ललितपुर - ललितपुर महानगरपालिका शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृतलाई एक लाख घुसहित पक्राउ अनुसन्धान आयोगले जनाएकाे छ ।
ललितपुर जिल्लाकाे ललितपुर महानगरपालिका शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत (सातौं तह) शेषकान्त पौडेलले शिक्षक सरुवा गर्न सहजीकरण गरिदिए वापत सेवाग्राहीसँग घुस माग गरेकाे सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेकाे हाे ।
उनलाई काठमाडौंकाे टंगालबाट खटिई गएको टोलीले निज शिक्षा अधिकृत शेषकान्त पौडेललाई सेवाग्राहीबाट रु.१,००,०००।–(एक लाख रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित विहीबार कार्य कक्षबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको सहायक प्रवक्ता
देवी प्रसाद थपलियाले बताएका छन् ।
प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९ ०८:४६