Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अन्तर्राष्ट्रिय मातृभाषा दिवस
  • #साके एन्ड फेंग
  • #विमला_घिमिरे
  • #प्रियतम
  • #श्वेत र काल
  • #चितुवाको उद्धार
  • #उज्यालो नेपाल पार्टी
  • #शेर्पा_समुदाय
  • #रामचन्द्र_पौडेल
Search Here
समाचार
  • Home
  • समाचार
  • राष्ट्रिय सुरक्षाको क्षेत्र व्यापक छ : प्रधानसेनापति शर्मा
राष्ट्रिय सुरक्षाको क्षेत्र व्यापक छ : प्रधानसेनापति शर्मा
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन २९, २०७९
sharma
Hardik health
काठमाडाैं - रक्षा मन्त्रालय र नेपाली सेनाले राष्ट्रिय सुरक्षा सुनिश्चित र राष्ट्रियहित प्रवद्र्धन गर्ने हेतुले विभिन्न मन्त्रालय, निकाय र सुरक्षा सङ्गठनका नीतितर्जुका तहमा रहने माथिल्लो अधिकृतका लागि उच्चस्तरीय राष्ट्रिय सुरक्षासम्बन्धी तालिम सञ्चालन गरेको छ । शिवपुरीस्थित सैनिक कमाण्ड एण्ड कलेजमा आजदेखि सुरु भएको तालिममा राष्ट्रिय सुरक्षाको क्षेत्र व्यापक रहेकाे प्रधानसेनापति प्रभुराम शर्मा बताएका हुन् । आठौँ समूहको उक्त १५ दिने तालिममा राष्ट्रिय सुरक्षाका बहुपक्षीय आयामलगायत राष्ट्रियहितका विविध विषयमा ज्ञान दिइनेछ । तालिममा राष्ट्रिय शक्तिका तत्व, राष्ट्रिय शक्तिका रुपमा कूटनीति : अवसर र चुनौती, नागरिक–सैनिक सम्बन्ध, रणनीति निर्माण प्रक्रिया, राष्ट्रिय सुरक्षा, सुरक्षा नीतितर्जुमाका विषयमा विद्वानको अनुभव प्रस्तुति हुने जनाइएकाे छ । प्रशिक्षार्थीलाई राष्ट्र, राज्य प्रणाली, शक्ति बाँडफाँटका संयन्त्र, यसका चुनौती र अबको बाटो, सैन्य कूटनीति, नेपालको भू–रणनीति र भू–राजनीतिका विषयमा सुरक्षा र कूटनीति क्षेत्रमा दख्खल राख्नु हुने विज्ञले प्रशिक्षण दिने  जनाइएकाे छ । नेपालको अर्थ व्यवस्था र यसका चुनौती, समृद्धिका लागि राजनीतिक स्थायित्व, भू–रणनीतिक सन्दर्भः सैन्य आवश्यकता, सङ्घीयता, सम्भावना र राष्ट्रिय सुरक्षा, अधिक सोत न्यून उपायोग, नेपालको अर्थ सामाजिक विकासका लागि ऊर्जाको सम्भाव्यता र सुरक्षा चुनौती विषयमा पनि गहन छलफल हुनेछ । विज्ञले मुलुकको सामाजिक, राजनीतिक र राष्ट्रिय सुरक्षामा तिनको असर, नेपालको सामाजिक तथा सांस्कृतिक बनावट, हिमाली क्षेत्र र राष्ट्रिय सुरक्षा विषयमा सिकाइ प्रस्तुत गर्ने कार्यक्रम छ । तालिम उद्घाटनका अवसरमा सुरक्षा क्षमता, सीमा सुरक्षा प्रवद्र्धन, क्षेत्रीय सहयोग प्रवद्र्धन, आन्तरिक द्वन्द्वको सम्बोधन र विपद् न्यूनीकरणमा सबै निकायबीच साझा प्रयासको खाँचो  भएकाे बताइएकाे छ । उक्त तालिमको सुभारम्भ गर्दै प्रधानसेनापति प्रभुराम शर्माले शीतयुद्धपश्चात्को परिवर्तित विश्वव्यवस्था तथा तीव्र गतिमा बढी रहेको विश्वव्यापीकरणले राष्ट्रिय सुरक्षाका क्षेत्रलाई व्यापक बनाउँदै लगेको  उनले बताए  । उनले राष्ट्रिय सुरक्षामा पैदा हुने बाह्य खतराको सामना गर्न सैन्य शक्तिको महत्त्व तथा आवश्यकता यथावत नै रहेको तथ्यलाई विश्वका धेरै घटनाक्रम र विशेषतः जारी रुस–युक्रेन युद्धले पुष्टि गरेको धारणा व्यक्त गरे । नेपालको राष्ट्रिय सुरक्षा नीतिले राष्ट्रिय हितको अभिवृद्धि एवं राष्ट्रिय सुरक्षा सुदृढीकरणको दिशामा कोशेढुङ्गाको काम गर्ने बताउँदै प्रधानसेनापति शर्माले राष्ट्रिय हित, सुरक्षा, अन्तर्राष्ट्रिय सम्बन्धलगायतका महत्वपूर्ण विषयमा व्यापक अध्ययन, अनुसन्धान तथा अन्तक्र्रियाका लागि आवश्यक राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सञ्चालनका लागि भौतिक संरचनाको निर्माण तीव्ररुपमा अघि बढी रहेको उल्लेख गरे । रक्षा मन्त्रालयका सचिव किरणराज शर्माले तालिमबाट राष्ट्रिय सुरक्षाका विभिन्न आयम र पक्षमा ज्ञान हासिल भई मन्त्रालय, विभाग र अरु निकायमा रणनीतिक नीतितर्जुमा गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे । उनले भने, “राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बहुआयामिक चुनौती र आन्तरिक द्वन्द्व अन्त्य गर्न सेनालगायत अन्य सुरक्षा अङ्ग र सम्बन्धित मन्त्रालय एवं निकायको क्षमता अभिवृद्धि गर्न आवश्यकता छ ।” सचिव शर्माले साना राष्ट्रले सुरक्षा, स्थिरता र समृद्धि माथि आइलाग्ने विभिन्न चुनौती सम्बोधन गर्न कूटनीति, समूह निर्माण, सैनिक क्षमता अभिवृद्धि, विपद् क्षति न्यूनीकरण तयारी, अर्थतन्त्रको विविधीकरणका साथै प्रभावकारी रणनीति तयार गर्न आवश्यक रहेको धारणा प्रस्तुत गरे। उनले जनताको सुरक्षा, सीमा पार हुने आपराधिक क्रियाकलाप र आतङ्कवाद नियन्त्रण तथा प्राकृतिक विपद्का घटनामा क्षति न्यूनीकरण गर्न सुरक्षा समयन्त्रले काम गरिरहेकाले यसमा आउने थप चुनौतीको समाना गर्न सुरक्षा बलको आधुनिकीरण, नवीनतम प्रविधिको प्रयोग र तालिम आवश्यक रहेको बताए । तालिममा विभिन्न मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग, सञ्चारमाध्यमलगायत सरकारी र गैरसरकारी निकायका वरिष्ठ अधिकारी ३० जनाको सहभागिता छ । यसअघि उक्त कलेजबाट प्रधानसेनापति शर्मासहित एक सय ६६ जना शिक्षार्थीले अनुशिक्षण पूरा गरेका थिए । प्रधानसेनापति शर्माले पहिलो समूहमा उक्त अनुशिक्षण लिएका हुन् ।
प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  १९:१८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सीमानाकामा सवारीसाधन सञ्चालनमा निषेध
सीमानाकामा सवारीसाधन सञ्चालनमा निषेध सोमबार, फागुन ११, २०८२
‘चुनावमा वाचा गर्छन्, जितेपछि बिर्सन्छन्’
‘चुनावमा वाचा गर्छन्, जितेपछि बिर्सन्छन्’ सोमबार, फागुन ११, २०८२
देश गफले होइन, कामले बन्छः अध्यक्ष साम्पाङ
देश गफले होइन, कामले बन्छः अध्यक्ष साम्पाङ सोमबार, फागुन ११, २०८२
प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई निर्वाचन प्रचारप्रसारमा संलग्न नहुन आह्वान
प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई निर्वाचन प्रचारप्रसारमा संलग्न नहुन आह्वान सोमबार, फागुन ११, २०८२
धादिङ बस दुर्घटनाको छानबिन गर्न कार्यदल
धादिङ बस दुर्घटनाको छानबिन गर्न कार्यदल सोमबार, फागुन ११, २०८२
वैदेशिक श्रमिक सेवा वितरणमा एकीकृत प्रणाली आवश्यक:राष्ट्रिय जीवन बिमा
वैदेशिक श्रमिक सेवा वितरणमा एकीकृत प्रणाली आवश्यक:राष्ट्रिय जीवन बिमा सोमबार, फागुन ११, २०८२
पर्सामा सर्वपक्षीय बैठकदद्धारा दोषीलाई कानुनी दायरामा ल्याउने सहमति
पर्सामा सर्वपक्षीय बैठकदद्धारा दोषीलाई कानुनी दायरामा ल्याउने सहमति सोमबार, फागुन ११, २०८२
लोकप्रिय
  • Week
  • Month
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP