकाले स्थानीय चाडपर्व, कला, संस्कृति र पालिकाको परिचयलाई पाठ्यक्रममा समावेश गरिएको उहाँको भनाइ छ । बडिगाड गाउँपालिकाले पनि यही वर्षदेखि कक्षा १ को पाठ्यपुस्तक निर्माण गरी पठनपाठन थालेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख पूर्णबहादुर घर्तीले जानकारी दिनुभयो । उहाँले यसवर्ष कक्षा १–३ पाठ्यक्रम निर्माण गरी कार्यान्वयनमा ल्याएको भन्दै अगामी वर्षदेखि माथिल्लो तहका पाठ्यपुस्ता निर्माण गरी पठनपाठन सुरु गरेको बताउनुभयो । बागलुङ नगरपालिकाले भने कक्षा १–८ को पाठ्यक्रम निर्माण गरे पनि पाठ्यपुस्तक बनाएर पठनपाठन गर्न सकेको छैन । आगामी शैक्षिक सत्रदेखि पाठ्यपुस्तक तयार गरी १–३ को पठनपाठन गर्ने नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  १६:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न कार्यदल
धादिङ बस दुर्घटनाको छानबिन गर्न कार्यदल सोमबार, फागुन ११, २०८२
वैदेशिक श्रमिक सेवा वितरणमा एकीकृत प्रणाली आवश्यक:राष्ट्रिय जीवन बिमा
वैदेशिक श्रमिक सेवा वितरणमा एकीकृत प्रणाली आवश्यक:राष्ट्रिय जीवन बिमा सोमबार, फागुन ११, २०८२
पर्सामा सर्वपक्षीय बैठकदद्धारा दोषीलाई कानुनी दायरामा ल्याउने सहमति
पर्सामा सर्वपक्षीय बैठकदद्धारा दोषीलाई कानुनी दायरामा ल्याउने सहमति सोमबार, फागुन ११, २०८२
मतदाताको माझमा उम्मेदवार पोखरेल
मतदाताको माझमा उम्मेदवार पोखरेल सोमबार, फागुन ११, २०८२
निर्वाचन आयोगबाट दुर्गा प्रसाईँकाे निर्णयको फाइल मगाउन आदेश
निर्वाचन आयोगबाट दुर्गा प्रसाईँकाे निर्णयको फाइल मगाउन आदेश सोमबार, फागुन ११, २०८२
बस दुर्घटनामा १५ जना घाइते
बस दुर्घटनामा १५ जना घाइते सोमबार, फागुन ११, २०८२
संयुक्त राष्ट्रसंघकी नेपालका आवासीय संयोजकसँग गृहमन्त्री अर्यालकाे  भेट
संयुक्त राष्ट्रसंघकी नेपालका आवासीय संयोजकसँग गृहमन्त्री अर्यालकाे भेट सोमबार, फागुन ११, २०८२
लोकप्रिय
  • Week
  • Month
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP