Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अन्तर्राष्ट्रिय मातृभाषा दिवस
  • #साके एन्ड फेंग
  • #विमला_घिमिरे
  • #प्रियतम
  • #श्वेत र काल
  • #चितुवाको उद्धार
  • #उज्यालो नेपाल पार्टी
  • #शेर्पा_समुदाय
  • #रामचन्द्र_पौडेल
Search Here
समाचार
  • Home
  • समाचार
  • डढेलोको असर : वनमा चराचुरुङ्गी र वन्यजन्तुको चहलपहल घट्यो
डढेलोको असर : वनमा चराचुरुङ्गी र वन्यजन्तुको चहलपहल घट्यो
बुधबार, चैत १, २०७९
birds
Hardik health
महोत्तरी– वनमा पस्ने बित्तिक्कै सुनिने चराचुरुङ्गीको चिरबिर महोत्तरीमा सुनिन छाडेको छ । रङ्गीविरङ्गी चरा र वन्यजन्तुको चहलपहल हुन छाड्दा वनको रमाइलो घटेको नजिकका बासिन्दा बताउँछन् । अहिले दिनहुँजसो वनक्षेत्रमा डढेलो बढ्दै गएपछि चराचुरुङ्गी र वन्यजन्तुको चहलपहल देखिन छाडेको यिनका आनीबानी बुझेका वनक्षेत्र नजिकका सर्वसाधारणको भनाइ छ । बर्दिबास नगरपालिकाको मुख्यकेन्द्र बर्दिबासचोकबाट पाँच सय मिटरमात्र दूरीमा रहेका नेवारडाँडा, कामीडाँडा, पानीखोल्सी र रातमाटा सामुदायिक वनमा सहजै देखिने मयुर फागुन १५ गते यता देखिन छाडेको बर्दिबास–१ र ३ को गौरीडाँडाका बासिन्दा बताउँछन् । “मयुर त जताततै देखिन्थे, यसो खोल्सीतिर पस्ने बित्तिक्कै थरिथरिका चराको चिरबिर सुनिन्थ्यो”, बर्दिबास–१ का बासिन्दा विनोद खड्का भन्नुहुन्छ, “अचेल केही दिनयता यी चरा देखिँदैनन् ।” त्यसैगरी वनमा बाक्लै रहने खरायो, दुम्सी, फ्याउरो र स्याल पनि हराएका खड्का बताउनुहुन्छ । यी तीनवटै सामुदायिक वन बर्दिबास–१ को मुख्यचोक र ३ को गौरीडाँडा बस्तीमाझमा पर्छन् । पछिल्लोपटक तीन दिनदेखि नेवारडाँडा–कामीडाँडा वनमा डढेलो लाग्दै आएको छ । त्यसैगरी रातमाटा वनक्षेत्रका कैयौँ ठाउँमा डढेलो बढ्दै गएको छ । आफ्नो बासस्थान वरपर डढेलो बढ्दै गएपछि चराचुरुङ्गी र वन्यजन्तु कतिपय डढेलाको चपेटामा परी मरेका तथा अरु ज्यान जोगाउन अन्तै गएपछि वन सुनसान भएको बर्दिबास–३ का वडाध्यक्ष विराट विष्ट बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “भर्खरै दुई दिनअघिमात्र नेवारडाँडा–कामीडाँडा वनको सिरानस्थित सुरेश बस्नेतको घरमा डढेलो लाग्यो ।” दिनदिनैको डढेलोले वनसँगै टाँसिएका बस्तीका बासिन्दा राति निश्चिन्त भएर सुत्न नसकेका विष्टको भनाइ छ । “त्रासैत्रासमा छौँ, कतिखेर डढेलो कहाँ देखिने हो भन्ने मनमा कुरा खेलिरहन्छ”, विष्टले भन्नुभयो । यसैगरी जिल्लाको चुरे पहाडी शृङ्खला बर्दिबास नगरक्षेत्रमै पर्छ । पूर्वपश्चिम राजमार्ग वारिपारिका सबैजसो वनमा अहिले डढेलोको मुस्लो, डढेलोले जलेको ठुटा र खरानी देखिन्छ । डढेलोले गर्दा वनका चराचुरुङ्गी, जीवजन्तु हराउनुका साथै बहुमूल्य जडीबुटी तथा काठ डढेर खरानी भएको देख्नुपरेको ६० वर्षीया कर्णमाया गुर्मछाने बताउनुहुन्छ । पूर्वमा रातुपुलबाट पश्चिममा बाँके पुलसम्म पूर्वपश्चिम राजमार्गको १८ किलोमिटर दूरी महोत्तरीमा पर्छ । यो दूरीभित्रको भब्सीपुलबाट बाँकेसम्मको करिब १५ किमी दूरीभित्र दायाँबायाँ वनक्षेत्र छ । अहिले दिनहुँ वनक्षेत्रमा जताततै डढेलोले वनसम्पदा सखाप पार्दैछ । यसपालि हिउँदे वर्षा नहुँदा वनक्षेत्रमा सुकेर झरेको पतिङ्गरमा आगो चाँडै फैलँदा छिनभरमै जताततै काला ठुटा र खरानी देखिन्छ । यता वनसम्बद्ध कर्मचारी भने आवश्यक सङ्ख्याका सुरक्षा जनशक्ति नहुँदा सघन गस्ती हुन नसकेको बताउँछन् । “हामीसँग भएको जनशक्ति हिँडेकोहिड्यै छ, एकातिर गयो, अर्कोतिर डढेलो लाग्छ”, बाँके सबडिभिजन वन कार्यालयका एक कर्मचारीले भने, “यो वन कर्मचारीबाट मात्रै नियन्त्रण हुनसक्ने कुरा होइन ।” बर्सेनि डढेलोविरुद्ध जनचेतना अभिवृद्धिका कार्यक्रम गरिए पनि यो समस्या भने घटेको छैन । वनक्षेत्र नजिकका पशुपालक किसानका गोठालाले नै डढेलो लगाएपछि वर्षा हुनासाथ नयाँ घाँस पलाउने विश्वासमा डढेलो लाउने गरेका वनसम्बद्ध कर्मचारीको निष्कर्ष छ । “कतिपय अवस्थामा रुख–रुखको घर्षणबाट निस्कने आगोले पनि डढेलो सल्कन्छ, तर यस्तो कमै हुन्छ”, गणन्ता सबडिभिजन वन कार्यालयका प्रमुख सहायक वन अधिकृत रामसुन्दर साह भन्नुहुन्छ, “हामीकहाँ भने असावधानीसाथ मिल्काइएका बिँडीचुरोटका ठुटा र घाँस पलाउने आशमा गोठालाले सल्काउने आगोले नै डढेलो लाग्ने गरेको छ ।” वनसम्बद्ध कर्मचारी सबै ठाउँमा पुग्न नसक्ने हुँदा यसमा आम सर्वसाधारणको चासो आवश्यक रहेको साह बताउनुहुन्छ । वनक्षेत्र नजिकका बस्ती–बस्तीमा डढेलोविरुद्धको जिम्मेवारीसहितको सामुदायिक सहभागिता बढाउन सके यो समस्या घटाउन सकिने वनविज्ञ बताउँछन् । वन वरपरका सबै बस्तीमा स्थानीय जनप्रतिनिधि, सामाजिक सङ्घसंस्थाका प्रतिनिधि र सर्वसाधारणलाई आवश्यक तालिम दिएर सङ्गठित सामाजिक जिम्मेवारी दिए यसमा सुधार आउनसक्ने चुरे तथा वनबारे काम गर्दै आएको सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिबासका अध्यक्ष नागदेव यादवको सुझाव छ । जिल्लामा राष्ट्रिय वन, सामुदायिक वन, धार्मिक वन र सागरनाथ वन विकास परियोजनासमेत २४ हजार हेक्टरभन्दा बढी वनक्षेत्र रहेको तथ्याङ्क छ । अतिक्रमण र डढेलोको चपेटाले दिनदिनै सघन वनक्षेत्र पातलिँदै गएको वनसम्बद्ध कर्मचारी नै स्वीकार गर्छन् ।
प्रकाशित मिति: बुधबार, चैत १, २०७९  ११:५६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न कार्यदल
धादिङ बस दुर्घटनाको छानबिन गर्न कार्यदल सोमबार, फागुन ११, २०८२
वैदेशिक श्रमिक सेवा वितरणमा एकीकृत प्रणाली आवश्यक:राष्ट्रिय जीवन बिमा
वैदेशिक श्रमिक सेवा वितरणमा एकीकृत प्रणाली आवश्यक:राष्ट्रिय जीवन बिमा सोमबार, फागुन ११, २०८२
पर्सामा सर्वपक्षीय बैठकदद्धारा दोषीलाई कानुनी दायरामा ल्याउने सहमति
पर्सामा सर्वपक्षीय बैठकदद्धारा दोषीलाई कानुनी दायरामा ल्याउने सहमति सोमबार, फागुन ११, २०८२
मतदाताको माझमा उम्मेदवार पोखरेल
मतदाताको माझमा उम्मेदवार पोखरेल सोमबार, फागुन ११, २०८२
निर्वाचन आयोगबाट दुर्गा प्रसाईँकाे निर्णयको फाइल मगाउन आदेश
निर्वाचन आयोगबाट दुर्गा प्रसाईँकाे निर्णयको फाइल मगाउन आदेश सोमबार, फागुन ११, २०८२
बस दुर्घटनामा १५ जना घाइते
बस दुर्घटनामा १५ जना घाइते सोमबार, फागुन ११, २०८२
संयुक्त राष्ट्रसंघकी नेपालका आवासीय संयोजकसँग गृहमन्त्री अर्यालकाे  भेट
संयुक्त राष्ट्रसंघकी नेपालका आवासीय संयोजकसँग गृहमन्त्री अर्यालकाे भेट सोमबार, फागुन ११, २०८२
लोकप्रिय
  • Week
  • Month
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP