Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अन्तर्राष्ट्रिय मातृभाषा दिवस
  • #साके एन्ड फेंग
  • #विमला_घिमिरे
  • #प्रियतम
  • #श्वेत र काल
  • #चितुवाको उद्धार
  • #उज्यालो नेपाल पार्टी
  • #शेर्पा_समुदाय
  • #रामचन्द्र_पौडेल
Search Here
समाचार
  • Home
  • समाचार
  • नेपालमा ई–सिम ९ हजारले लिए
नेपालमा ई–सिम ९ हजारले लिए
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, फागुन २५, २०७९
esim
Hardik health
काठमाडाैं -  नेपालमा ई–सिम -इम्बेडेड सवस्क्राइबर आइडेन्टिटी मोड्युल प्रयोगकर्ताको सङ्ख्या २९ हजार नाघेको छ । नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले गत भदौ ३१ देखि हालसम्म २९ हजारभन्दा बढी वितरण भइसकेको जानकारी दिए । नेपाल टेलिकमले सुरुमा सुन्धारा काउन्टरबाट ई-सिम वितरण गरेको थियो । साथै गत असोज ४ देखि भने नक्साल, चावहिल, ठिमी, भक्तपुर, पाटन, गोङ्गबु, छाउनी र पुलचोक ग्राहक सेवा केन्द्रबाट वितरण सुरु गरेको थियो भने मङ्सिर ८ देखि भने देशभर ई–सिम उपलब्ध गराइएको हो । “नेपाल टेलिकमका पुराना ग्राहकले ई-सिम लिन चाहेमा निःशुल्क प्राप्त गर्न सक्छन् । पोस्टपेडको नयाँ ई-सिम लिन चाहनेले अहिले बिक्री भइरहेकै मूल्यमा लिन सक्छन्”, प्रवक्ता अधिकारीले भन्नुभयो, “ई-सिममा ग्राहकले आफ्नो उपकरणअनुसार बढीमा २० वटासम्म नेटवर्कमा जोड्न सक्छन् ।” तर एकपटक भने एउटा नेटवर्कमा मात्रै जोड्न सकिने उहाँको भनाइ छ । के हो ई-सिम ? ई-सिम इलेक्ट्रिक सिम हो । जुन मोबाइल डिभाइस तथा डिजिटल डिभाइसमै इम्बेड गर्न सकिन्छ । मोबाइल सेटबाहेक ई–सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिनयोग्य विभिन्न प्रकारका डिभाइसमा पनि प्रयोग गर्न सकिन्छ । ई–सिम उपलब्ध भएपछि भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता रहँदैन । ई-सिम प्रयोग गर्न मोबाइल सेटमा ई–सिम इन्स्टल गर्नका लागि क्यूआर कोडमार्फत स्क्यान गर्नुपर्छ । क्यूआर कोडको सुविधा भएका पछिल्लो पुस्ताका मोबाइल सेटमा मात्र ई–सिम प्रयोग गर्न सकिन्छ । सिमकार्डमा प्रयोग हुने स्टोरेज, मेमोरी मोबाइल डिभाइसमा हुन्छ । ग्राहककर्ताले प्रयोग गर्ने मोबाइलमा भएको विशेषताअनुसार र ग्राहकले लिन चाहने सेवासँग ई–सिम जोडिन्छ । ई–सिम इम्बेड हुनाले सिमकार्डजस्तो हराउने, भाँचिने हुँदैन । यस्तो सुविधा यदि कुनै व्यक्ति विदेशमा गएको खण्डमा विदेशको नेटवर्क सेवा लिएर पुरानो नेटवर्क पनि राख्न सकिन्छ । त्यसलाई मोबाइलबाट हटाउन वा सिम निकाल्नुपर्ने झन्झट हुँदैन । विदेशमा उतैको ई–सिम लिएर सहजै विदेशी नेटवर्कसँग जोडिन सकिन्छ । सिमकार्ड प्रयोगमा रहँदा मोबाइल हराएको खण्डमा पुनः पहिले लिएको सिमको प्रक्रियाअनुसार प्राप्त गर्न सकिन्छ भने ई–सिम प्रयोगकर्ताको सुविधालाई मध्यनजर गर्दै मोबाइल हराएको खण्डमा हालसम्म दुई÷तीन पटकसम्म क्युआर स्क्यान गरी सोही सिम लिन सकिन्छ । जुन स्कानर ग्राहकले ई–सिम लिँदा नै प्राप्त गर्ने व्यवस्था हुन्छ । जसको सुरक्षा ग्राहक स्वंयमले नै गर्नुपर्छ । ई-सिम सपोर्ट गर्ने जुनसुकै ग्राहकले ई-सिम प्राप्त गर्न सक्ने व्यवस्था छ । सिमकार्डको प्राप्तिका लागि चाहिने कागजात र शुल्क ई-सिम प्राप्त गर्नका लागि पनि एउटै व्यवस्था छ । सिमकार्डमा भएको सबै सेवा ई-सिममा पनि रहेन र ई–सिममा थप सुविधा रहन्छ ।ई-सिममार्फत एउटा फोनबाट अर्को फोनबाट डाटा सार्न, ई-सिममा उपलब्ध डाटालाई आवश्यकता अनुसार परिवर्तन गर्न समेत सकिन्छ । मोबाइलले ई-सिम सपोर्ट गर्छ भने जुन अपरेटरको सेवा लिन मन छ ग्राहककोमा आफ्नो केवाईसी अद्यावधिक गराएर सिम प्रोफाइल अपडेट गराए मात्र पुग्ने टेलिकमले जनाएको छ । विश्वभर सूचना प्रविधिले फड्को मारेको परिवेशमा नेपालमा पनि ई-सिमको माग पनि बढ्दै गएको छ । नयाँ प्रविधिको विकाससँगै भविष्यमा ई-सिमको माग बढ्नसक्ने सम्भावना रहेको प्रवक्ता अधिकारीले बताए ।
प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  १७:५४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सीमानाकामा सवारीसाधन सञ्चालनमा निषेध
सीमानाकामा सवारीसाधन सञ्चालनमा निषेध सोमबार, फागुन ११, २०८२
‘चुनावमा वाचा गर्छन्, जितेपछि बिर्सन्छन्’
‘चुनावमा वाचा गर्छन्, जितेपछि बिर्सन्छन्’ सोमबार, फागुन ११, २०८२
देश गफले होइन, कामले बन्छः अध्यक्ष साम्पाङ
देश गफले होइन, कामले बन्छः अध्यक्ष साम्पाङ सोमबार, फागुन ११, २०८२
प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई निर्वाचन प्रचारप्रसारमा संलग्न नहुन आह्वान
प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई निर्वाचन प्रचारप्रसारमा संलग्न नहुन आह्वान सोमबार, फागुन ११, २०८२
धादिङ बस दुर्घटनाको छानबिन गर्न कार्यदल
धादिङ बस दुर्घटनाको छानबिन गर्न कार्यदल सोमबार, फागुन ११, २०८२
वैदेशिक श्रमिक सेवा वितरणमा एकीकृत प्रणाली आवश्यक:राष्ट्रिय जीवन बिमा
वैदेशिक श्रमिक सेवा वितरणमा एकीकृत प्रणाली आवश्यक:राष्ट्रिय जीवन बिमा सोमबार, फागुन ११, २०८२
पर्सामा सर्वपक्षीय बैठकदद्धारा दोषीलाई कानुनी दायरामा ल्याउने सहमति
पर्सामा सर्वपक्षीय बैठकदद्धारा दोषीलाई कानुनी दायरामा ल्याउने सहमति सोमबार, फागुन ११, २०८२
लोकप्रिय
  • Week
  • Month
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP