काठमाडाैं - राष्ट्रपति रामचन्द्र पौडेलकोे प्रमुख स्वकीय सचिवमा पूर्वराजदूत डा सुरेशचन्द्र चालिसे नियुक्त भएका छन् ।
राष्ट्रपतिको प्रमुख स्वकीय सचिवमा डा चालिसेलाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको हाे ।
डा चालिसे पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको परराष्ट्र सल्लाहकार भएका थिए । उनी नेपालका लागि अमेरिका र बेलायतका पूर्वराजदूतसमेत हुन्।
त्यसैगरी राष्ट्रपति पौडेलको निजी सचिवमा चिरञ्जीवी अधिकारी नियुक्त भएका छन् । उनी लामो समयदेखि पौडेलको स्वकीय सचिवका रूपमा कार्यरत हुन् ।
तनहु क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित पौडेल यही फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए । उनले सोमबार राष्ट्रपति पदको शपथ लिएका थिए।