चरिकोट - दाेलखा चरिकोटले दूधको मूल्य बढाएको छ ।बुधबारदेखि लागू हुने गरेर नयाँ मूल्य परिवर्तन सुची जारी गरी दूधजन्य पदार्थको मूल्य बढेको दाेलखा दुग्ध उद्याेग लिमिटेडले जनाएकाे हाे ।
सरकारले कच्चा दुधकाे मूल्य वृद्वि गराएसँगै उद्याेगबाट उत्पादित दूधजन्य पदार्थकाे मूल्य बढ्न गएकाे दाेलखा दुग्ध उद्याेग लिमिटेडले जनाएकाे छ । हाल प्याकेट दुधकाे डिलर खरिद मूल्य रु ९५ छ भने उपाेभाेक्ता मूल्य रु १०० भएकाे छ ।
प्याक गरिएकाे दहीकाे डिलर खरिद मूल्य रु १३२ छ भने उपाेभाेक्ता मूल्य रु १४० रहेकाे छ । त्यस्तै सुगर फ्रि दहीकाे डिलर खरिद मूल्य रु१६० र उपाेभाेक्ता मूल्य रु १७० रहेकाे छ ।