Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अन्तर्राष्ट्रिय मातृभाषा दिवस
  • #साके एन्ड फेंग
  • #विमला_घिमिरे
  • #प्रियतम
  • #श्वेत र काल
  • #चितुवाको उद्धार
  • #उज्यालो नेपाल पार्टी
  • #शेर्पा_समुदाय
  • #रामचन्द्र_पौडेल
Search Here
समाचार
  • Home
  • समाचार
  • बालबिवाह र हिंसा रोक्न किशोरी अग्रसर
बालबिवाह र हिंसा रोक्न किशोरी अग्रसर
मंगलबार, फागुन ३०, २०७९
girls
Hardik health
  बझाङ - बझाङको वित्थडचिर गाउँपालिका– ४ की पशुपति महत १६ वर्षकी थिइन् । सहपाठी किशोरीहरूले यसै वर्ष बिहे गरेपछि उनको उमेर समूहबाट पनि महत एक्लिइन् । गाउँले महतको पनि बिहे हुने दिन कुर्दै बस्थे । परिवारको सहमतिमा आफैँ भागेर जान्छे भनेर कुरा काट्ने कम थिएनन् । हेर्दाहेर्दै महत भने अरू किशोरीलाई समेत बिहे नगर्न सुझाव दिन थालिन् । किशोरी मात्रै नभएर गाउँमा सबै उमेर समूहकालाई उनले हिंसा रोक्ने अभियानमा लगाइन् । कक्षा १२ मा अध्ययनरत महत अहिले गाउँलेको निर्णायक ठाउँमा बस्छिन् । ‘सुरुमा मेरो कुरा धेरैलाई नमिठो लाग्यो’, महतले भनिन्, ‘गाउँकै बहिनीहरूलाई सम्झाउनसमेत हम्मेहम्मे पर्‍यो । विस्तारै बहिनीहरू आफ्नो पक्षमा भएपछि भने अरूलाई पनि हिंसाबारे बोल्ने आँट आयो ।’ महतलाई अहिले गाउँका धेरै निर्णायक ठाउँमा राखिन्छ । गाउँमा सानोतिनो काम गर्दा पनि आफूलाई सहभागी गराउने गरेको उनले बताइन् । ‘पहिले हाम्रो कुरा कसैले सुन्नै चाहँदैन थिए । कतिपयले त कुन उड्छे ९बिहे गर्छ० भनेर कुरा काट्थे । किशोरीहरूको हिंसाविरूद्धको अभियान गाउँभरि भिजेपछि भने हाम्रो कुरा पनि सुनिन थाल्यो ।’ महतसहितकी किशोरीको टोलीले गत महिनामा मात्रै एउटा बिहे रोके । परिवारकै सहमतिमा १५ वर्षमै बिहे हुने तयारी भएपछि किशोरीलाई भगाएर बिहे रोकेका थिए । ‘परिवारको सहमति भइसकेको थियो, किशोरी पनि राजी भइसकेकी । हामीले उसलाई सम्झाइबुझाइ गरेर बिहेको साइतमा अर्कै घरमा लुकाएपछि उसको बिहे रोकियो’, महतले भनिन् । बिहे रोकेको भन्दै महतलाई दुवैतर्फका परिवार निकै रिसाए । ‘बटारू ९अगुवा गर्ने० लागेकी भन्दै धेरैले गाली गरे । विस्तारै किशोरीका आमाबुवालाई उसको भविष्यबारे सम्झायौँ । बहिनी घर गई । अहिले भने उहाँहरू पनि उमेर नपुगी बिहे नगर्ने सोचमा हुनुहुन्छ’, महतले भनिन् । जयपृथ्वी नगरपालिका(१२ की कविता खड्का अहिले चेतनशील किशोर(किशोरी समूहकी अध्यक्ष छिन् । सोह्र वर्षीया कविता १२ कक्षामा पढ्दै । उनी समूहमा लागेको एक वर्ष भयो । यस अवधिमा दर्जनौँपटक गाउँघरमा हिंसा रोक्ने अभियान नै चलाएकी छन । ‘हाम्रो उमेरकै कारण धेरैले वास्ता गर्दैनन् । धेरै जिद्धी गरेपछि कुरा त सुनिदिउँ भन्ने भएका छन्’, कविताले भनिन् । गाउँमा महिला हिंसाका घटना सुन्नेबित्तिकै खड्काको टोलीले हिंसा गर्ने मान्छेलाई घेरिहाल्छ । ‘माफी नमाग्दासम्म हामी छोड्दैनौँ’, कविताले भनिन्, ‘दोस्रोपटक सोही घटना दोहोरिए कानुनी पक्रियामा जाने भनेपछि त्यो मान्छे सचेत हुन्छ ।’ नगरपालिकामा बाल विवाहका घटना धेरै नभए पनि अन्य लैङ्गिक हिंसा भने रोकिएको छैन । चेतनशील किशोर किशोरी समूहले पालिकाका न्यायिक समितिका पदाधिकारीसँग मिलेर पनि अभियान नै चलाएका छन । ‘हप्तामा एक दिन विद्यालयमा साथीहरूसँग रूपान्तरण सम्बन्धी छलफल गर्छौ’, उनले भने, ‘जसले गर्दा विद्यार्थीले हिंसा न्यूनीकरणका लागि आफ्नो परिवारलाई सचेत गराओस् ।’ वित्थडचिर गाउँपालिका(३ की जानुका विकलाई पनि अहिले गाउँमा सबैले जिम्मेवार किशोरीका रूपमा हेर्छन् । उमेर नपुग्दै बिहे गर्ने, घरेलु हिंसालाई सामान्य लिइरहेको त्यस ठाउँको दलित समुदायमा जानुकाको उपस्थितिले धेरैलाई राहत दिएको छ । उनले आफ्नो समुदायमा मात्रै नभएर गैरदलित समुदायमा पनि हिंसा न्यूनीकरणबारे चेतनाका फैलाउँदै आएकी छन । स्नातक पहिलो वर्षमा अध्ययनरत जानुका आफ्नो अगाडि हुन लागेको हिंसाको त खुलेरै विरोध गर्छन् । ‘हाम्रो गाउँमा त बिहे गर्ने भनेर भागेर आएकी १५ वर्षीया किशोरीलाई समेत फिर्ता पठाएका हौँ’, जानुकाले भनिन्, ‘गत वर्ष त्यसरी नपठाएको भए यो वर्ष नै उसले सन्तान जन्माइसकेकी हुन्थी । उसको स्वास्थ्य अवस्था कस्तो हुन्थ्यो होला रु’ । विक गाउँघरमा हिंसा रोक्न आफैँ अग्रसर भएमात्रै सम्भव हुने बताउँछिन् । यसरी किशोरीहरूलाई आत्मबल बढाउन, विभिन्न खाले हिंसा रोक्न सहयोग गरिरहेको छ, लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनाले । बझाङमा सञ्चालित युएनएफपीएको आर्थिक सहयोगमा भिएसओ र पिसविनद्वारा सञ्चालित परियोजनाले सबैभन्दा बढी बालविवाह तथा हिंसा हुने तलकोट, वित्थडचिर, मष्टा र जयपृथ्वी नगरपालिकाका किशोर किशोरीलाई तालिम दिइरहेको छ । परियोजनाले प्रगतिशील, चेतनशील, लालीगुराँस, भवानीलगायतका किशोर(किशोरी समूह बनाएर प्रशिक्षक प्रशिक्षार्थी ९समूह अध्यक्ष०लाई तालिम दिँदै गाउँ(गाउँमा हिंसाविरूद्धको अभियान चलाइरहेको छ । विभिन्न प्याकेजमा प्रशिक्षक प्रशिक्षार्थी किशोर(किशोरीलाई तालिम दिएर विद्यालय तथा गाउँघरमा सचेतना फैलाउँदै आएको पिसविनका जिल्ला संयोजक भुवनबहादुर सिंहले बताए । किशोर(किशोरीको क्षमता विकास गर्न सुरुमा ५२ दिने प्याकेज राखेको, त्यसपछि ४८ दिने, ३० दिने हुँदै अहिले आठदिने तालिम दिएर आ(आफ्नो गाउँको जिम्मेवारी दिएको उनले जानकारी दिए । संयोजक सिंहअनुसार परियोजनाले गाउँघरबाट किशोरीलाई हिंसाविरूद्धको तालिम दिएर प्रशिक्षक बनाइ गाउँघरमा विभिन्न किशोर(किशोरी समूह गठन गरी साप्ताहिकरूपमा विद्यालय तथा समुदायमा चेतनामूलक कार्यक्रम गरिरहेको छ । हिंसा रोक्नकै लागि जिल्लामा किशोर(किशोरी, अभिभावक, वृद्धवृद्धा सबैलाई विभिन्न प्याकेज बनाएर वर्षमा झन्डै छ हजार जनालाई हिंसाविरूद्धको चेतनामूलक तालिम दिएको उनले बताए । तालिममा स्वयं व्यक्ति, समुदाय, सञ्चार, अधिकार, खर्च, लैङ्गिक हिंसालगायतका १५ खण्डमा रूपान्तरण गर्ने कुरा सिकाइने गरेको प्रशिक्षक देवकी सिंहले बताइन् । उनका अनुसार समूहमा आबद्ध किशोर(किशोरीले अरूलाई हिंसाविरुद्ध सचेत गराउन पहिले आफूबाटै सुरुआत गरेका छन ।  
प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९  १३:४२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सीमानाकामा सवारीसाधन सञ्चालनमा निषेध
सीमानाकामा सवारीसाधन सञ्चालनमा निषेध सोमबार, फागुन ११, २०८२
‘चुनावमा वाचा गर्छन्, जितेपछि बिर्सन्छन्’
‘चुनावमा वाचा गर्छन्, जितेपछि बिर्सन्छन्’ सोमबार, फागुन ११, २०८२
देश गफले होइन, कामले बन्छः अध्यक्ष साम्पाङ
देश गफले होइन, कामले बन्छः अध्यक्ष साम्पाङ सोमबार, फागुन ११, २०८२
प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई निर्वाचन प्रचारप्रसारमा संलग्न नहुन आह्वान
प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई निर्वाचन प्रचारप्रसारमा संलग्न नहुन आह्वान सोमबार, फागुन ११, २०८२
धादिङ बस दुर्घटनाको छानबिन गर्न कार्यदल
धादिङ बस दुर्घटनाको छानबिन गर्न कार्यदल सोमबार, फागुन ११, २०८२
वैदेशिक श्रमिक सेवा वितरणमा एकीकृत प्रणाली आवश्यक:राष्ट्रिय जीवन बिमा
वैदेशिक श्रमिक सेवा वितरणमा एकीकृत प्रणाली आवश्यक:राष्ट्रिय जीवन बिमा सोमबार, फागुन ११, २०८२
पर्सामा सर्वपक्षीय बैठकदद्धारा दोषीलाई कानुनी दायरामा ल्याउने सहमति
पर्सामा सर्वपक्षीय बैठकदद्धारा दोषीलाई कानुनी दायरामा ल्याउने सहमति सोमबार, फागुन ११, २०८२
लोकप्रिय
  • Week
  • Month
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP