Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अन्तर्राष्ट्रिय मातृभाषा दिवस
  • #साके एन्ड फेंग
  • #विमला_घिमिरे
  • #प्रियतम
  • #श्वेत र काल
  • #चितुवाको उद्धार
  • #उज्यालो नेपाल पार्टी
  • #शेर्पा_समुदाय
  • #रामचन्द्र_पौडेल
Search Here
समाचार
  • Home
  • समाचार
  • बङ्गलादेशलाई सार्क महासचिवको जिम्मेवारी
बङ्गलादेशलाई सार्क महासचिवको जिम्मेवारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन २९, २०७९
saarc
Hardik health
एजेन्सी - दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का सदस्यहरूले वर्तमान काबुल प्रशासनलाई मान्यता नदिएका कारण अफगानिस्तानलाई सार्क महासचिवको जिम्मेवारी बङ्गलादेशलाई दिइएको खामा प्रेसले जनाएको छ । सरवरले श्रीलङ्काकी एसाला रुवान वीराकुनको उत्तराधिकारीका रूपमा सकार्कको नेतृत्व सम्हाल्न लागेका हुन् । सार्क नियम अनुसार, यो बर्ष नेतृत्व गर्ने पालो अफगानिस्तानको रहेको थियो । अफगानिस्तानपछि बङ्गलादेशको पालो रहेको थियो । अफगानिस्तानको तालिवान प्रशासनलाई सार्कले मान्यता नदिएको अवस्थामा बङ्गलादेशका वरिष्ठ कूटनीतिज्ञ गुलाम सरवरलाई आठ सदस्यीय क्षेत्रीय सङ्गठनको महासचिवमा नियुक्त गरिएको छ । वीराकुनको तीन वर्षे कार्यकाल सन् २०२३ को फेब्रुअरीदेखि समाप्त भएको हो । दक्षिण एसियाली क्षेत्रीय सङ्गठनको महासचिवको रूपमा बङ्गलादेश सरकारले सरवरको नियुक्तिका लागि प्रस्ताव पठाएको र यसलाई सदस्य राष्ट्रहरूबीच छलफल गरिएको थियो । सार्कको मन्त्रिपरिषद्ले नयाँ महासचिव चयन का लागि व्यक्तिगत रूपमा बैठक गर्ने गरेको भए पनि यसपटक त्यो सम्भव नभएपछि नेपालका तर्फबाट भरतराज पौडेलले पाकिस्तानलगायत सार्क सदस्य राष्ट्रका तर अफगानिस्तानबाहेकका आफ्ना समकक्षीसँग गोलम सरवरको मनोनयनबारे छलफल गरी परिपत्रमार्फत अनुमोदनको प्रस्ताव गरेका थिए । प्रस्ताव सबै सदस्य राष्ट्रबाट अनुमोदित भएको छ । दक्षिण एसियाली क्षेत्रीय सङ्गठनको महासचिवको रूपमा बङ्गलादेश सरकारले सरवरको नियुक्तिका लागि प्रस्ताव पठाएको थियो । सन् १९८५ मा स्थापना भएको दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) ले आफ्ना सदस्य राष्ट्रहरूको आर्थिक र सामाजिक विकासलाई अघि बढाउने काम गर्छ । अफगानिस्तान, बङ्गलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्का सार्कका सदस्य राष्ट्र हुन् । सन् २००७ को अप्रिल ३ मा सङ्गठनको १४ औं शिखर सम्मेलनको दौडान, अफगानिस्तान सङ्गठनको आठ सदस्यहरू मध्ये एक बनेको थियो । अफगानिस्तानले यस पटक सार्कको महासचिव पदका लागि उम्मेदवार प्रस्तुत गर्ने अपेक्षा गरिएको थियो, तर सदस्य राष्ट्रहरूले तालिबानलाई मान्यता नदिएकाले; बङ्गलादेशलाई अवसर दिइएको हो । अफगानिस्तानस्थित टोलो न्यूजका अनुसार तालिबानले हालै अन्तर्राष्ट्रिय समुदायलाई अफगानिस्तानको ‘इस्लामिक इमिरेट्स’लाई मान्यता दिन आह्वान गरेको थियो र यदि यसलाई मान्यता दिइयो भने विश्व समुदायको चिन्ता र गुनासोलाई अझ राम्रो तरिकाले सम्बोधन गरिने दाबी गरेको थियो । “इस्लामिक इमिरेट्सले आफ्नो जिम्मेवारीमा बढी ध्यान दिनेछ र हामीबीच वा अन्य देशहरूबाट आएका गुनासाहरूलाई राम्रो तरिकाले सम्बोधन गरिनेछ किनभने एउटा पक्ष कानून र नियमनप्रति जिम्मेवार महसुस गर्नेछ,” अफगान तालिबानका प्रवक्ता जबीउल्लाह मुजाहिदलाई उद्धृत गर्दै टोलो न्यूजले उल्लेख गरेको छ । मुजाहिदका अनुसार यदि विश्वका केही शक्तिशाली देशले अफगानिस्तानको मान्यतालाई रोके भने बाँकी विश्वका देशले त्यसलाई पछ्याउनु हुँदैन । तालिवान नेतृत्वको अर्थ मन्त्रालयले गत अगस्टदेखि अन्तर्राष्ट्रिय समुदायले ‘इस्लामिक इमिरेट्स’लाई मान्यता नदिँदा देशमा चुनौती उत्पन्न भएको बताएको छ । “इस्लामिक इमिरेट्सलाई मान्यता दिइयो भने अन्तर्राष्ट्रिय समुदायसँग अफगानिस्तानको संलग्नता बढ्नेछ र यसले यस क्षेत्रमा स्थिरता ल्याउनेछ,” कार्यवाहक तालिवान शासनअन्तर्गत अफगानिस्तानका उपअर्थमन्त्री अब्दुल लतिफ नजरीले बताए ।
प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  ०८:२४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सीमानाकामा सवारीसाधन सञ्चालनमा निषेध
सीमानाकामा सवारीसाधन सञ्चालनमा निषेध सोमबार, फागुन ११, २०८२
‘चुनावमा वाचा गर्छन्, जितेपछि बिर्सन्छन्’
‘चुनावमा वाचा गर्छन्, जितेपछि बिर्सन्छन्’ सोमबार, फागुन ११, २०८२
देश गफले होइन, कामले बन्छः अध्यक्ष साम्पाङ
देश गफले होइन, कामले बन्छः अध्यक्ष साम्पाङ सोमबार, फागुन ११, २०८२
प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई निर्वाचन प्रचारप्रसारमा संलग्न नहुन आह्वान
प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई निर्वाचन प्रचारप्रसारमा संलग्न नहुन आह्वान सोमबार, फागुन ११, २०८२
धादिङ बस दुर्घटनाको छानबिन गर्न कार्यदल
धादिङ बस दुर्घटनाको छानबिन गर्न कार्यदल सोमबार, फागुन ११, २०८२
वैदेशिक श्रमिक सेवा वितरणमा एकीकृत प्रणाली आवश्यक:राष्ट्रिय जीवन बिमा
वैदेशिक श्रमिक सेवा वितरणमा एकीकृत प्रणाली आवश्यक:राष्ट्रिय जीवन बिमा सोमबार, फागुन ११, २०८२
पर्सामा सर्वपक्षीय बैठकदद्धारा दोषीलाई कानुनी दायरामा ल्याउने सहमति
पर्सामा सर्वपक्षीय बैठकदद्धारा दोषीलाई कानुनी दायरामा ल्याउने सहमति सोमबार, फागुन ११, २०८२
लोकप्रिय
  • Week
  • Month
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP