Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अन्तर्राष्ट्रिय मातृभाषा दिवस
  • #साके एन्ड फेंग
  • #विमला_घिमिरे
  • #प्रियतम
  • #श्वेत र काल
  • #चितुवाको उद्धार
  • #उज्यालो नेपाल पार्टी
  • #शेर्पा_समुदाय
  • #रामचन्द्र_पौडेल
Search Here
समाचार
  • Home
  • समाचार
  • इजिप्टमा मनाइयो नेपाली वसन्त उत्सव
इजिप्टमा मनाइयो नेपाली वसन्त उत्सव
आइतबार, फागुन २८, २०७९
nepali-celebrate-egypt
Hardik health
काठमाडौं– इजिप्टस्थित नेपाली राजदूतावासको आयोजनामा राजधानी कायरोमा शनिबार ‘नेपाली वसन्त उत्सव, २०२३’ मनाइएको छ । नेपाली बालबालिकाको स्वागत नृत्य प्रस्तुतिबाट सुरु भएको उक्त कार्यक्रममा इजिप्टका प्रथम सगरमाथा आरोही ओमार साम्राले नेपाली कला, संस्कृति र परम्पराको विविधता तथा सम्पन्नताको वर्णन गर्दै आफूले सगरमाथा आरोहण गर्दाको अनुभवबारे प्रवचन दिएको थियो । अर्का सगरमाथा आरोही शरीफ ओबाल्डले साहसिक खेलका लागि नेपालका अद्वितीय स्थानको वर्णन गर्दै त्यस्ता खेलले मानिसलाई शारीरिक, मानसिक एवं भावनात्मकरूपमा स्वस्थ राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेबारे चर्चा गरेको इजिप्टस्थित नेपाली दूतावासले जनाएको छ । कार्यक्रममा इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्सालले यस कार्यक्रमले इजिप्टका नागरिकमाझ नेपालको अद्भूत प्राकृतिक तथा सांस्कृतिक सम्पदा एवं पर्यटकीय आकर्षणबारे जानकारी हुने बताए । उनले दुई देशबीच जनस्तरको सम्बन्ध थप प्रगाढ बनाउन यस्ता कार्यक्रम आवश्यक पर्ने उल्लेख गरे । कायरोस्थित विश्वस्वास्थ्य सङ्गठनमा कार्यरत खुस्बु गुप्ताले योग प्रणालीको उन्नयनमा योगभूमि नेपालको योगदानबारे चर्चा गर्दै योगाभ्याससहित एक प्रयोगात्मक प्रस्तुति गरेको थियो । त्यसैगरी नेपालका लागि इजिप्टका अर्का पूर्वराजदूत इमाम मुस्तफाले नेपाल तथा इजिप्टबीचको द्विपक्षीय सम्बन्धका बारेमा चर्चा गरेको थियो । कायरोस्थित संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषमा कार्यरत अमित ढुङ्गेलले नेपालको सांस्कृतिक धरोहरलाई इजिप्टमा चिनाउन यो कार्यक्रम धेरै उपयोगी हुने बताए । आगामी दिनमा पर्यटन प्रवद्र्धनात्मक गतिविधिलाई निरन्तरता दिएर इजिप्टका नागरिकलाई नेपाल भ्रमण गर्न प्रोत्साहित गर्न सकिने प्रशस्त सम्भावना रहेको उनले औैल्याए । कार्यक्रममा नेपाली सांस्कृतिक नृत्य प्रस्तुतिका साथै फागूपूर्णिमाको अवसरमा रङ्गोत्सव मनाइएको थियो । कार्यक्रममा कायरोस्थित विभिन्न मुलुकका राजदूत तथा कूटनीतिज्ञ, पत्रकार, व्यवसायी, विद्यार्थी एवं अन्य विशिष्ट व्यक्ति गरी करिब एकसय जना बढीको सहभागिता थियो । सो अवसरमा नेपालको झन्डा, पशुपतिनाथ मन्दिर र बुद्धका मूर्ति, गैँडा, हात्ती, करुवा, मुखुन्डो, खुकुरी, मयुर आँखी झ्याल, सिंगिङ बाउल, मादल, मुर्चुङ्गा एवं ढाकाका सजावट सामग्रीसहित नेपाली मौलिक कला तथा संस्कृति झल्किने विविध कलाकृति तथा हस्तकलाका सामग्री प्रदर्शन गरिएको थियो । साथै नेपालको पर्यटन प्रवद्र्धनसँग सम्बन्धित पुस्तिका र पोस्टर वितरण एवं नेपाल पर्यटन बोर्डद्वारा निर्मित नेपालबारे जानकारीमूलक श्रव्यदृश्यसमेत प्रस्तुत गरिएको थियो ।
प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  १३:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सीमानाकामा सवारीसाधन सञ्चालनमा निषेध
सीमानाकामा सवारीसाधन सञ्चालनमा निषेध सोमबार, फागुन ११, २०८२
‘चुनावमा वाचा गर्छन्, जितेपछि बिर्सन्छन्’
‘चुनावमा वाचा गर्छन्, जितेपछि बिर्सन्छन्’ सोमबार, फागुन ११, २०८२
देश गफले होइन, कामले बन्छः अध्यक्ष साम्पाङ
देश गफले होइन, कामले बन्छः अध्यक्ष साम्पाङ सोमबार, फागुन ११, २०८२
प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई निर्वाचन प्रचारप्रसारमा संलग्न नहुन आह्वान
प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई निर्वाचन प्रचारप्रसारमा संलग्न नहुन आह्वान सोमबार, फागुन ११, २०८२
धादिङ बस दुर्घटनाको छानबिन गर्न कार्यदल
धादिङ बस दुर्घटनाको छानबिन गर्न कार्यदल सोमबार, फागुन ११, २०८२
वैदेशिक श्रमिक सेवा वितरणमा एकीकृत प्रणाली आवश्यक:राष्ट्रिय जीवन बिमा
वैदेशिक श्रमिक सेवा वितरणमा एकीकृत प्रणाली आवश्यक:राष्ट्रिय जीवन बिमा सोमबार, फागुन ११, २०८२
पर्सामा सर्वपक्षीय बैठकदद्धारा दोषीलाई कानुनी दायरामा ल्याउने सहमति
पर्सामा सर्वपक्षीय बैठकदद्धारा दोषीलाई कानुनी दायरामा ल्याउने सहमति सोमबार, फागुन ११, २०८२
लोकप्रिय
  • Week
  • Month
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP