Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अन्तर्राष्ट्रिय मातृभाषा दिवस
  • #साके एन्ड फेंग
  • #विमला_घिमिरे
  • #प्रियतम
  • #श्वेत र काल
  • #चितुवाको उद्धार
  • #उज्यालो नेपाल पार्टी
  • #शेर्पा_समुदाय
  • #रामचन्द्र_पौडेल
Search Here
समाचार
  • Home
  • समाचार
  • नामले अशान्त ‘कोशी’
नामले अशान्त ‘कोशी’
बुधबार, चैत १, २०७९
Koshi-Aandolan
Hardik health
काठमाडौं– देशको पूर्वी क्षेत्रको प्रदेशको नाम ‘कोशी’ राखिएपछि त्यहाँ दुई सातादेखि अशान्ति छ । पहिचानवादीहरू लगातार आन्दोलित छन् । प्रदेशका ठाउँठाउँमा कालो झण्डा गाडिएको छ । कतै त प्रदेशको नाम ‘कोशी’ राखिएको बोर्ड नै तोडफोड भएको छ । यी घटनाहरूले नामकै कारण प्रदेश आन्तरिक द्वन्द्वमा फसेको देखिएको छ । प्रदेशको नाम ‘कोशी’ राख्ने दलका सांसद र मन्त्रीहरूलाई त प्रदेश निर्वाचन क्षेत्रमा प्रवेश गर्न सहज छैन । पहिचानवादी दल र तिनका नेता कार्यकर्तासँगै समर्थकहरूले उनीहरूको चर्को आलोचना गरिरहेका छन् । प्रदेशको केही जिल्लामा त मुख्यमन्त्री हिक्मत कार्की, नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा र नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो ‘मौसम’को पुत्ला दहनसमेत भएको छ । ‘कोशी’ नामका प्रस्तावक इलामका एमाले सांसद रामबहादुर राना, समर्थक बनेका अर्का सांसद निरेन राईलगायतको पनि उत्तिकै आलोचना भइरहेको छ । कांग्रेसकी प्रदेश सांसद मैयाँ श्रेष्ठ लावती नामको विषयलाई लिएर प्रदेशमा द्वन्द्व निम्तिने नसोचिएको बताउँछिन् । उनले प्रभावसँग भनिन्, ‘आकस्मिकरूपमा प्रस्ताव आयो । प्रस्तावको पक्षमा मत हालियो । संसदीय दलको निर्देशन मान्नैपर्छ । र, त्यसबेला यस्तो होला भन्ने सोचिएन ।’ १७ फागुनमा प्रदेश संसद्को दुई तिहाइ बहुमतले कोशी प्रदेश नामकरण गरेको हो । जतिबेला एमालेका ४० जना, कांग्रेसका २९ जना, माओवादीका १३ जना र राप्रपाका छ जना सांसदले कोशीको पक्षमा मतदान गरेका थिए । नेकपा एकीकृत समाजवादी र जनता समाजवादीका पार्टीका गरी पाँच जना सांसदले भने कोशी नामको विरुद्धमा मतदान गरेका थिए । दुई तिहाइ बहुमतले प्रदेश नाम कोशी राखिए पनि पहिचान पक्षधरहरू लगातार सडकमा छन् । घरिघरी चक्काजाम गर्दै आएका छन् । आन्दोलनकारीहरूकै शब्दमा प्रदेशको नाम नै ‘आन्तरिक द्वन्द्व’को कारक हो । उनीहरूका अनुसार ऐतिहासिक दस्तावेजहरूका आधारमा कोशी नाम भएको प्रदेशको भूगोल लिम्बुवान र खम्बुवानको हो । गोरखा राज्य विस्तार हुनुभन्दा पहिले अरुण–सभाखोलादेखि पूर्व मेची वारीसम्मको भूगोल लिम्बुवानको हो । पूर्वसहसचिव भगिराज इङ्नामको मदन पुरस्कारप्राप्त पुस्तक ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह’मा समावेश भएका दस्तावेजहरूले उक्त भूगोलको नाम लिम्बुवान भएको पुष्टि गर्छ । ती ऐतिहासिक दस्तावेजहरूका अनुसार सेन शासकहरूले पछिल्लोपटक वि.सं. १८२४ मा जारी गरेको एउटा दस्तावेजमा लिम्बुवान शब्द उल्लेख भएको भेटिएको छ । इतिहासका अन्वेषक लक्ष्मण लावतीका अनुसार त शाहकालसम्मै ‘पल्लो किरात लिम्बुवान’ भनिन्थ्यो । ‘राजा रणबहादुर शाह र उनीपछिका राजाहरूले जारी गरेको विभिन्न लालमोहरदेखि अनेकन दस्तावजेमा भूगोलको नाम पल्लो किरात लिम्बुवान लेखिएको पाइन्छ,’ उनी दाबी गर्छन् । उदयपुरको चौदण्डी गढीदेखि पश्चिम भने खम्बुवानको भूमि रहेको दस्तावेजहरूले पुष्टि गरेको अर्का इतिहासका अन्वेषक राजकुमार दिक्पालले विभिन्न लेखमार्फत दाबी गर्दै आएका छन् । कतिपय दस्तावेजले भने उक्त भूगोललाई माझ किरात खम्बुवान भन्ने गरेको पनि बताइन्छ । यी कारणहरूले गर्दा पनि पहिचान पक्षधरहरू ऐतिहासिक पहिचानको आधारमा प्रदेशको नामांकन हुनुपर्ने भन्दै आन्दोलित छन् । त्यसो त पहिलो संविधानसभामा डा. मदन परियारको नेतृत्वमा गठित उच्चस्तरीय राज्य पुनर्संरचना सुझाव आयोगले प्रदेश नामाकरणको आधार ऐतिहासिक पृष्ठभूमिलाई पनि हुने सुझाएको थियो । सोहीअनुसार त्यसबेला बहुपहिचानको आधारमा कांग्रेस र एमालेले हाल कोशी प्रदेशले समेटिएको भूगोललाई खम्बुवान–सगरमाथा, कोशी–खम्बुवान, लिम्बुवान–कञ्चनजंघालगायत नाम प्रस्ताव गरेका थिए । तत्कालीन एकीकृत नेकपा माओवादीले भने एकल पहिचानका आधारमा लिम्बुवान, खम्बुवान, कोच, अवधजस्ता नामाकरण गरेको थियो । तर, दोस्रो संविधानसभा हुँदै प्रतिनिधिसभा निर्वाचन २०७४ सँगै २०७९ सम्ममा आइपुग्दा पहिचानवादीहरूको जनमत घट्दै गयो । परिणामतः महेन्द्रकालीन राज्य पुनर्संरचनाअन्तर्गत तत्कालीन पूर्वाञ्चल विकास क्षेत्रमा पर्ने एउटा अञ्चलको नाम कोशी नै प्रदेशको नाम राख्न एमाले, कांग्रेस, माओवादी र राप्रपाले रुचाए । यसप्रति पहिचानवादीहरू १७ फागुनदेखि नै लगातार आन्दोलनमा छन् । आन्दोलनको नेतृत्व प्रदेश १ को पुनः नामांकन संघर्ष समितिले गर्दै आएको छ । आन्दोलनको संयोजन भने नेपाल आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ, किरात राई यायोख्यासहितका पहिचान पक्षधर जातीय घटकहरूले गर्दै आएका छन् । कांग्रेस, एमाले, माओवादी, जसपा, नेपपा एसलगायत विभिन्न दलका लिम्बुवान र खम्बुवानसम्बन्धी भ्रातृ संगठनसँगै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बन्धी लिम्बुवान, खम्बुवान, खम्बुवान मुक्ति मोर्चालगायतका क्षेत्रीय दलहरू आन्दोलित छन् । किरात मोर्चा पनि आन्दोलनमै छ । अघिल्लो प्रदेश संसद्मा भने पहिचान झल्किने नाम नराखिँदा आन्तरिक द्वन्द्व चर्किनसक्ने बुझाइका आधारमा संसद् बैठकमा नामसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत भएन । प्रदेशका पहिलो मुख्यमन्त्री शेरधन राई, दोस्रो मुख्यमन्त्री भीम आचार्यदेखि तेस्रो मुख्यमन्त्री राजेन्द्रकुमार राईसम्मले नामसम्बन्धी प्रस्ताव पेस गर्न चाहेनन् । किनभने उनीहरूको डर निर्वाचनमा पहिचानवादीहरूले असहयोग गर्न सक्नेमा थियो । तर, प्रदेशका चौथो मुख्यमन्त्रीको रूपमा रहेका वर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले भने प्रदेश राजधानी विराटनगरमा कफ्र्यु आदेश जारी गराएरै प्रदेशको नाम कोशी राखे । अघिल्लो संसद्मै कार्की पनि आबद्ध दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेशको नाम कोशी राख्न दबाब दिएका थिए । किनभने उनले तत्कालीन प्रदेश ३ लाई बागमती, प्रदेश ४ लाई गण्डकी, ५ नम्बर प्रदेशलाई लुम्बिनी, छ नम्बर प्रदेशलाई कर्णाली र ७ नम्बर प्रदेशलाई सुदूरपश्चिम प्रदेश राख्न लगाएका थिए ।
प्रकाशित मिति: बुधबार, चैत १, २०७९  १२:०३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न कार्यदल
धादिङ बस दुर्घटनाको छानबिन गर्न कार्यदल सोमबार, फागुन ११, २०८२
वैदेशिक श्रमिक सेवा वितरणमा एकीकृत प्रणाली आवश्यक:राष्ट्रिय जीवन बिमा
वैदेशिक श्रमिक सेवा वितरणमा एकीकृत प्रणाली आवश्यक:राष्ट्रिय जीवन बिमा सोमबार, फागुन ११, २०८२
पर्सामा सर्वपक्षीय बैठकदद्धारा दोषीलाई कानुनी दायरामा ल्याउने सहमति
पर्सामा सर्वपक्षीय बैठकदद्धारा दोषीलाई कानुनी दायरामा ल्याउने सहमति सोमबार, फागुन ११, २०८२
मतदाताको माझमा उम्मेदवार पोखरेल
मतदाताको माझमा उम्मेदवार पोखरेल सोमबार, फागुन ११, २०८२
निर्वाचन आयोगबाट दुर्गा प्रसाईँकाे निर्णयको फाइल मगाउन आदेश
निर्वाचन आयोगबाट दुर्गा प्रसाईँकाे निर्णयको फाइल मगाउन आदेश सोमबार, फागुन ११, २०८२
बस दुर्घटनामा १५ जना घाइते
बस दुर्घटनामा १५ जना घाइते सोमबार, फागुन ११, २०८२
संयुक्त राष्ट्रसंघकी नेपालका आवासीय संयोजकसँग गृहमन्त्री अर्यालकाे  भेट
संयुक्त राष्ट्रसंघकी नेपालका आवासीय संयोजकसँग गृहमन्त्री अर्यालकाे भेट सोमबार, फागुन ११, २०८२
लोकप्रिय
  • Week
  • Month
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP